सम्झनामा कप्तान बुद्धिबहादुर गुरुङ

म्रोम्चोकाजी सु. सुदर्शन तमु ‘घान्द्रुके’

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७३

वि.सं. १५७२ चैत्र पूणिर्माका दिनमा तत्कालीन घान्द्रुक राज्यका अन्तिम राजा मु्र घ्रि सैंको स्वर्गारोहण भएको थियो। यही मु्र घ्रि सैं वंशजको घान्द्रुक तल्लो गाउँ निवासी बाजे बिर्ताप्रसाद तमु, पिता कृष्णलाल तमु एवं आमा जस्ता तमुस्योको कोखबाट मु्र घ्रि सैं वंशजको १९ औं पुस्तामा ज्येष्ठ पुत्रको रुपमा वि.सं. २००३ साल जेठ १२  गते शनिबार भारत उत्तर प्रदेशको देहरादूनमा कप्तान बुद्धिबहादुर प्लहि धिं प्ल्हने तमुको जन्म भएको थियो।

सन् २६ अगष्ट १९६५ मा भारतीय सैनिक ५/१ जीआरमा भर्ती भई आफ्नो इमान्दारी, कर्तव्यनिष्ठा एवं कठोर परिश्रमका कारण आफ्नो मान, पदवी बढाउँदै अनेरी कप्तानसम्मको दर्जा प्राप्त गरी २८ वर्ष छ महिना लामो सैनिक सेवापश्चात् ३१ अगस्त १९९३ मा उहाँ सेवा निवृत हुनुभएको थियो। यस अवधिमा यहाँका मुख्य-मुख्य उपलब्धिहरू संक्षिप्तमा यस प्रकार छन् :

१. उहाँको अति उत्कृष्ट कोर्सेज ग्रेडिङका कारण इण्डियन आर्मी माओ टे्रनिङ सेन्टरमा उहाँ मसहुर वेपन इन्स्ट्रक्टर हुनुहुन्थ्यो।

२.अल-इण्डिया सर्भिसेज लेभलको खुदरेस -खतरा दौड)मा उहाँ धेरै पटक च्याम्पियन हुनु भएको थियो।

३.   इण्डियन नेसनल लेभलको फ्ल्याइवेट वर्गमा उहाँ धेरै लामो समयसम्म मसहुर मुक्केवाज -बक्सर) च्याम्पियन हुनुहन्थ्यो। उहाँको यही विशिष्ट खुबीका कारण हमेशा स्पेशल प्रमोसनद्वारा तरक्की गर्दै छिट्टै अनेरी कप्तान हुनुभएको थियो।

४.     भारतीय सेनाको अति उच्च स्तरको अति कठोर एवं मसहुर अप्रेसनहरूमा -इ.सं. १९७१ (७३ को अप्रेसन क्याल्कुलिटी, १९८७-८८ को अप्रेशन पवन र १९९१ को अप्रेसन हृनिो) मा उहाँको अति प्रशंसनीय एवं उत्कृष्ट भूमिकाका कारण उहाँलाई दिनाङ्क १२ जुन २००३ मा “स्पेसन सर्भेस मेडल अवार्ड”द्वारा सम्मानित गरिएको थियो।

३१ अगस्त १९९३ मा पेन्सनमा आएपछि घान्द्रुकमा विकासको बहानामा धमाधम बन्न लागेका निर्माण कार्यको दृष्यावलोकनले उहाँको मनमा बेचैनी जाग्यो। घान्द्रुक गाउँको स्थापनाकाल अर्थात् म्रु गुन्जर प्ल्हने तमुको शासनकालदेखि मुखिया शासन प्रथासम्म सात सय घान्द्रुकको सभा, कचहरी एवं सामूहिक मेला आयोजना हुने घान्द्रुक आर्वेथर स्थित ऐतिहासिक साझा सम्पदा क्वे-डा“डा खनन गरी सम्याइएको थियो। उक्त क्वे डा“डामा अवस्थित कोंड ह्युलका अन्तिम म्रुं घ्रिसैंको समाधि एवं घ्रि सैं वंशजका सन्ततिले निर्माण गरिएको ढुंगेनी पौवा -ठा“टी) पनि विस्थापित गरिसकेको थियो। अतः समस्त घान्द्रुक निवासीको ऐतिहासिक सम्पदा लुप्त हुन नदिन र प्रत्येक वर्षको चैत्र पूणिर्माको दिनमा घ्रिसें वंशजका सन्ततिले गर्दै आएको पूजा जस्तो घान्द्रुकेहरूको संस्कार, संस्कृतिलाई निरन्तरता दिन उहाँकै नेतृवमा उपलब्ध भएको अति सक्रिय भूमिमा वि.सं. २०५२ साल असोजमा विस्थापित भइसकेको म्रु घ्रिं सैंको समाधिलाई मन्दिरमा परिणत गर्ने निर्माण कार्य प्रारम्भ गरी, २०५३ साल चैत्र मसान्तसम्म सम्पन्न गरी २०५४ बैशाख १० गते मङ्गलबार पूणिर्माको शुभ मुहुतमा “मु्र घ्रि सैं”को प्रतिमा प्रतिष्ठान गरी समस्त घान्द्रुकवासीको उपस्थितिमा अत्यन्त हषोर्ल्लास, बाजा-गाजा एवं भोज भतेरका साथ उद्घाटन समारोह भएको थियो।

विसं २०५६ पुस १९ गते शनिबार उहाँकै नेतृत्वमा प्रत्येक वर्षको ल्होसारको प्रथम शनिबार पोखरामा आफ्नो समस्त परिवार, चेलीबेटी, इष्टमित्रहरू एकै थलोमा सामूहिक पूजा अर्चना, स्योकै तथा मनोरञ्जन गर्ने प्रचलन पोखराको शान्तिवन वाटिकाबाट प्रारम्भ भएकोमा आजसम्म निरन्तर छ।

उहाँकै नेतृत्वमा वि.सं. २०७१ असार ५ गते “घ्रि सैं” मन्दिरलाई थप व्यवस्थापन एवं पुनर्निमाण कार्य प्रारम्भ गरी सोही वर्षकै चैत्र ४ गते सम्पन्न गरी २०७१ साल चैत्र २१ गते शनिबार पूणिर्माको शुभ मुहुतमा नव निर्मित मन्दिर तथा ढलौटको मूल्यवान प्रतिभाको भव्य समारोहका साथ समुद्घाटन भएको थियो।

उहाँकै सक्रियतामा भारतीय पूर्व सैनिक “डिस्पुट-पेनसन केशहरू” धेरै भन्दा धेरै समाधान गरी पीडितहरूलाई कल्याण गरिएको थियो।

उहाँको एआरओ सेवा कालमा धौलागिरि एवं गण्डक क्षेत्रका धेरै युवक भारतीय सेनामा भर्ती भएको (रेर्कर्ड) अझै पनि कायमै छ। नेपाली काङ्ग्रेसको विधि, विधान, विचार र एजेण्डाहरूमा उहाँको आस्था रहेकाले उहाँले सक्रिय पार्टी सदस्यता ग्रहण गरी उहाँ निरन्तर पार्टी गतिविधिमा लागिरहनु भयो। उहाँस“ग राय, सुझाव, सहयोग र निर्देशन नलिने स्थानीय काङ्ग्रेस नेता विरलै होलान्। पार्टीकाई मजबुत र जनप्रिय बनाउनमा उहाँको अतुलनीय योगदान रहेका कारण उहाँको शवयात्रामा नेपाली काङ्ग्रेसको झण्डाले सम्मान गर्दै शव यात्रामा करिब ७० स्थानीय काङ्ग्रेस नेता एवं कार्यकर्ताको सहभागिता थियो। उनीहरूले गाईघाटमा श्रद्धाञ्जली अर्पण गरेका थिए भने अनुपस्थित काङ्ग्रेसका सांसदहरूले शोक सन्देशहरू पठाएका थिए।

घान्द्रुक कोटगाउँ निवासी लेफि्टनेन्ट स्व. कुलबहादुर तमु र कन्याकुमारी तमुस्योकी जेठी छोरी यामकुमारी तमुस्योसँग विवाह गरेका उनका हर्कबहादुर तमु, राजीव तमु र सन्तोष तमु छन्। उहाँको एकमात्र बहिनी माया तमु, तीन भाइहरू ना.सु. कुशबहादुर तमु, स्टाफ सार्जेन्ट लक्षिणबहादुर तमु र कप्तान बखतबहादुर तमु छन्। यस प्रकार उनको अन्य भाइ, छोरा-बुहारी, भाइ-बुहारीहरू, अन्य भाइ बुहारी, चार भाइछोरी र ज्वाइँ अनि १३  नातिनातिनीको विशाल परिवार छ।

कुनै न कुनै दिन हामी सबै कुनै न कुनै बहनाले अनिवार्य रुपले परलोक हुनैपर्नेर्र् इश्वरको विधि, विधान अनुरुप २०७३ साल बैशाख १६ गते बिहीबार दिउँसो २:३० बजे पोखराको फिर्के पुलमा निजी बाइक ग६प ९६६६ सवारीका साथ बगरतर्फ प्रस्थान गर्दा पछाडिबाट हेबी ट्रक ना६ख ३६१० ले ठक्कर दिँदा सडक दुर्घटनामा नै उहाँको असामायिक निधन भयो।

अग्रज, नेतृत्ववान् एवं उदार चरित्रवान्, समाजसेवी स्व. कप्तान बुद्धिबहादुर तमुको मार्गर्दर्शनमा लागेर हामी समस्त तमु सन्तति आफ्नो लोपोन्मुख धर्म, भाषा, संस्कार, संस्कृतिका साथै तमु ऐतिहासिक महत्वका सम्पदाको संरक्षण र सर्म्वर्द्धनमा एकजुट हुनुपर्छ। यही नै उहाँप्रति हाम्रो सच्चा श्रद्धाञ्जली हुनेछ। स्र्वर्गमा उहाँको आत्मालाई चिरशान्ति मिलोस्।

Related News

सम्बन्धित समाचार

hero news full width