सरलभित्रको तरल जीवनपद्धति नै संस्कृति हो

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७२

संस्कृति भौतिक र मानसिक जीवन व्यवहारको अभिव्यक्ति मानिन्छ र मानव निर्मित सिर्जना ठानिन्छ र पनि कतिपय मान्छेमा यसलाई जटिल रुपमा बुझ्ने चलन छ। मानिस जातिको परम्परा नयाँ चेतना र नयाँ प्राप्तिका लागि आन्दोलित छ। आर्य, बौद्ध, जैन, क्रिश्चियन, शिख, द्रबिड, पालिनिसियन अनेक सम्प्रदाय विशेषका आ-आफ्नै संस्कारगत चलन समाज विकासकै क्रममा देखिँदै आए। पुर्खा निर्मित ती चलन, परम्परालाई सांस्कृतिक रुपमा निरन्तरता दियो मान्छेले।

मानिस आज ज्ञान, विज्ञान, प्रविधिसहितको नयाँ युगमा प्रवेश गरेको छ। कतिपय सम्प्रदाय विशेषका मानिसले पुख्यौर्ली जीवनसापेक्ष व्यवहारिक संस्कार, संस्कृतिलाई अवलम्बन गर्दै रुढी अन्धविश्वासपूर्ण चलनका विकल्पमा सरल र समयसापेक्ष संस्कारको विकास गरेको छ। पृथ्वी गोलो छ र पृथ्वीले सूर्यलाई घुम्छ भन्दा युरोपका पादरीहरूले ग्यालिलियोलाई पागल बनाएर मृत्युदण्डको शिकार बनाएको युग आज छैन। राजा, शासक, सामन्त वर्गका मानिसले आफ्ना अग्रजहरूमा इश्वर देख्ने, पुज्ने र त्यही चलनमा आफ्नो वर्गहित देख्ने, रैती वा आम प्रजाले त्यसलाई जबर्जस्ती स्वीकार गर्नैर्ने अवस्था पनि आज छैन। पहिलेका प्रजा अहिले लोकतान्त्रिक शासक पद्धतिकै कारण नागरिकमा फेरिएका छन्। आदिम साम्यवादी समाजमा मानिसमा कुनै वर्ग थिएन। दास-मालिक अर्थात् सामन्तवादी युगले वर्ग जन्मायो। वलियो वर्गका चलन, परम्परालाई कमजोर वर्ग, सम्प्रदायका मानिसले पनि मान्नुर्ने भयो। हिजोका जाति र सम्प्रदाय विशेषका चलन, परम्परासँग गाँसिएका गलत कुरालाई परित्याग गर्दै असल कुरालाई ग्रहण गर्ने चेतना पनि आजको बहु विशेषतायुक्त एक्काइसौं शताब्दीले स्थापित गरेको छ। लोकतान्त्रिक चरणमा प्रवेश गरेको विश्व राजनीति नयाँ चेतना र नवीनतामुखी जातीय र सांस्कृतिक अन्तरघुलनकै अपेक्षामा अघि बढेको छ।

हिजोको मान्छे राजा, शासकहरूका आदेश उल्लङ्घन गर्न सक्ने तहमा थिएन। वर्ग अनुकूलताको संस्कारगत सही/गलत छुट्याउने क्षमताको पनि थिएन। लोकतान्त्रिक गणतन्त्रका चरणसम्म आइपुग्दा अन्धविश्वासी भएर पनि बाँच्न पाउँछ मान्छेले। अन्धविश्वासी नहुन पनि पाउँछ मान्छेले। संसारको निर्माता इश्वर हो भन्न पनि पाउँछ मान्छेले, होइन पनि भन्न पाउँछ मान्छेले। संसारका निर्माता मानिस कि इश्वर, इश्वरीय अनुकम्पाबाट संसार फेरिएको देख्ने र मान्छेका बौद्धिक र शारीरिक श्रमले फेरिएको देख्नेहरूबीच अन्तर छ। कार्ल मार्क्स अध्यात्मवादी भएका भए उनी कार्ल मार्क्स हुँदैनथे। अध्यात्मवादी हुनु भनेको पुराना परम्परा, रुर्ढ इश्वरभक्ति, अन्धविश्वासका पक्षमा दृढतासाथ उभिएर विज्ञान र नयाँ सम्भावनाका विरुद्ध उभिनु हो भन्ने कम्युनिष्टहरूले संसारका सबै कुरालाई निरन्तर गतिशील देख्दै संसारको परिवर्तन मानव जातिबाटै सम्भव देख्ने भौतिकवादी चिन्तन नबोकेका भए विज्ञानका क्षेत्रमा अणुको विकास सम्भव थिएन भन्ने पनि छन्। संसारलाई गति दिने इश्वर र दैवीशक्ति हो भन्नेहरू पनि छन्। सामन्तवादी समाज व्यवस्थामा सबै मानिस पूर्ण मानिस थिएनन्। पुँजीवादी समाजमा पनि सबै मानिस पूर्ण मानिस हुँदैनन्। वर्ग अधिनायकत्वका कारणले सत्ता बाहिरको वर्ग उपेक्षित हुँदै आएका तथ्यबाट पनि आजको मानिस सचेत छ, हुन आवश्यक छ।

जात, वर्ग र अन्य विभेदले आजको विश्व राजनीतिलाई अघि बढाउन सक्दैन। विश्व पुँजीवाद जात, वर्ग, लिङ्ग क्षेत्र बीचका अन्तर्विरोधलाई अन्तरघुलनकै नयाँ संस्कृतिद्वारा हल गर्न सकिने मान्यतासहित आफ्नो योजनामा छ। वैज्ञानिक र साम्यवादी व्यवस्थाका पक्षधरहरूले आफ्नो संस्कृतिलाई आफ्नै कार्यकर्ताबीच पनि लागू गराउन नसकेको स्थिति छ। राजनीति क्रान्तिपछि सांस्कृतिक क्रान्ति गर्न नसक्नुकै कारण धेरै देशमा प्रतिक्रान्ति भएका छन्।

संस्कृति दुर्इ रुपमा हुन्छ : शासकमुखी र जनमुखी। स्र्वर्ग-नर्क, भाग्य, पुर्नर्जन्म, दैवीशक्ति, छुवाछुत र मानव भेदकारी संस्कृति शासकमुखी संस्कृति हो। सामन्तकालीन युगदेखिकै निरन्तरतामा समाजमा जीवित रहेर यथास्थिति प्रेममै रम्नु, रमाउनुमा यो लक्षित देखिन्छ। कम्युनिष्टहरूले विकास गर्न नसकेको द्वन्द्वात्मक भौतिकवादी संस्कृतिका कारण नेपाली समाज पनि पुरानै सांस्कृतिक प्रभावमा रुमलिनुलाई स्वभाविक किन नमान्ने – राजनीति, कला-साहित्यमा अभिव्यक्त सांस्कृतिक समवेदना व्यवहारिक जीवनमा लागू नहुनुको परिणाम उत्पीडित र श्रमजीवी वर्ग आज पनि अन्यौलमा छ। आफ्नै समाज र सभ्यताबाट जन्मेका मौलिक संस्कृतिको निर्माणतिर पनि बौद्धिकहरूको भूमिका पुग्न सकेको देखिँदैन। वर्ग अधिनायकत्वका लडाइँ संसारका निरन्तरता मानिन्छन्। पुरेत, पादरीहरूका आस्था, विश्वास र नियतको परिणाम जन्मेका शास्त्र र धर्मग्रन्थले श्रमजीवी वर्गलाई उपेक्षाको विषय बनाउनुका एउटै कारण सामन्ती राज्यव्यवस्थाबाहेक अर्को थिएन। आधुनिकतामा रुमलिएको आजको उत्तर मनुष्य वर्ग आन्दोलन र अन्तर्विरोधको सवालमा अनभिज्ञ छैन। हिजोको अध्यात्मवाद क्रान्ति, परिवर्तन र सामाजिक अग्रचेतना विरुद्धमा थियो। त्यसको अवशेष अझै बाँकी छ। हाम्रा मौलिकतामा समयसापेक्ष र मौलिक संस्कार निर्माणको दायित्व पनि आजका सचेतहरूको हो। श्रम नगरी खान नपाउने आजको ठूलो मानव हिस्सालाई इश्वरीय आस्थाले मुक्ति दिन्छ भन्यौं भने उल्लू भइन्छ कि ?

जीवनको अर्थ र सार नयाँ कुरामा छ। दर्शन र संस्कृतिलाई पृथक गर्न मिल्दैन। र, पनि भौतिकवाद र अध्यात्मवादका फरक सत्यलाई बोध गर्ने सामर्थ्य आजका सबै मान्छेमा देखिँदैन। एकोहोरो ज्ञान र अध्ययनको परिणामले सत्य चिनाउँदैन। सत्य ठोस हुन्छ। हरेक चीज र परिणामका आफ्नै महत्व हुनु स्वभाविक हो। अमूर्त र अलौकिक सत्यभन्दा आफ्नै आँखाअगाडिको ठोस सत्य वैज्ञानिक र विशिष्ट हुन्छ। स्र्वर्ग मान्छेकै कल्पनाको विषय थियो हिजो। नर्क, भाग्य, पुर्नर्जन्म पनि हिजो मान्छेकै कल्पनाका विषय थिए। अध्यात्मवादले वस्तुगत यथार्थलाई आँखा नचिम्लिएका भए, हरेक चीजको अस्तित्व इश्वरमा निहीत नदेखेका भए विज्ञान भौतिकवादी सत्यको पर्याय बन्न सक्दैनथ्यो।

सत्य के हो, छलफल हुन बाँकी छ। दार्शनिक चिन्तनको अभिभारामा मान्छेअघि नबढेका भए हेगेल, कार्ल माक्स र अन्य दार्शनिकका चिन्तनबाट आजको समाजले लाभआर्जनको अवसर पाउन्नथ्यो। चिन्तन भनेको जीवनत्व हो। एकपक्षीय ज्ञान र चिन्तनबाट मान्छेको जीवन पूर्ण हुँदैन र भएन। द्वन्द्वात्मक भौतिकवाद यस मामलामा पनि माथि छ। जीवन तत्वको अभावका परिणाम रहेसम्म वर्गयुद्ध रोकिन्न।

सत्यका बहुपक्षीय परिभाषा बुझ्न द्वन्द्वात्मक भौतिकवाद अपरिहार्य छ। विज्ञानका प्रयत्न त्यसकै लागि हुन्। पुराण र तीभित्रका काल्पनिक इश्वरहरू मान्छेका कल्पना थिए। ती निराकार इश्वरका लक्षण, पहिचान र दायित्व अभिभारा नखोज्ने समाजमा दर्शनका विशिष्ट पहिचान, लक्ष्य, अभिभारा बिर्सनुलाई विवेकशील मान्न सकिन्न।

नदेखिने अदृश्य इश्वरभन्दा मानिसकै शक्तिमा विश्वास गर्ने भौतिकवादीहरू सत्यको निक्यौर्ल मान्छेबाटै हुने देख्छन्। प्रकृतिका घटना, परिघटना, वस्तु र आधारलाई इश्वरीय देन भन्यौं भने विज्ञानले पत्याउन्न त्यो। मानिसको अस्तित्व र इश्वरीय अस्तित्व कुन प्रमुख, बहसको विषय बन्न सक्छन् अरु पनि। रुखका बोक्रा, पात र जनावरका छाला ओढ्ने पुर्खाका चलन आज देखिँदैनन्। सत्रौं, अठारौं शताब्दीमा युरोपका चर्चहरू, स्र्वर्गको टिकट बेच्ने पोप, पादरी र दान नगर्दा मृतकको स्र्वर्ग जाने बाटो अवरुद्ध हुन्छ भने हाम्रो पुरेत्याईँ विधि र चोखो बाहुन खोजी दिइने दानसँगका कुरा भौतिकवादीले किन पत्याउने-

कम्युनिष्टहरू भौतिकवादी हुन् तर नेपालका कम्युनिष्ट पार्टीहरूमा भौतिकवादीहरूको न्यूनता छ। सांस्कृतिक फाँट उजाड छ। सैद्धान्तिक र व्यवहारिक बेमेलकै कारण प्रकृति र समाज निरन्तर परिवर्तनशील, गतिशील र विकासशील देख्न नसक्ने स्थिति सांस्कृतिक रुपान्तरणका लागि बाधक स्थिति हो। मार्क्सवादले सिद्धान्तमा व्यवहारको दृष्टिविन्दुलाई प्राथमिकतामा राखी आधारभूत तत्वका रुपमा सांस्कृतिक रुपान्तरण अन्य प्रक्रियाजस्तै निरन्तर चलिरहने प्रक्रियाका रुपमा लिएको छ। रुपान्तरण एउटा प्रक्रियामात्र हो। सरल र जटिल पार्ने काम मान्छेकै हो। आजको लोकतान्त्रिक गणतन्त्रसम्मको चरणमा आइपुग्दा वि.सं. १८७२ को सुगौली सन्धिपछिको युद्धको पराजय, आफन्तको विछोड, त्रास, भय, युद्धको थप आशङ्का कारण सगुण भक्ति सम्प्रदायका कृष्ण र रामको केन्द्रीयतामा विकसित कृष्णलीला वर्ण, महाभारत, श्रीमद्भागवत, देवीभागवत्, संस्कृत र भारतीय शास्त्र प्रभावसँगै रामभक्तिभित्रका सांख्य र वेदान्त दर्शनका उर्जा ग्रहण गर्दै विकसित अध्यात्मवाद आजको सार्थकतामा कति फलदायी छ- हिन्दू सामाजिक रुढि र विकारप्रति व्यङ्ग्य गर्दै जातीय विभेद र कर्मकाण्डीय विसङ्गतिको विरोध गर्ने निर्गुण भक्ति सम्प्रदायका विमत्रि्रति पनि दुर्इ सय वर्षपछिको चेतनाले सही विश्लेषण गर्न नसक्नु कतिसम्मको लाजमदो विषय हुने हो – कम्युनिष्ट पार्टीा नेता-कार्यकर्ताले जवाफ दिने समय आएको छ। सामाजिक चलनहरू सकेसम्म सरल र तरल हुनु जरुरी छ। समय र आर्थिक बोझबाट पनि मीतव्ययी हुन जरुरी छ। विज्ञान र आधुनिक मानव चेतनासँग मेल नराख्ने अन्धविश्वासी जटिलताबाट पनि मुक्त हुन जरुरी छ।

Related News

सम्बन्धित समाचार

hero news full width