समलिङ्गी तेस्रो लिङ्गीका पाँच भेदहरू

आदर्श समाज सम्वाददाता
माघ ६, २०७०

लेखक व्यक्तिको यौन अङ्ग अनुसार देखा पर्ने भिन्नतालाई लिङ्ग र लिङ्गको आधारमा समाजले निर्धारण गरेको सामाजिक भूमिकालाई लै·किता भनी परिभाषित गर्ने गरिएको छ। लै·कि पहिचानको दृष्टिकोणबाट मूलधारको रूपमा रहेका महिला र पुरुष भन्दा अलग तेस्रो लिङ्गी पहिचान भएका व्यक्तिहरू समेत समाजमा अल्पसङ्ख्यक रूपमा रहेका हन्छन।

सबै व्यक्ति विपरीत लिङ्गी नै हुन्छन् भन्ने मान्यता राखी यो नै उत्तम तथा माथिल्लो हो भन्नु विपरीत लिङ्गवाद हो, तर यो कटु सत्य होइन, कटु सत्य के हो भने हाम्रो समाजमा विपरीत लिङ्गीको अतिरिक्त महिला समलिङ्गी, पुरुष समलिङ्गी दुर्इ लिङ्गी, तेस्रो लिङ्गी र अन्तर लिङ्गी पनि हुन्छन्। यी पाँच प्रकारका भदेलाई अङ्ग्रेजीमा छोटकारीमा एल.जि.वि.टी.आई. र नेपालीमा एउटै शब्द वा भाषामा समलिङ्गी तेस्रो लिङ्गी भनिन्छ।

महिला समलिङ्गी जसलाई अङ्ग्रेजीमा ‘लेस्िवयन’ भनिन्छ। यी यस्ता महिला पाटनर हुन् जुन शारीरिक र भावनात्मक रूपले आफूजस्तै समान लि· भएकाप्रति आकाषिर्त हुन्छन्। यिनीहरूको पुरुषप्रति अर्थात आफूभन्दा विपरीत लि·प्रति पटक्कै आकर्षण हुँदैन। यिनी एक अर्कामा सँगै बसेर, सँगै सुतेर, गाला जोडेर, अड्ढमाल गरेर, चुम्बन गरेर, एक अर्का माथि खप्टिएर, हातले यौन अङ्ग चलाएर, हस्तमैथुन गरेर यौन सन्तुष्टि लिने गर्दछन् त्यसैगरी पुरुष समलिङ्गीलाई अङ्ग्रेजीमा ‘गे’ भनिन्छ। यी यस्ता पुरुष पार्टनर हुन जुन शारीरिक र भावनात्मक रूपले आफू जस्तै समान लि· भएकाप्रति आकषिर्त हुन्छन्। यिनीहरूको महिलामाथि अर्थात आफूभन्दा विपरीत लि·प्रति पटक्कै आकर्षण हुँदैन। यिनीहरू एक अर्कामा मुख मैथुन गरेर, गुदद्वार मैथुन गरेर, हस्तमैथुन गरेर यौन सन्तुष्टि लिने गर्दछन्। स्मरणीय कुरा के हो भने महिला समलिङ्गीको जैविक लिङ्ग महिलाको नै हुन्छ र उनीहरूको शारीरिक विकास पनि महिलाको नै हुन्छ। त्यसैगरी पुरुष समलिङ्गीको जैविक लिङ्ग पुरुषको नै हुन्छ र उनीहरूको शारीरिक विकास पनि पुरुषको नै हुन्छ तर आकर्षण र अनुभूति महिलाको महिलाप्रति र पुरुषको पुरुषप्रति हुन्छ। यी महिला समलिङ्गी र पुरुष समलिङ्गी दुवैलाई अङ्ग्रेजीमा होमोसेक्सुअल भनिन्छ। महिला समलिङ्गीलाई भन्दा पुरुष समलिङ्गीलाई एचआईभी एड्स हुने धेरै सम्भावना हुन्छ। यी दुवै समलिङ्गीलाई हामीले झट्ट चिन्न सकिँदैन तर यिनीहरू आफू एक अर्कालाई चिनिहाल्छन्। ‘सर्पले सर्पको खुट्टा देखेझैं’ यिनीहरूले आफूजस्तै अर्कालाई सहजै चिनिहाल्छन् प्रकृतिले उनीहरूलाई एक अर्कामा चिन्न सक्ने गुण प्रदान गरेको हुन्छ।  यी समलिङ्गीहरू कुल जनसङ्ख्यामा आठदेखि दश प्रतिशत हुन्छन्। सैना र मीत लगाउने प्रक्रिया समलिङ्गीको एउटा अति सामान्य दृष्टान्त हो।

समलिङ्गी तेस्रो लिङ्गीको अको भेद भनेको दुर्इ लिङ्गी/द्विलिङ्गी हो। यसलाई अङ्ग्रेजीमा ‘बाईसेक्सुअल’ भनिन्छ। द्विलिङ्गी यस्तो व्यक्ति हो जो शारीरिक तथा भावनात्मक रूपले महिला र पुरुष दुवैसित बराबर आकषिर्त हुन्छ। महिला समलिङ्गी र पुरुष समलिङ्गीका बच्चाबच्ची हुँदैनन् तर द्विलिङ्गीका बच्चाबच्ची हुन्छन्। द्विलिङ्गी पुरुष पनि हुन सक्दछ र महिला पनि हुन सक्दछ। यिनीहरू वास्तवविक मैथुन, मुख मैथुन, हस्त मैथुन, गुदद्वार मैथुन गरेर यौन सन्तुष्टि लिने गर्दछन्। वास्तविक मैथुनबाट बच्चाबच्ची हुन्छन्। यिनीहरूमा महिला समलिङ्गी, पुरुष समलिङ्गी र विपरीत लिङ्गीका गुणहरू हुन्छन्।

तेस्रो लिङ्गी जसलाई अंग्रजीमा ‘थर्डजेन्डर’ (टी.जी.) भनिन्छ। परम्परागत रूपमा महिला र पुरुषको अपेक्षा गरिएको भन्दा फरक लिङ्गीलाई तेस्रोलिङ्गी भनिन्छ। यो दुर्इ प्रकारको हुन्छ। पुरुष तेस्रो लिङ्गी र महिला तेस्रोलिङ्गी। पुरुष तेस्रोलिङ्गी जन्मँदा केटा तर पछि हुकर्ंदै जाँदा केटीको रूपमा रहेका हुन्छन्। यिनीहरूको जैविकलिङ्ग पुरुषको हुन्छ भने सामाजिक लिङ्ग महिलाको हुन्छ तर आकर्षण पुरुषप्रति हुन्छ। यस्ता गुण भएकालाई ‘मेटी’ भनिन्छ। यिनी आफू महिलाको अनुभूति गरेर पुरुषहरूलाई मुख मैथुन गरेर, हस्त मैथुन गरेर, गुदद्वार मैथुन गरेर यौन सन्तुष्टि दिलाउँछन्। त्यसै गरी महिला तेस्रोलिङ्गी जन्मँदा केटी तर हुकर्ंदै जाँदा केटाको रूपमा रहेका हुन्छन्। यिनीहरूको जैविक लिङ्ग महिलाको हुन्छ भने सामाजिक लिङ्ग पुरुषको हुन्छ तर आकर्षण महिलाप्रति नै हुन्छ। यस्ता गुण भएकालाई ‘मेटा’ भनिन्छ। यिनी आफू पुरुषको अनुभूति गरेर महिलालाई चुम्बन गर्ने, यौन अङ्ग हातले खेलाउने, हस्त मैथुन गर्ने, सगै खप्टिएर सुत्ने गरेर यौन सन्तुष्टि दिने लिने गर्दछन्। यी तेस्रो लिङ्गीहरू कुल जनसङ्ख्यामा एक प्रतिशत हुन्छन्। यिनीहरूलाई जो कोहीले पनि झट्ट चिन्न सक्दछ। यिनीहरूलाई हाम्रो समाजले विभिन्न ठाउँ र स्थानमा विभिन्न नामले पुकार्ने गरेको पाइन्छ। जस्तै पूर्र्वी नेपालतिर ‘मेटी’ पश्चिम पहाडतिर ‘सिङगारु’, तराईतिर क्रमशः ‘मारुनी’ ‘मौगिया’, कोथ’, हिमाली भेकमा ‘फुलुमुलुु, सहर बजारतिर’ छक्का’ ‘विरन्डला’, ‘नपुङसक’ ‘पिङगला’,’हिजडा’ आदि। नामहरू जे सुकै भए तापनि यिनीहरूलाई सम्य भाषामा समलिङ्गी, तेस्रोलिङ्गी भन्दा बढी खुसी हुन्छन्। त्यसैले सभ्य भाषा र शब्दलाई अपनाउनु सभ्यताको प्रतीक हो।

अन्तरलिङ्गी जसलाई अङ्ग्रेजीमा ‘इन्टरसेक्स’ भनिन्छ। यस्ता व्यक्ति जो जन्मँदा नै यौन अङ्गका हिसाबले सामाजिक अपेक्षाअनुरूप बालक वा बालिका छुट्टिदैनन्। अर्थात अन्तरलिङ्गी त्यस्ता बच्चा हुन् जसमा पुरुष र महिला दुवैको जैविक लिङ्ग विद्यमान हुन्छ। ऐतिहासिक तवरले चिकित्सक समुदायले यसलाई ‘हेर्माफ्रोर्डाईटस’ भन्ने बिल्ला लगाई बच्चाको यौन अङ्ग सच्याउने शल्यक्रिया गरिदिने चलन कयौं देशमा छ तर समकालीन दृष्टिकोणले यस्तो जबर्जस्ती बच्चाको यौन अङ्ग सच्याउने शल्यक्रिया अभ्यासलाई बलजफ्ती लैङ्गकि पहिचान बनाइदिने र यौन अङ्ग बिगारिदिने भनी चुनौती दिने गरेको छ  किनभने बच्चाको लैङ्गकि पहिचानपछि कस्तो हुन्छ भनेर बच्चामा नै यकिन गर्न सकिन्न।

समलिङ्गी तेस्रोलिङ्गी मानव जातिमा मात्र नभएर पशुपंक्षी र देवता गणमा पनि हुन्छ। जस्तो कि अर्ध नारेश्वर देवता पुरुष र महिलाको रूपमा रहेको पाइन्छ। श्यामली देवी कृष्णको रूपमा, भगवतीदेवी पुरुषको लुगा लगाउने रूपमा, चैतन्य महाप्रभु राधा र कृष्णको रूपमा, अवलोकितेश्वर महिला र पुरुषको रूपमा रहेको पाइन्छ। आयोप्पा, शिव र विष्णुका छोरा थिए। भगीरथ महाराज दुर्इ वटा आमाबाट जन्मेका जसले गंगा र सागरलाई पचाउन सक्ने क्षमता थियो। ब्रह्मा विष्णुको नाभीबाट उत्पत्ति भएको मानिन्छ। चण्डीचामुण्डा जसलाई जुम्ल्याह देवी वा युद्धका देवी भनिन्छ, यिनी पुरुष जस्तै थिइन्र्। इराभन देवता विष्णुका श्रीमान थिए। कार्तिके शिव र अग्नीका छोरा थिए। गणेश देवतालाई पार्वतीले मात्र जन्म दिएकी थिइन्। हिन्दुग्रन्थ कामसुत्रमा समलिङ्गी विवाह हुने कुरा उल्लेख छ। संस्कृत शब्दकोषमा २० प्रकारका तेस्रोलि·ी हुन्छन भने वर्णय गरेको पाइन्छ। यसरी समलि·ी तेस्रोलि·ी रहर नभएर यो नितान्त प्राकृतिक हो। तसर्थ प्रकृतिलाई सबैले स्वीकार गर्नुपर्दछ र अपनाउनुपर्दछ।

समलै·किता कुनै रोग वा विमारी होइन तर त्रास लाग्दो कुरा के थियो भने धेरै मानसिक स्वस्थ्यका डाक्टर पहिला समलि·ी आकर्षणको अनुभूति हुनुलाई मानसिक रोग भन्दथे। सन् १९७० मा अमेरिकन साईकोलोजी एसोसिएनले आफूहरूले ठुलो भुल गरेको स्वीकार गर्दै  समलै·किता कुनै रोग नभएको पुष्टि गरे साथै मानसिक रोगको तालिकाबाट पनि यसलाई हटाए। सन् १९९२ मा विश्व स्वास्थ्य स·ठनले पनि समलै·किता कुनै रोग नभएको पुष्टि गरिसकेको छ।

दक्षिण अफ्रिका, फिजि, फ्रान्स, अमेरिकालगायत ११/१२ राष्ट्रले समलि·ी तेस्रोलि·ीलाई पूर्ण मान्यता दिइसकेका छन। दक्षिण एशियामा नेपालले मात्र समलि·ी तेस्रोलि·ीलाई मान्यता दिएको छ। यो मान्यता दिलाउन पहल गर्ने काम नीलहिरा समाज र यसका संस्थापक सुनिलबाबु पन्तलाई छ। नेपालमा समलि·ी तेस्रोलि·ीको कुल सङ्ख्या ३ लाख ५० हजार छ। यिनीहरूका मुख्या समस्या भनेको नागरिकताको समस्या, प्रमाणपत्रको समस्या, शौचालय प्रयोगको समस्या, आत्मसम्मानको समस्या, समाजमा खुल्ने वातावरणको समस्या, इच्छाविपरीत परिवारले बलजफ्ती विवाह गरिदिने समस्या प्रमुख छन्। यी समस्या सम्बोधन गर्न सकिने समस्या भएकाले राज्यले थोरै इच्छा शक्ति देखाउनुपर्दछ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग