१. आज माघे सङ्क्रान्ति हो। माघे सङ्क्रान्ति नेपालीहरूको सामाजिक एवं सांस्कृतिक पर्व हो। आजको दिनमा धार्मिक तीर्थस्थलहरूमा मेला लाग्छन्। सबै जातजातिका मानिसहरू मेला हेर्न जान्छन्। ठण्डा मौसम सिद्धिएर न्यानो मौसम सुरु हुने दिन भएकोले आजको दिनमा सबैले रमाइलो मान्छन् र सबैको मुहार हँसिलो हुन्छन्।
२. ठण्डा मौसम सिद्धिएर न्यानो मौसम सुरु भएको दिन भएकोले चिसोबाट बच्नुपर्ने कतिपय रोगी विरामीहरूले राहतको अनुभूत गर्दछन्। आफ्नो घर बाहिर काम गर्न जानुपर्ने कामदारहरू विशेषत श्रमिकहरूका लागि न्यानो घामले अर्कै स्फूर्ति प्रदान गर्दछ। यस पटकको ठण्डा दिन पनि आजकै दिनदेखि सिद्धिएकोले धेरैले राहतको महसुस गरेका छन्।
३. माघे सङ्क्रान्तिमा देशको धेरै ठाउँमा मेला लाग्छन्। पश्चिमाञ्चलमा रिडीमा ठूलो मेला लाग्दछ। रिडीको मेला हेर्न वरपर जिल्ला र अञ्चलका अतिरिक्त कतिपय भारतीयहरू पनि आउने गर्दछन्। त्यस्तै देउघाटमा पनि चारैतिरबाट मानिसहरू ओइरिन्छन्। पोखराको ढु·ेसाँघुमा पनि ठूलो मेला लाग्छ। त्यस्तै अन्य धेरै धार्मिक स्थलमा पनि मेला लाग्ने गर्दछ।
४. मेला भर्न आउनेहरू सबैले त्यहाँको पवित्र नदीमा स्नान गरी आफूलाई स्निग्ध र पवित्र पार्दछन्। देवी देवताको मन्दिरमा पूजा, आराधना र भजनकीतन गर्दछन्। आजभोलि मेलामा विभिन्न खेलकुद प्रतियोगिता पनि गरिन्छन्। साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिन्छन्। विभिन्न किसिमले रमाइलो गरी यो पर्व मान्छन्।
५. माघे सङ्क्रान्तिमा खानाको परिकार पनि आफ्नै किसिमको हुन्छन्। आजको दिनमा मानिसहरूले विभिन्न किसिमका तरुल, पिँडालु, सख्खरखण्ड खाने गर्दछन्। घ्यू र चाकु खाने चलन पनि छ। कतिपयले मासको भात बनाएर खान्छन् भने कतिपयले मासको रोटी बारा खाने गर्दछन्। जे खान्छन्, त्यो तात्तातो खाने गर्दछन् ताकि आउँदो मौसमका लागि आफूलाई ठीकठाक राख्न सकियोस्।
६. विभिन्न जातजातिका विभिन्न चाड पर्व मान्ने गरिएको परिप्रेक्षमा यो माघे सङ्क्रान्ति सबै जातजातिको साझा चाड हो। सामाजिक पर्व हो। फेरि यो पर्व अरुमा जस्तो खानामा विशेष खर्च नहुने भएकाले सबैले खास गरी गरिबभन्दा गरिबले पनि मान्न सकिने पर्व हो। त्यसैले यो सबैले उत्तिकै र आफ्नो आफ्नो किसिमले मान्ने गर्दछन्।
७. यो पर्व कहिलेदेखि मान्ने गरिएको हो, त्यसबारे यकिन साथ भन्न सकिँदैन। तर यो कुनै राजा महाराजाहरूले मान्न लगाएको पर्व पनि होइन।यो प्रकृतिसँग हाम्रो शरीरलाई अनुकूल गर्ने उद्देश्यले मान्ने गरिएको र खानाको परिकार पनि त्यस्तै भएकोले यो र्सवाधिक पुरानो पर्व हुनुपर्दछ। प्रकृतिसँग तादात्म्यता राख्ने उद्देश्यले यो मान्ने गरिएको हुनुपर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
आगलागीले सुन्तलाको बगैंचा सखाप
वैशाख २७, २०८१पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१