विभिन्न दृष्टिकोणमा सर्प

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०७३

विश्वमा दुर्इ हजार नौ सय प्रजातिका सर्प पाइन्छन्। यीमध्ये सात सय ५० प्रजाति विषालु मानिएका छन्। नेपालमा पाँच जातका ८० प्रजातिका सर्प भेटिएका छन्। यीमध्ये २१ प्रजातिका सर्प विषालु छन्। सरसर्र्ती हेर्दा मानव जीवनमा केही सर्प खतरापूर्ण मानिए पनि समग्रमा फाइदाजनक नै छन्। सबैभन्दा विषालु सर्प राजगोमन हो। नेपालको तराइमा पाइने गोमन, कोब्रा, करेत, भाइपर र हरेप विषालु सर्प हुन्। तर सबै सर्प विषालु छैनन्। सामाजिक, धार्मिक, साँस्कृतिक र पर्यावरणीय हिसाबले हेर्दा सर्पको निकै महत्व छ। यिनीहरूको नाम लिने बत्तिकै डराइहाल्नु पर्दैन किनकि अनुसन्धानकर्ताहरूले सर्पलाई अध्ययन गरेर केह निचोड निकालेका छन्। विभिन्न दृष्टिकोणमा सर्पको महत्त्व यस प्रकार छः

सामाजिक दृष्टिकोण

सर्प सरिसृपअन्तगर्तको मांसाहारी जीव हो। आहार खाएपछि यो शिथिल हुन्छ र एकान्तको खोजीमा लाग्छ। यिनीहरू लजालु स्वभावका हुन्छन्। अन्य जीव देख्नासाथ सर्पहरू भाग्ने गर्दछन्। प्रत्यक्ष रुपमा यिनीहरूले कसैलाई हानी पुर्‍याउँदैनन्। तर जब यिनीहरूले आफूलाई असुरक्षित ठान्दछन्, तबमात्र यिनीहरू आक्रमक हुन्छन्। सामान्य अवस्थामा सर्प निकै नै शान्त प्रकृतिको जीव हो। आफ्नो बाटोमा कुनै अवरोध भएमा वा कसैले यसको बासास्थान भत्काइ दिएमा वा अनायास कुल्चेमा वा यसको अण्डा, बच्चालाई मार्न खोजेमा वा जिस्काइएको खण्डमा मात्र सर्पहरू ह्रि्रक बन्छन्। जाडो महिनामा यिनीहरू दुलोमा पस्दछन् र लगभग आठ महिनासम्म त्यही गुडुल्किएर बस्ने गर्छन्। लामो समयसम्म दुलोभित्र बस्ने क्रियालाई शीतन्रि्रा भनिन्छ। गर्मी महसुस भएपछि यिनीहरू दुलोबाट बाहिर निस्कन्छन्। यिनीहरूलाई यदाकदाबाहिर जोडी भएर हिड्दंै गरेको अवस्थामा देखिन्छन् भने कहिलेकाँही समूहमा पनि भेट्न सकिन्छ। सर्पको छाला अति सम्वेदशील हुन्छ। यिनीहरूका आँखाको दृष्टि दुलोमा बसेको बेला अन्य जीवको भन्दा निकै नै कम हुन्छ, बरु सुँघ्ने शक्ति भने राम्रो हुन्छ। यिनीहरूले सुँघेर नै आफ्नो आहाराको खोजी गर्दछन्। सर्पको बाहिरी झिल्ली पातालो हुन्छ, यो झिल्ली बेला, बखतमा फेरिने गर्दछ। यसलाई काँचुली फेर्र्नु भनिन्छ। सर्पले काँचुली एकान्त स्थलमै फेर्दछन्। सर्प सामान्यदेखि अत्यन्तै विषालुसम्म हुन्छन्।

धार्मिक दृष्टिकोण

हिन्दू संस्कृतिमा सर्पलाई नागको रुपमा पुज्ने गरिन्छ। श्रावण शुक्ल पञ्चमी तिथिमा घरघरका ढोकामा नागको तस्िवर टाँसेर नागपञ्चमी मनाउने गरिन्छ। अग्नि पुराणमा ८० प्रकारका नाग कुलको वर्णय गरिएको छ। यीमध्ये अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिक, ककोर्टक र शङ्खचुड नागको विशेष महत्व देखाइएको छ। धर्मशास्त्रमा नागलाई कतै पूर्ण मानवाकृति, कतै अर्ध सर्पाकृति वा कतै सर्पाकृतिका रुपमा रही आएका व्याख्या गरिएको छ। महाभारतको आदिपर्वमा नागलोकमा भएको एउटा पोखरीको जल पिउनाले हजार हात्तीसरह बल प्राप्त हुने बताइएको छ। धृतराष्ट पुुत्र दुयोर्धनले भीमसेनलाई छलकपट गरी विष भएको लड्डु खुवाएर पोखरीमा फालिदिएपछि अष्टनागका राजा वासुकीनागले भीमसेनलाई त्यही नागलोकको जलपान गराइदिए। यसैको परिणाम भीमसेन हात्तीबराबर बलिया भएका हुन भन्ने आहान छ। श्रीकृष्ण भगवानलाई मथुराबाट गोकुल ल्याउँदा नागले बाढी र वृष्टिबाट रक्षा गरेका थिए। घरघरका मुल द्वारमा नागको तस्िवर टाँस्दा एक वर्षसम्म सर्प, गरुडको भय नहुने, अनावृष्टि, चटयाङको बज्रपातन हुने, ठीक समयमा वर्षा हुने, धन्यधान्य बृद्धिका साथै निरोगीसमेत रहने विश्वास गरिन्छ। भगवान विष्णुको शैया शेष नागको रहेको छ। देवता-दैत्यद्वारा गरिएको समुद्र मन्थनमा साधनको रुप बनेर वासुकीनागले जनहितका लागि निकै ठूलो काम गरेका थिए। त्यसरी कृष्णले यमुनालाई कालीनागबाट मुक्त र शुद्ध गरिएका प्रसङ्गहरू पनि पाइन्छन्। इसाइ धर्ममा सर्पलाई सैतानको रुपमा लिइएको छ। मिश्र सभ्यतामा मिश्रबासीहरूले सर्पलाईर्र् इश्वरको रुपमा पूजा गर्दछन्। ग्रीसवासीहरूले सामर्थ्यका प्रतिकका रुपमा सर्पलाई लिएका छन्।

सांस्कृतिक दृष्टिकोण

सर्पलाई पुज्ने, गहनाको रुपमा घाँटीमा लगाउने, दूध चढाउने जस्ता प्रचलन हिन्दू संस्कृतिमा देखिन्छ । द्वँपर युगमा नागको निकै नै बोलाबोला थियो। कृष्णलाई मथुराबाट ल्याउँदा घनघोर वर्षा, बज्रपात हुँदा नागले बचाए। यही किवंदन्तीलाई आधार मानेर हाल कलियुगका मानिसले नागलाई घरघरमा टाँसेर सम्मान दिएका छन्। त्यसरी नै राजा नरेन्द्रदेवको पालामा महायोगी गोरखनाथले काठमाडौं उपत्यकाका नौ वटा नाकामा नागलाई आसन दिएर १२ वर्षसम्म तपस्या गरे। त्यस समयमा नागलाई बन्धकका रुपमा राखिएको हुँदा वर्षा भएन। पछि गोरखनाथका गुरु मत्स्येन्द्रनाथले सबै नागलाई मुक्त गरिदिए। त्यसपछि वर्षा हुन थाल्यो। त्यसैले नागलाई वर्षा गराउने र रोक्ने भगवानका रुपमा पुज्ने संस्कृतिको अभ्यास भएको हो। हजारौं वर्ष पहिले एक किसानले खनजोत गर्दा भूलवश तीन वटा सर्पका बच्चा मर्न गए। आहार खोज्न गएकी नागिनीले यस्तो विपद् देखेपछि तिनै किसानको घरमा गएर श्रीमती, किसानलाई मारिदिइँन्। छोरीलाई मार्न खोज्दा उनले हत्तपत्त कचौरामा गाईको दूध राखिदिइँन्। यस्तो कार्यले नागिनी खुसी भई बरदान माग्न भनिन्। छोरीले बाबुआमा बचाइदिनू र कसैलाई पनि नटोक्नू भनेर बर मागिन्। यो घटना नागपञ्चमीमा घटेको हुनाले त्यसै तिथिमा नागलाई दूध चढाएर पर्व मनाइने गरिन्छ र यसैलाई नागपञ्चमी भनिएको हो। त्यसैले नागपञ्चमीमा कुनै पनि सर्पले कसैलाई पनि टोक्दैनन् भन्ने भनाइ पनि रहेको छ। सँपेराहरूले सर्पलाई नचाएर अथोर्पार्जन गर्ने गर्दछन्। भारत, मलेसियाजस्ता देशमा सर्प पार्क नै बनाइएका छन्। मनोरञ्जनलाई लिएर पर्यटन विकासका आधारलाई टेवा दिएका छन्। चिनियाँ क्यालेन्डरमा वर्षको नामाकरण सर्पको नामबाट पनि गरिएको पाइन्छ।

पर्यावरणीय दृष्टिकोण

सर्प पर्यावरणको एक अभिन्न अंग हो। पर्यावरणविद् गिबोसले भनेका छन्, सर्पहरू स्वच्छ वातावरणका प्रतिक हुन्। यिनीहरू स्वयम्इकोसिस्टमका महत्त्वपूर्ण पूरक तत्व हुन् साथै शिकारी र अर्काका लागि आहारा दुवै हुन्। जस्तो कि मुसालाई यिनीहरूले खाइदिन्छन् र यिनीहरूलाई बाज, न्याउरीमुसा, गरुड आदिले खाइदिन्छन्। हाम्रो धानखेतमा धान खाएर नोक्सान गरिदिने मुसा र किरा नियन्त्रणमा सर्पको भूमिका प्रभावकारी छ। यी खाद्य शृङ्खलाका एक सदस्य हुन्। मुसा र कीरा नियन्त्रणमा रासायनिक औषधी हालेर पनि नियन्त्रण त गर्न सकिएला तर यो विधिवातावरण मैत्री हुँदैन। सर्पबाट मुसा र कीरा नियन्त्रण गर्ने विधि सजिलो, भरपदो, कम खर्चिलो र प्राकृतिक उपाय पनि हो। त्यसैले अन्नबालीको उब्जनी बढाउन सर्प खेतबारीमा हुनु आवश्यक हुन्छ। सर्पको लोप भएमा मुसा, छेपारा जस्ता जीव संख्यात्मक रुपले बढ्छन्, साथसाथै सर्पमा निर्भर रहने पंक्षीको संख्या घट्न जान्छ। अन्तमा खाद्य शृङ्खला गम्भीर रुपले असर पर्न जान्छ। तसर्थ वातारणीय अवस्था सन्तुलन राख्न सर्पको ठूलो भूमिका रहँदै आएको छ। नागपञ्चमीमा कुवा, पधेँरा, इनार आदि पानीका स्रोतमा नागपूजा गर्ने प्रचलन पनि छ। पानीका मुहान सदा स्वच्छ हुनुपर्छ भन्ने मान्यता प्रदूषित हुनबाट बचाउने एक उपाय पनि हो। धार्मिक विश्वास अनुसार नागस्थानवरपर रुखहरू काट्न हुन्न भन्ने पनि वातावरण संरक्षणको अको पाटो हो। हाम्रा ऋषिमुनिहरुहरूले नागपूजाको प्रचलन चलाएर वातावरण जोगाउन निकै सहयोग गरेका छन्। खेत, जंगल, चिसोभूमि, तालतलैया, पोखरी चट्टान, खाली जमिन, निर्माणाधीन भवन आदि स्थानमा सर्पहरू बस्ने गर्दछन्। यिनीहरू दुलोमा बसे पनि आफूले दुलो भने बनाउँदैनन्। सर्पको शारीरिक तापक्रम मानिसको जस्तो जाडो या गर्मी क्षेत्र जहाँ रहे पनि बराबर रहने खालको हुँदैन। वर्षायाम सर्पका लागि उपयुक्त समय हो किनकि यस समयमा कीरा, भ्यागुताजस्ता खानेकुरा प्रशस्त मात्रामा पाउँछन्।

ज्योतिषीय दृष्टिकोण

करण ११ वटा हुन्छन्। यसमध्ये नाग करण पनि एक हो। नाग करणमा जन्मेको व्यक्ति कुलद्रोही वा देशद्रोही हुन्छ। मेदिनी ज्योतिषशास्त्र अनुसार मौसम परिवर्तनदेखि लिएर सम्पूर्ण शुभाशुभ घटना आकाशीय पिण्डको आधारमा हुने गर्दछन्। अनावृष्टि, अतिवृष्टि, महँगी, कृषिबाली उत्पादन घटिबढीको भविष्यवाणी १२ वटा नाग (सुनुघ्न, नन्दसारी, ककोर्टक, पृथुश्रव, वासुकी, तक्षक, कम्बल, अश्वतर, हेममाली, नरेन्द्र, बज्रदष्ट र वुष) मध्ये कुन वर्ष कुन नागको पालो परेको छ सोको आधारमा हुन्छ। गृहारम्भ गर्दामा पनि नागको शिर कुन दिशामा परेको छ, सो अनुसार हेरेर पूजा गरेपछिमात्र जग राख्ने कार्य गरिन्छ। यस अनुसार भाद्र, आश्विन महिनामा पूर्व, मंसिर, पुस र माघमा दक्षिण, फागुन, चैत र वैशाख महिनामा पश्चिम त्यस्तै जेठ, असार र साउन महिनानागको शिर उत्तर दिशामा हुन्छ भन्ने मान्यता छ। यसैगरी कालसर्प योग पनि जुन व्यक्तिको कुण्डलीमा परेको छ, त्यो व्यक्तिको जीवन संर्घष्ाशील हुन्छ भनिएको छ। यस्ता व्यक्तिले नागपञ्चमीकै दिन नागको लकेट बनाइ विधिविधान अनुसार धारण गर्नुपर्ने ज्योतिषशास्त्रले बताएको छ।

समग्रमा भन्दा सर्प हानिकारकमात्र छैनन्। अप्रत्यक्ष रुपमा धेरै फाइदाजनक पनि छन्। धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा ज्योतिषीय दृष्टिमा यसको महत्व बुझ्न, बुझाउन जरुरी छ। त्यसैले सर्प देख्नासाथ हामी आफै हिंस्रक बन्नु भन्दा ती अबोध प्राणी कत्तिको उपयोगी छन् , आफू पनि बुझौं र अरुलाई पनि बुझाऔं।

Related News

सम्बन्धित समाचार

hero news full width