विश्व सङ्गीत दिवस र पोखरा

आदर्श समाज सम्वाददाता
असार ७, २०७०

संसारका सृष्टिमध्येको एक सवोर्त्कृष्ट प्राणी मानिस जातिका लागि जीवनयात्रामा अनगिन्ती अपरिहार्य तत्त्वहरू छन्। ती अनगिन्ती तत्त्व मध्येको एक महत्त्वपूर्ण भाववाचक तत्त्वका रूपमा स·ीत पर्दछ।  जसले जसरी परिभाषा गरे तापनि अन्त्यमा निचोड एउटै कुरामा गएर टुङ्गनिछ, त्यो हो सङ्गीतको अद्भूत शक्ति र सत्यता। सङ्गीत सुखमा हँसाउने र दुःखमा मलमपट्टी लगाउने औषधि हो। मानिसलाई घाम चको भएर पोल्दा शीतलता खोज्छ। अन्धकार भए उज्यालोको खोजीमा लाग्दछ। हरेक कुराको विकल्प मानिसले खोजिरहन्छ आफ्नो अनुकूलताका लागि। जब मानिस खुशीयाली मनाउने क्षणको परिकल्पना गर्दछ त्यस समयमा सङ्गीतको विकल्प सोँच्नै सक्दैन। चाहे मानिस दुःखमा पर्छ त्यो अवस्थामा पनि सङ्गीत सुनेर मनको वह मेटाउने प्रयास गर्दछ। पीडाबाट छुट्कारा पाउन सङ्गीतकै सहारा लिन खोज्छ। सङ्गीत एकान्तको साथी पनि हो। त्यसैले सङ्गीतको विकल्प केही कुरा पनि छैन। प्राचीनकालदेखि सङ्गीत जति लोकप्रिय थियो आजको एक्काइसौँ शताब्दीको आधुनिक युगमा पनि सङ्गीतको लोकप्रियता उत्तिकै छ। अझ बढ्दो माग छभन्दा पनि अत्युक्ति नहोला।

सङ्गीतको शक्ति अतुलनीय छ। त्यसैले त सङ्गीतले मानिसलाई धरधरी रुवाउन सक्छ। पेट मिचुन्जेल हँसाउन सक्छ। एक तमासले आ-आफ्नो काममा सक्रिय पाँच इन्द्रियलाई समेत चलाएमान बनाउन सक्छ सङ्गीतले। हिँडिरहेको मानिस सङ्गीत सुन्दा टक्क अड्न बाध्य बन्छ। सुस्ताएका हृदय पगाल्न सक्छ सङ्गीतले। सङ्गीत शक्तिको वर्णन गरिसाध्य छैन। सङ्गीत महासागरको न त गहिराइ परिभाषा परिभाषित गर्न सकिन्छ न त सङ्गीतको उचाईं नै नाप्ने यन्त्र बन्न सक्ला। सङ्गीतको सामर्थ्यले बालकदेखि वृद्धासम्म, सामान्य व्यक्तिदेखि उच्च ओहदाका व्यक्तिसम्म सबैलाई समेटेको हुन्छ। सबैको मन शक्तिशाली चुम्बकले भन्दा बढ्ता नै तानेको हुन्छ सङ्गीतको अदृश्य शक्तिले। सङ्गीतलाई हामी न त कुनै भुगोलको परिधिमा छुट्टयाउन सक्छौँ न त राजनीतिक, वर्गीय, जातीय, लै·कि, आर्थिक, भौतिक विषयवस्तुका आधारमा छुट्टयाउन सक्छौँ। त्यसैले सङ्गीत सबैका लागि उत्तिकै लोकप्रिय विधा मानिन्छ।

गायन, वादन र नृत्यको त्रिसंयोग नै सङ्गीत मानिन्छ। यही स·ीतलाई विश्वभर एकसाथ मनाउने दिनका रूपमा ‘विश्व सङ्गीत दिवस’ लाई लिइन्छ। वर्षभरिका ३६५ दिनमध्येका सबैभन्दा लामो दिन जून २१ तारिखका दिन समय पट्यारलाग्दो नहोस् भनेर अमेरिकी नागरिक जोन कोहल्गीले गरेको विश्व स·ीत दिवसको परिकल्पनालाई फ्रेन्च नागरिक सङ्गीतकार तथा नृत्य निर्देशक मोरिसा ल्केरनले अथक प्रयासपछि साकार गरेको इतिहासमा उल्लेख छ। तिनै फ्रेन्च नागरिक मोरिसा ल्केरनको प्रयासमा फ्रान्समा पहिलोपटक सन् १९७६ मा विश्व स·ीत दिवस मनाउने सुरुवात भयो। सुरुका केही वर्षसम्म फ्रान्समा मात्र मनाउँदै आएको विश्व सङ्गीत दिवस प्रचार-प्रसारका कारण विश्वका अन्य मुलुकमा समेत मनाउने क्रम बढ्न थाल्यो। यही उत्सव नेपालमा आजभन्दा करिब १५ वर्षअघि वि.सं. २०५५ सालमा मनाउने अवसर सर्वप्रथम जुर्‍यो। फ्रेन्च कल्चर सेन्टरको सहयोगमा साँस्कृतिक संस्थानले काठमाडौँमा पहिलोपटक विश्व सङ्गीत दिवस मनाउने शुभारम्भ गरेको हो। नेपालको दोस्रो ठूलो सहर, प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरा सहरमा कवि, संस्कृतिकर्मी प्राज्ञ तीर्थ श्रेष्ठको परिकल्पनामा वि.सं. २०६० सालदेखि विश्व सङ्गीत दिवस मनाउन थालिएको हो। साहित्य,कला र सङ्गीतको उत्थानमा लागिपरेको संस्था पोखरेली युवा साँस्कृतिक परिवारको आयोजनामा पहिलो पटक पोखरामा विश्व सङ्गीत दिवस मनाउन थालिएको हो। पोखरामा विश्व सङ्गीत दिवस मनाउने परम्पराले एक दशक पार गरेको छ। यस कालक्रममा पोखरेली युवा साँस्कृतिक परिवारले दुर्इ पटक आयोजक रहेर र अन्य संस्था क्रमशः सङ्गीत प्रशिक्षण केन्द्र, झिंगु भाय झिंगु संस्कृति पुचः, हिमाली साँस्कृतिक परिवार, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठान, पोखरा लोकधुन समूह र जोजिजू म्यूजिक सेन्टरको आयोजनामा विश्व सङ्गीत दिवस मनाउने एक चरण पूरा भएको छ। यस वर्ष सङ्गीत प्रशिक्षण कार्यमा क्रियाशील त्रिवेणी सङ्गीतालयको आयोजना र माथि उल्लेखित र अन्य संस्थाको सह-आयोजनामा विश्व सङ्गीत दिवस मनाइँदै छ। आगामी वर्षका लागि अनुशीलन सङ्गीत पाठशाला, अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान, सयपत्री सङ्गीत प्रशिक्षण केन्द्र, आदर्श कला केन्द्र आयोजक रहनेछन्।

बिनाशुल्क सङ्गीतबाट भरपूर मनोरञ्जन लिने र दिने एउटा महान् उत्सवका रूपमा विश्व सङ्गीत दिवसलाई पोखरामा मनाइन्छ। यस दिनमा आयोजक तथा सह-आयोजक संस्थाहरूसँग आवद्ध कलाकारहरूले विभिन्नखालका गीत तथा नृत्यहरू  प्रस्तुत गरेर दर्शक तथा श्रोतालाई भरपूर मनोरन्जन दिने हुनाले दिन लामो भएको आभास समेत पाइँदैन। यसै दिनमा लामो समयदेखि सङ्गीतका लागि जीवन खचेका विभिन्न श्रष्टालाई समेत सम्मान गर्ने परम्परा वि.सं. २०६२ सालमा झिंगु भाय झिंगु संस्कृति पुचःको संयोजकत्व रहँदा वरिष्ठ स·ीतकार, संस्कृतिकर्मी कृष्णबहादुर श्रेष्ठले थालनी गरेका हुन्। हालसम्म विभिन्न संस्थाको आयोजना कालमा तबलावादक श्यामलाल श्रेष्ठ, गायिका रेखा मालाकार, नृत्यकार हेमबहादुर गुरुङ, संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, लोकगायिका हरिदेवी कोइराला,लोकगायक प्रजापति पराजुली, सङ्गीतकार रामकाजी गुरुङ, आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला, सङ्गीत प्रशिक्षक लाक्पा लामा,  झलकमान गर्न्धर्व (मरणोपरान्त) पुरुषोत्तम न्यौपाने, राजु परियार, स्व. नरबहादुर परियार, सङ्गीतकार पूर्ण नेपाली, नृत्यकार रूपेनबाबु थापा, संस्कृतिकर्मी कृष्णबहादुर श्रेष्ठ, बार डिजिटल रेकर्डिङ स्टुडियोका निर्देशक एवं सङ्गीत संयोजक बुद्धराज बज्राचार्य, गीटारिष्ट मोहन गुरुङ, सङ्गीतकार राकेश अब्जसीलाई सम्मान गरिएको थियो। यस वर्ष लोकगायन तथा प्रगतिशील साहित्य लेखनमा विगत दुर्इ दशकदेखि क्रियाशील लोकगायक, प्रगतिशील साहित्यकार तथा शिक्षासेवी पद्मराज ढकाललाई सम्मान गरिँदै छ। लामो समयदेखि गायन क्षेत्रमा क्रियाशील गायक तथा जोजिजू म्युजिक सेन्टरका प्रबन्ध निर्देशक विनित जोजिजूलाई प्रोत्साहन पुरस्कार समेत प्रदान गरिने छ।

वर्षभरिका अन्य दिनमा जति व्यस्त रहे पनि प्रत्येक सङ्गीतकर्मी,सङ्गीतका शुभचिन्तक, सङ्गीतका अनुयायी सबैका लागि एक महत्त्वपूर्ण दिनका रूपमा जून २१ २०१३ अथवा २०७० असार ७ गते  शुक्रबार विश्व सङ्गीत दिवसको दिन रहेको छ। पैसा तिर्नु नपर्ने गरी गीत सङ्गीतबाट मनोरन्जन लिने मौका पनि सबैलाई यही दिन मिल्ने छ। कार्यक्रमको अघिल्लो दिन असार ६ गते बिहान ७.०० बजे चिप्लेढुङ्गाबाट मोटरसाइकल र्याली सुरु गरेर न्यूरोड, सभागृहचोक, पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल भीमसेन चोक हुँदै चिप्लेढुङ्गामा आएर र्याली समापन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रम आयोजक संस्था, सहआयोजक संस्थाहरू, कलाकार लगायत सङ्गीतमा सद्भाव राख्ने हरेक व्यक्तिहरूको संलग्नता उक्त र्‍यालीमा रहने छ।

विश्व सङ्गीत दिवस-२०७०का संयोजक तथा लामो समयदेखि सङ्गीत प्रशिक्षण कार्यमा क्रियाशील त्रिवेणी सङ्गीतालय पोखराका संस्थापक, सङ्गीत प्रशिक्षक तथा सङ्गीतकार नवराज बरालका अनुसार  विश्व सङ्गीत दिवसका अवसरमा असार ७ गते शुक्रबारका दिन उद्योग वाणिज्य सङ्घको सभाहल गैरापाटन पोखरामा मुख्य आयोजक  त्रिवेणी सङ्गीतालय तथा सह-आयोजक संस्थाहरूको तर्फबाट  विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। उक्त कार्यक्रम दिनको १.०० बजे सुरु गरिने छ।

सङ्गीत साधनामा अहोरात्र खटेर जीवन अपण गर्नेका लागि मात्र नभई सङ्गीत सुनेर, हेरेर मनोरञ्जन लिनेका लागि पनि विश्व सङ्गीत दिवस महान् चाड हो। विश्व परिवेशमा विश्व सङ्गीत दिवस मनाइरहँदा स्र्वर्गको एक टुक्रा प्राकृतिक सुन्दरताकी खानी पोखरा सहर सङ्गीतको सुवासले मगमगाइरहे जस्तो लाग्छ। प्रत्येक पोखरेलीको मन मुटुमा सङ्गीत घन्किरहेजस्तो लाग्छ। प्रत्येक कवि, कलाकार, चित्रकार, सङ्गीतकार,भाषासेवी,उद्योगी, गायकगायिका, सञ्चारकर्मी,लेखक पत्रकार, शिक्षासेवी सबै सबैलाई सङ्गीतको मधुर धुनले मोहनी लगाएजस्तै लाग्छ। अग्रजले अनुजलाई सङ्गीतकै मेलोडीमा आशीर्वादका धुनले अभिषेक गरेजस्तै लाग्छ। प्रत्येक नयाँ वर्षको नयाँ सङ्गीत दिवसले अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन गरेर पोखरेली स·ीत इतिहासको स्वणिर्म युग कोरिन सकोस्। प्रत्येक सा·ीतिक ढुकढुकीलाई विश्व स·ीत दिवसका अवसरमा सा·ीतिक शुभकामना।

Related News

सम्बन्धित समाचार

hero news full width