एमाओवादी विराटनगर सम्मेलन पूरा

सम्पादक
जेठ १९, २०७१

१. एमाओवादी पार्टीको केही साता पहिले भएको विराटनगर सम्मेलनको कमी अस्ति काठमाडौमा कामको बाँडफाँट गरी सम्पन्न भएको छ। त्यसो त विराटनगर सम्मेलन हेटौंडा महाधिवेशनको पूरकको रूपमा आयोजना गरिएको थियो। विराटनगर सम्मेलनले पार्टीको केन्द्रीय समितिको निर्वाचन सम्पन्न गरेको थियो।

२. केन्द्रीय समितिको नामावली घोषणा गर्ने बेलामा एमाओवादी नेता डा. बाबुराम भट्टराई र उनका सहयोगीहरूले बैठक बहिस्कार गरेर गएपछि अरु तहको गठन विधि रोकिएको थियो। भट्टराई पक्षलाई मिलाउन ९९ जनाको कार्यसमिति बनाउने भनिए पनि त्यो सङ्ख्या बढाएर १५१ पुर्‍याइएको थियो।

३. संस्थापन पक्षले भट्टराई पक्षलाई मनाउन धेरै प्रयास गरिरहेको छ। तैपनि भट्टराई पक्ष केन्द्रीय सदस्य भन्दा माथिको पदमा नरहने घोषणा गरी घुर्की लगाइरहेका छन्। भट्टराईको त्यो घोषणापश्चात् अब पार्टीका नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी उपाध्यक्ष तथा कृष्णबहादुर महरा महासचिव भएका छन्।

४. पार्टीका पदका आकांक्षी धेरै देखिएपछि विभिन्न पदहरू सिर्जना गरिएका छन्। केन्द्रीय सदस्यमा समेट्न नसकिएकालाई जम्बो केन्द्रीय परिषद् गठन गरिएको छ। जसमा ६१३ जना सदस्य रहने प्रावधान गरिएको छ। त्यस्तै अन्य धेरै समिति पनि गठन गरिएका छन्।

५. डा. भट्टराईले नयाँ शक्तिको आवश्यकता भएको चर्चा गरेपछि पार्टीका ठूलो खैलाबैला मच्चिएको छ। उनले त्यो नयाँ शक्तिको कुरा ल्याएपछि पार्टीफुट्ने हो कि जस्तो पनि देखिएको छ। तर त्यो नयाँ शक्ति के हो कस्तो हो, त्यसबारे उनले विस्तृत रूपरेखा देखाएका छैनन्।

६. उनले पार्टीभत्र नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रस्ताव पनि तेस्र्याएका छन्। तर त्यसलाई पदाधिकारीहरूले वास्ता नै गरिदिएनन्।अहिले त्यो कुरा भने सेलाएर गएको छ। त्यसको विपरीत संस्थापन पक्ष हिजोभन्दा आज बलियो भएको छ र भट्टराईले स·ठनमा आफ्नो मान्छे केही बढाइदिन भन्नुपरेको छ।

७. अध्यक्ष पुष्पकमल दाहाल यसबेला भट्टराईलाई मनाउँदै हैरान भएका छन्। उनी जति हैरान भएका छन् उति फाइदा पनि भएको छ। हिजो भट्टराईलाई साथ दिएका केही नेताहरू संस्थापन पक्षमा पुगेको पनि देखिएको छ। अब भट्टराईले विशेष महाधिवेशनको माग गर्दैछन्। त्यहाँसम्म आफ्नो विचार पुर्‍याउने उनको लक्ष्य छ। त्यक्ति बेलासम्म दुर्इ लाइनको सङ्र्घर्ष जारी रहने देखिएको छ। पार्टीको त्यो किचकिचले स·ठनलाई नोक्सान पुर्‍याएको देखिन्छ। त्यस्तो किचकिचलाई छिट्टै सुल्झाउनु राम्रो हुन्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width