इतिहास सम्झिरहने छ रेग्मीलाई

सम्पादक
फागुन १, २०७०

१. राजनीतिमा सफल हुने मान्छे थोरै मात्र हुन्छन्। त्यसमा पनि हाम्रो जस्तो अन्यौल र अस्थिर राजनीतिमा हुन झन मुस्िकल हुन्छ। संवैधानिक अ·हरू पदाधिकारीविहीन भई निस्क्रिय भएको र लोकतन्त्र आफै ट्रयाकदेखि बाहिर गएको अत्यन्त कठिन बेलामा सत्ता सम्हालेर खिलराज रेग्मीले निर्वाचित प्रधानमन्त्रीलाई सत्ता सुम्पेका छन्।

२. उनले सत्ता सम्हालेको बेला राजनीतिको दूरावस्था थियो। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनावको घोषणा गरेर चुनाव गर्न नसकेको अवस्था थियो। राजनीतिमा चरम अविश्वासको वातावरण थियो। एकले अर्कोलाई शड्ढाको दृष्टिले हेर्दथे। राम्रो नियतले उच्चारण गरिएको कुरालाई पनि शड्ढाको दृष्टिले हेर्ने बानी नै परेको थियो।

३.     प्रधानन्यायाशीधमा रहेका रेग्मीले कार्यपालिका प्रमुख हुने सपनामा पनि देखेका थिएनन्।ठूला राजनीतिक पार्टीला नेताहरूले उनलाई मन्त्रिपरिषद्का अध्यक्षकमा रूपमा प्रस्ताव गर्दा पनि सुरुमा उनी मानेका थिएनन्। नेपाल बार एशोसिएनले धुँवाधार विरोध गरेको थियो। तर उनको विकल्प को भन्ने पनि कसैले देखाउन सकेनन्।

४. त्यस्तो परिस्थितिमा उनी मन्त्रिपरिषद्को अध्यक्ष बने। अध्यक्ष बनेपछि बहुदलीय व्यवस्थामा निर्दलीय सरकार गठन भएकोमा खुब आलोचना भयो। त्यसलाई ठूलो ग्राइन्ड डिजाइन र षड्यन्त्रको परिणाम पनि मानियो। भविष्यवक्ताहरूले नेपालको भविष्य नै अन्धकारको देखे। त्यसबेलाका छापाहरू पल्टाएर हेरिएमा यस्ता कुराहरू प्रष्ट देखिनेछन्।

५. सर्वसाधारणमा यस्तो आशड्ढा थियो भने नेकपा ? माओवादीले चुनाव हुनै नदिने उद्घोष गरेको थियो। त्यसले जनतामा त्रास फैलाउनसम्म फैलाएको थियो। मौसम एकदमै प्रतिकूल थियो। कतिपयले उनको योग्यतामाथि नै पनि प्रश्न उठाएका थिए। तैपनि उनले शान्त कूटनीतिको आधारमा निर्वाचनको लागि अनुकूल वातावरण बनाए र निर्वाचन पनि सम्पन्न गरे।

६.     न्यायालयको क्षेत्रमा जीवनको महत्त्वपूर्ण समय बिताएका उनले राजनीतिक क्षेत्रमा आएर कार्यपालिकाको प्रमुख भई आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नु ठूलो कुरा हो। यो कुरा न्यायिक क्षेत्रमा लागेका सबैका लागि गौरवको विषय हो। उनको यो महत्त्वपूर्ण कार्यलाई इतिहासले पछिसम्म सम्झिरहने छ।

७. उनले सत्ता निर्वाचित प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका मात्र होइनन्, प्रधानन्यायाधीशको पदबाट समेत राजीनामा गरेका छन्। उनको त्यो अन्तस्करणको निर्णयले सर्वोच्चमा उनलाई र्फकन दिन्नौं भनेर तैयार रहेको वकिलहरूलाई राहत दिएको हुनुपर्दछ। उनले जे गरेका छन्, त्यो बुद्धिमानीपूर्वक गरेका छन्। न्यायालयको ढोकामै विवाद हुने जुन स्थिति उत्पन्न हुन सक्थ्यो त्यसलाई पनि उनले पन्छाइदिएका छन्। हामी उनका यी महत्त्वपूर्ण कार्यहरूको उच्च मूल्याड्ढन गरी उनलाई साधुवाद ज्ञापन गर्न चाहन्छौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width