श्राद्ध

आदर्श समाज सम्वाददाता
असाेज १४, २०७०

प्रेतं पितृश्च निर्दिश्च भोज्यं यत्कियमात्मन :।

श्रद्धया दीयते यत्र तत्दाद्धं परिकीर्तितम्।।

श्रद्धापूर्वक गरिने काम वा परलोक भएका पितृहरूका लागि आफूलाई मीठो लाग्ने र खाइने वस्तु श्रद्धासाथ चढाउँदै गरिने एक कर्म वा पूजालाई श्राद्ध भनिन्छ।

श्राद्धका अनेक भेद छन्- नित्य श्राद्ध, नैमित्तिक श्राद्ध र काम्य श्राद्ध गरी ९६ किसिमका श्राद्धहरू छन्।

ती यी हुन् (क) अमावास्या औंसीमा गरिने) श्राद्ध १२ वटा (ख) युगादि ४ (ग) मन्वादि १४ (घ) संक्रान्ति १२ (ङ) वैघृति १२ (च) व्यतिपात १२ (छ) महालय १५ (ज) अष्टका ५ -झ) अन्वष्टका ५ र पूवेद्यू ५ गरी ९६ श्राद्ध प्रकरण भए। परलोक भएका आफ्ना पितृहरूको नाम लिएर शास्त्रले बताएको बेला देश, ठाउँ कर्ताको मन पितृ प्रति एकाग्रता र पुरोहितको उच्चस्तरका साथ शुद्ध मन्त्रोचारण गरी पकाएको वा काँचो अन्न बस्त्र र सुन आदि द्रव्य विधिपूर्वक चढाउनु वा दान गर्नाले श्राद्धबाट आफ्ना पितृ प्रशन्न भएर कर्तालाई मनोकाङ्क्षित आशिर्वाद दिन्छन् र सन्ततीहरू पनि सत् चरित्रवान् बन्दछन्।

यिनै ९६ प्रकारका श्राद्धमध्ये जनमानसमा प्रचलित श्राद्ध एक हो। महालय श्राद्ध। महालय श्राद्धलाई पावर्णयतथा सोह्र श्राद्ध पनि भनिन्छ।

गृहस्थाश्रमीले आश्विन कृष्ण पक्ष प्रदिपदाबाट आश्विन शुक्ल पक्ष प्रतिपदा सम्म यी १६ दिन सम्म गरिने श्राद्धलाई नै सोह्र श्राद्ध भनिन्छ। ‘श्रद्धा अस्मिन् अस्ति इति श्राद्ध’

पितृ शब्दको उत्पत्ति ‘पति रक्षति’ अर्थमा पा धातुमा तृच प्रत्यय बाट भएको हो। पितृ शब्दबाट पिता, माता पूर्वपुरुष, पूर्वज, पितर इत्यादिको अर्थ ग्राहृय हुन्छ। सनातन धर्मका प्राचीन ग्रन्थहरूमा पितर अथवा पितृ शब्दको उल्लेख अनेक स्थानमा उनै मृतक पूर्वजहरूले लिएको छ र उनीहरूलाई नै पितृयोनी प्राप्त भएको मानिँदै आएको छ।

सनातन धर्ममा जब कुनै व्यक्तिको मृत्यु हुन्छ, तब उसका परिवारजनद्वारा अन्तिम किरिया कर्म –(अन्त्येष्टि) गरेपछि एक वर्षसम्म उसको आत्मसन्तुष्टिका लागि भोजन, पानी इत्यादिको व्यवस्था गरिन्छ भने मान्यता छ।

र एक वर्ष पछि त्यसले अर्को जन्म लिन्छ। यदि कहिलेकाहीँ मृतकको विशिष्ट कामना मोह अनुसार कर्मानुसार सदगति प्राप्त गर्न सकेन भने त्यस्तो अवस्थामा त्यस आत्मले पितृलोक अथवा प्रेत लोकमा निवास गर्नुपर्छ।

प्रेत वायु बन्दछ। वायु हावाका रूपमा यत्रतत्र भड्किरहन्छ, त्यसले सदगति प्राप्त गर्न सक्दैन। पितृलोक अथवा प्रेतलोकमा निवास भएका मृतकको आत्महरू आफ्ना परिवार बन्धु बान्धवसँग सधँै अन्न, जल तथा भोजनको इच्छा गर्दछन्। उनीहरूको इच्छा पूर्र्तिका लागि नै आश्विन कृष्णपक्षमा नै श्राद्धपक्षको व्यवस्था गरिएको हो।

चाहे प्रेतलोकमा रहने हुन् अथवा पितृलोकमा रहने हुन् उनीहरू आफ्ना परिवारको कल्याणको कामना गदर्छन् तर रिसाए भने अहित पनि गर्दछन्। त्यसकारण उसका परिवारले उनीहरूलाई ‘कव्य’ मन पर्ने पदार्थ प्रदान गरेर निरन्तर सन्तुष्ट गराइयो भने पितृ मुक्त भई कर्ताको कामना पूर्ण गर्दछन्।

मृतकको आत्माले सँधै आफ्ना वंशको हित चाहान्छ र वंशमा आइपरेका दुःख कठिनाईबाट रक्षा गर्दै बचाउँछन्। यस्तै आत्म त्यस परिवारका लागि देवी देवताभन्दा अधिक पूज्यनीय हुन्छ र यिनैका निमित्त सदा श्राद्ध कर्म गर्नुर्पर्दछ।

श्राद्ध पितृप्रति लक्षित गरेर चढाइएको प्रिय वस्तुबाट मृत आत्म सन्तुष्ट भएर पितृलोकमा पुगेर मुक्त भई जन्म जन्मान्तरको चक्रबाट मुक्ति प्राप्त गरी लोक कल्याणार्थ आफ्ना सन्ततीलाई सत्मार्गतिर ल्याउने प्रेरणा प्रदान गर्दछन्। त्यसैले प्रत्येक व्यक्तिको यो कर्तव्य हो कि उनै पितृहरूको सन्तुष्टिका निमिक्त जुन शास्त्रोक्त कर्म बताइएको छ, त्यो अवश्य गर्नुपर्छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै