अनुकूलनको काठमाडौं घोषणापत्र 

सम्पादक
वैशाख १९, २०७१

१. काठमाडौंमा एक साता चलेको अनुकूलनको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौं घोषणापत्र जारी गरी समाप्त भएको छ। विश्वका ६२ देशका चारसय पचास जना सहभागी भएको सम्मेलनले जलवजायु परिवर्तनका कारण ठूला असर भोगिरहेका देशलाई जलवायु परिवर्तनका असरबाट जोगाउन विशेष सहयोग दिनुपर्ने सिफारिस गरेको छ।

२. काठमाडौं घोषणापत्रमा अुनकूलन कार्यक्रममा निजी क्षेत्रलाई समेत सहभागी गराउनुपर्ने, कार्यक्रम महिला, दलित, अपा· र गरिब केन्द्रित हुनुपर्ने, अनुकूलनका लागि आएको रकममध्ये कम्तीमा ५० प्रतिशत स्थानीय समुदायमा पुग्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ। नेपालले ८० प्रतिशतको प्रावधान राखेको थियो।

३. अति औद्योगिक देश अमेरिका र युरोपका देशहरूका उद्योगधन्दा लगायतका कारण विश्वको तापक्रम बढेको छ। त्यसरी तापक्रम बढाउने देशहरूमा हाम्रै छिमेकी देश भारत र चीन पनि पर्दछन्। तिनीहरूका कारण नेपाल र नेपालजस्ता अविकसित देशहरूमा तापक्रम असाधारण किसिमले बढिरहेको छ।

४. त्यसरी तापक्रम बढेको प्रभाव हाम्रो देशमा प्रष्ट देखिएको छ। हाम्रो देशका हिमालहरूमा बढी तापक्रमका कारण हिउँ पग्लिन थालेको छ। हिउँ पग्लेर हिमाल कालो ढुङ्गामा परिणत हुन गइरहेको छ। मौसममा परिवर्तन आएको छ। बेमौसममा प्राकृतिक प्रकोपका घटना हुन थालेका छन्।

५. जलवायु परिवर्तनका कारण बढिरहेको विश्वव्यापी तापक्रम यो शताब्दीको अन्तसम्म चार ड्रिरीसमम पुग्ने अनुमान गरिएको छ। त्यसरी चार ड्रिरी बढ्न दिएमा त्यसले मानिसको जनजीवनका साथै प्रकृतिमा ठूलो असर पार्नेछ। वैज्ञानिकहरूले त्यसलाई दुर्इ ड्रिरीभन्दा बढ्न दिन नहुने बताएका छन्।

६. तर त्यसरी तापक्रम रोक्न ठूलो धनको आवश्यकता हुन्छ। तर त्यो आवश्यक रकम दिन विकसित एवं विकासशील राष्ट्रहरू तैयार छैनन्। तिनीहरूले ग्रीन क्लाइमेट फण्डमा आफ्नो तजवीजले दिने गरेका छन्, जुन पर्याप्त छैन। नेपालले त्यो फण्ड बढाउन र त्यो फण्डबाट क्षतिपूर्ति पाउन प्रयास गरिरहेको छ।

७. नेपालमा आयोजित सम्मेलनका सहभागी विशेषज्ञहरूले बढ्दो तापक्रमले नेपालमा पारेको असर र तापक्रम घटाउन नेपालमा वृक्षरोपण आदि कार्य भएको प्रत्यक्ष देखेका छन्। फण्डका पदाधिकारीहरूले नेपाललाई बढ्दो तापक्रमको असरको लागि पर्याप्त क्षतिपूर्ति दिनुपर्दछ भने हरियाली बढाउन पर्याप्त सहयोग गर्नुपर्दछ। नेपालमा बढ्दो तापक्रमको कारण भूक्षय, बाढी पहिरो हुने, त्यसले अन्नबाली, फलफूल उत्पादनमा समेत असर पार्ने भएकोले त्यसको समेत विशेषज्ञहरूले ख्याल गर्नु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width