आर्थिक वृद्धि उत्साहजनक

सम्पादक
वैशाख १४, २०७४

१.देशको आर्थिक वृद्धिदर बढ्दै गएकोमा जताततै सन्तोष छाएको छ। विभिन्न स्रोतले आ-आफ्नै किसिमले प्रगतिको मूल्याङ्कन गरेर आर्थिक वृद्धि दर नाप्ने गर्दछन्। त्यसरी नाप्नेहरुले सकारात्मक सन्देश दिएका छन्। केन्द्रीय गतिविधिका आधारमा यस वर्ष छ दशमलव ९४ प्रतिशतले आर्दिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको छ।

२. चालु आर्थिक वर्षको बजेटमा सरकारले छ दशमलव पाँच प्रतिशत वृद्धिको लक्ष्य निर्धारण गरेको थियो। त्यसबेला त्यो लक्ष्य अत्यधिक राखिएको भनेर आलोचना पनि भएको थियो। नौ महिनाको देशको आर्थिक गतिविधिले त्यो लक्ष्यलाई पार गरेर अघि बढ्ने सम्बन्धित सबैको अनुमान छ।

३. नेपालको आर्थिक अवस्थालाई प्रभाव पार्ने मुख्य त हाम्रो कृषि क्षेत्र हो। कृषिमा पनि धानबालीको योगदान सबभन्दा धेरै हुन्छ। यसपटक समयमा पानी परेकोले कृषि बाली राम्रो भयो। महँगी नियन्त्रणमा रह्यो। देशका अन्य आर्थिक क्षेत्रले राम्रो परिणाम दियो, जसको परिणाम यो उत्साहजनक वातावरण बनेको हो।

४. यो उत्साहजनक वातावरण बन्नुमा अर्को महत्वपूर्ण पक्ष हो-देशको बन्द हड्ताल घटनामा कमी आउनु। राजनीतिक क्षेत्रका नेताहरुले यो बुझ्नु आवश्यक छ कि उनीहरुले बन्द हड्तालमात्र नगरे पनि स्थिति सुध्रने रहेछ। यसलाई मूलमन्त्र सम्झेर आगामी दिनमा बन्द हड्तालको आहृवानमा रोक लगाइदिए भने देशको लागि त्यो ठूलो कुरा हुनेछ।

५. लोडसेडिङमा आएको सुधार पनि आर्थिक वृद्धिको अर्को पक्ष हो। बिजुलीको नियमिताले उद्योगधन्दामा लागेकाहरुले आफ्नो उत्पादन बढाउन थालेका छन्। उत्पादन बढेअनुसार बजारको मूल्यवृद्धि नियन्त्रणमा आएको छ। एक दुर्इ वस्तुमा बाहेक अन्यमा मूल्य आकासियो भन्ने अवस्था यस वर्ष रहेन।

६. संविधान बनेपछि राजनीतिक गतिविधिमा सुधार आएको छ। राजनीतिक गतिविधिमा सुधार भएअनुसार लगानीकर्ताहरु लगानी गर्न अग्रसर भएका छन् भने सरकारले भूकम्पपीडित परिवारका लागि पुनःनिर्माणको लागि वितरण गरेको आर्थिक सहयोगले पनि यस क्षेत्रमा सकारात्मक टेवा पुर्‍याएको छ।

७. सरकारले एक दुर्इ क्षेत्रमा बाहेक अरुमा राम्रो काम गरेको छैन। यो आर्थिक वृद्धि भएको मुख्यतः मौसम अनुकूल भएकोले हो। अर्को बन्द हड्ताल नभएकोले हो। हाम्रो राजनीति सुधारोन्मुख छ। निर्वाचनद्वारा संविधान कार्यान्वयन गर्ने प्रयास भएको छ। यो एक राम्रो प्रयास हो। यो राम्रो प्रयासतिर राजनीतिक नेताहरु अग्रसर भएकोले हाम्रो भविष्य आजभन्दा भोलि अरु राम्रो हुने अपेक्षा गर्न सकिन्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width