आपत्तिजनक अभिव्यक्ति

सम्पादक
चैत्र २६, २०७०

१. हाम्रा नेताहरूले कहिलेकाहीँ सोच विचारै नगरी बोल्ने गर्दछन्। त्यसरी सोच विचारै नगरी बोल्दा कहिलेकाहीँ आफै समस्यामा फस्ने गर्दछन् र कहिले आफ्नै साख गिराउने गर्दछन्। वर्तमान मन्त्रिपरिषद्का प्रधानमन्त्री सुशील कोइरालाले टनकपुरका सम्बन्धमा केही हप्ता पहिले त्यस्तै अभिव्यक्ति दिएका थिए।

२. प्रधानमन्त्री कोइरालाको अभिव्यक्तिको सन्तोषजनक जवाफ नआइकन उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको आपत्तिजनक अभिव्यक्ति सार्वजनिक भएको छ। उनले काभ्रेको धुलिखेलमा भएको एक कार्यक्रममा काठमाडौं प्रहरी प्रमुख रमेश खरेलले आफू उपप्रधान तथा गृहमन्त्री भएपछि भेट्न नआएको गुनासो सार्वजनिक गरेका छन्।

३. चर्को मिजासका उपप्रधान तथा गृहमन्त्री गौतम सधैँ चर्को बोल्ने गर्दछन्। त्यसरी चर्को बोलेको कारण कतिपटक उनको मर्यादा समेत ह्रास भएको उनका निकटवर्तीहरू बताउने गर्दछन्। तर यसपटकको चर्को बोली अरु बेलाको भन्दा बढी नै चर्चित र आलोच्य भएको छ। त्यसको टिप्पणी आउने क्रम बढ्दो छ।

४. एकपटक एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक भाषणमा तत्कालीन सेनापतिलाई ‘को हो त्यो कटुवाल’ भनी बोलेका थिए। अहिले गृहमन्त्रीको बोलीले त्यही कुरा सम्झाएको छ। नेताहरू आफ्नो कार्यकर्तामाझ आफ्नो रवाफ र प्रभाव देखाउन अनावश्यक कुरा बोल्दछन्। तत्कालका लागि अन्धभक्त कार्यकर्ताबाट ताली त बर्सियो होला तर त्यसको परिणाम के हुन्छ, त्यसको तिनीहरू ख्याल गर्दैनन्।

५. काठमाडौ प्रहरी प्रमुख रमेश खरेलले काठमाडौमा कुख्यात केही गुण्डालाई पक्रने र केहीलाई तसााने गर्दछन्। उनको त्यो सक्रियताले शान्ति सुरक्षाको स्थितिमा सुधार भएको सर्वसाधारणले समेत अनुभूत गरेका छन्। त्यस्तो अवस्थामा त्यही प्रहरी अधिकृतले आफूलाई भेट्न आएन भन्नु चाकडी खोज्नु हो।

६. त्यसरी चाकडी खोज्नु र आफ्नो मातहतकाहरू माथि अनावश्यक हैकम जमाउनु सामन्ती संस्कार हो। सामन्ती संस्कार कहाँ छ, कस्तो छ भनी खोज्ने कुरा होइन, त्यो त व्यक्तिको व्यवहारले देखाउने कुरा हो। त्यस्तो कुरा नाराबाजी गरेर तथा ब्यानर देखाएर जाने कुरा होइन, न कि गोष्ठी र सम्मेलनले प्रस्ताव पारित गरेर नै त्यो हटेर जान्छ।

७. ठूलाबडाले यस्तो कुरामा बडो गम्भीर भएर सोच्नुपर्दछ। उपप्रधान तथा गृहमन्त्री गौतमले जुन अभिव्यक्ति दिएका छन्, यो आपत्तिजनक छ। त्यो आपत्तिजनक अभिव्यक्तिलाई उनले सच्याउनुपर्दछ या फिर्ता गर्नुपर्दछ। भूल सच्याउनुलाई नराम्रो कसले भन्छ र ? हेरौँ, उनले यसमा के-कति उदार भएर पुनर्विचार गर्दछन्।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width