विकृतिमाझ प्रहरी सेवा

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७०

कुनै पनि मुलुकको शान्ति सुरक्षाको बागडोर सम्हाल्ने प्रमुख निकाय भनेको प्रहरी हो। जहाँ प्रहरी त्यहाँ स्वतन्त्र र सार्वभौम राष्ट्रको परिकल्पना सार्थक रहन्छ। हो नेपाल प्रहरी राष्ट्रका सच्चा पहरेदार हुन्। प्रहरीको भूमिकाबिना कुनै पनि मुलुकमा शान्ति र सद्भावको कल्पना गर्न समेत गाह्रो पर्ने हुन्छ। सामाजिक सद्भाव बिथोलिन नदिन नेपाल प्रहरीको भूमिकालाई कमजोरमान्न मिल्दैन। प्रहरी शब्दले हरेक अपराधीको मुटु चस्काइदिन्छ भने निदोर्ष आमजनताको लागि शान्ति र सहिष्णुतामैत्री वातावरणको सास फेर्न सहजता निर्माण गरिदिन्छ। जसरी मानिस हावाबिना एकछिन पनि पानीबिनाको माछाजस्तै हुन्छ, त्यसैगरि मुलुकभित्र आमप्रहरीको शून्यता वा निस्िक्रय भूमिकामा जनताको अवस्था पनि त्यस्तै पीडादायक हुन्छ। आज नेपाल प्रहरीमा आन्तरिक एवं बाहृय दुवै तर्फबाट विकृतिका स्वरहरू गुञ्जिइरहेका छन्। प्रस·मा उल्लेख गर्नुपर्दा नेपाल प्रहरीमा सेवा प्रवेशको अवधिदेखि नै कार्य अवधिको समयमा सेन्टि्रको रूपमा इलाकामा ड्यूटीमा खटाउने अवधिमा समेत आफन्तलाई राहत अन्यलाई आहत दिलाउन खोज्ने प्रवृत्ति व्याप्त  छ। रासनको सबालमा भन्ने हो भने राज्यले सन्तुलित मापदण्डअनुरूप उपलब्ध गराउनुपर्ने खानामा समेत कोटमास्टरले कार्यालय प्रमुखको निर्देशनमा भाग कटौती गर्ने प्रवृत्तिले तल्लो तहका सडकमा खटिने सिपाहीहरू ठूलो मारमा परेको अवस्था छ। यस्ता विकृतिलाई समयमै निरुत्साहन गर्न प्रहरी सङ्गठनमा नेतृत्वबाट निष्पक्षताको कदम चालिनु नै श्रेयष्कर हुन्छ। हो निष्पक्षताले मात्र नेपाल प्रहरीमा नयाँपनको अपेक्षागर्न सकिन्छ। जसका कारण सङ्गठनका हरेक संयन्त्रहरू समेत मजबुत हुने र मुलुकले गरेको राष्ट्रिय शान्तिको अपेक्षा पूरा हुने पक्का छ। कम साक्षर व्यक्तिहरूलाई प्रहरी सेवामा प्रवेश गराउँदा सबै स्तरका जनतासँग सहजीकरण गर्न नसकी मौन रहनुपर्ने अवस्थाले समेत नागरिकको नजरमा कमजोर प्रहरी भन्ने सोचले जरा गाडेको छ। प्रहरीमा बौद्धिक एवं शारीरिक रूपमा सक्षमता वृद्धि गरि नागरिकको हरेक अप्ठ्यारोमा काँध थाप्ने खालको जनशक्तिको अवधारणा विकास गर्नु अहिलेको आवश्यकता हो। हो समयले सिकायको सभ्यतालाई निरन्तरता दिन प्रहरीको भूमिकालाई प्राथमिकताको रूपमा लिन सकिन्छ। जसकाकारण नयाँ समाजको अवधारणाको विकास भइ मुलुकलाई सुनौलो संसारमा प्रवेश गराउन समेत दह्रो भूमिका खेल्दछ। पछिल्ला दिनमा प्रहरी छनौट प्रक्रियामा देखिएको समावेशी अवधारणाले योग्य र उत्तमहरू बाईबाई आरक्षणलाई हाईहाई प्रवृत्तिले प्रहरी स·ठनमा केही कमजोरको वातावरण बनाएको  पक्कै हुनुपर्दछ। तैपनि विभिन्न समुदायबाट प्रहरी सङ्गठनमा प्रवेश गरेकाहरूमा भएको विभिन्न सोच, सीप र शैलीलाई विकास गरि उनीहरूको सीपमा निखारता ल्याउन प्रहरी सङ्गठनले आवश्यक सहयोग गर्नु आवश्यक हुन्छ। जसबाट प्रहरीभित्र रहेको विभिन्न खालको प्रतिभा मौलाउने एवं योग्यलाई इनामको वातावरण तयार गर्न सम्भव देखिन्छ। तर प्रहरी स·ठनको छवि धुमिल्याउनेलाई आवश्यक कारबाहीको उपचार गर्न समेत सम्भव हुन्छ। नेपाल प्रहरीले बर्दीबिनाका प्रहरीसँग सोझो सहकार्य गर्नु आवश्यक छ।

समाजमा विभिन्न वर्गका व्यक्तिहरू हुनु अस्वभाविक होइन। तर कोही धनी कोही गरिब एवं कोही इमानी त कोही अपराधी हुने गर्दछ। झल्याक्क हेर्दा सबै उस्तै देखिए तापनि उँच र नीच सोचका कारण कोही इमान र कोही बेइमान जन्मने पक्का रहन्छ। अपराध घटाएर भाग्ने प्रवृत्तिले पुनः भगौडा अपराधी पत्ता लगाउन निकै गाह्रो पर्ने प्रवृत्ति व्याप्त छ। जसरी पनि अपराधी पत्ता लगाइदिन दिएको समाजको दबाबले अनुसन्धानमा परिपक्वता पाउन नसक्दा वा फितलो अनुसन्धानले निदोर्ष व्यक्ति अपराधको सजायँ भोग्न बाध्य हुने अवस्था आउन सक्छ। एउटा भनाइ छ, सयौँ अपराधी छुटून्, निदोर्ष एक जना पनि सजायँको भागीनबनोस्। हो, नेपाल प्रहरीमा अब्बल अनुसन्धानकर्ताको आवश्यकता खड्किएको छ। अनुसन्धानमैत्री अब्बल सीपको अभावमा सामाजिक अपराधहरू मौलाउँदै जानुले समाजमानयाँखालको अस्थिरता पैदा गराएको छ। प्रहरीले आफ्नो मूलमन्त्रलाई पनि बिर्सनु हुँदैन। कर्म नै धर्म हो भन्ने सोचको प्रभावले हरेक प्रहरीलाई छोएको हुनुपर्दछ। सलोट खाने र सान झार्ने प्रवृत्ति मोटिँदै जानुले प्रहरीमा बुद्धि हराएको पाउन सकिन्छ।हो कतिपय प्रहरीमा मुखपना र मोटो बुद्धिले गर्दा कार्यमा प्रभावकारिता र शीघ्रताप्रति प्रश्नचिन्ह खडा भएको छ।

आजको आवश्यकता भनेको सबै प्रकारको शान्ति सद्भाव प्रहरीबाट आशा गर्नु अर्थहीन र अपूरो हुन्छ।प्रहरी समाजमा शान्ति र सद्भाव कायम गराउने मुख्य र महत्त्वपूर्ण वर्ग हो तर त्यसको साथमा समाजका विभिन्न समुदायले समेत आफ्नो भूमिकाको खोजी गर्न जान्नु पर्दछ।  दिगो शान्ति र स्थायी समृद्धिको अपेक्षाप्रति समाजका सबै वर्गले आफ्नो रोल मोडल के हो भनी खोज्न जिज्ञासु हुनुपर्दछ। प्रहरीको गतिविध्रि्रति आमजनता सचेत हुनुपर्दछ भने आमजनताको व्यवहारप्रति सिङ्गो प्रहरी स·ठन सचेत र सतर्क भइ लाग्नुपर्दछ।न्यून लगानीमा अधिक उपलब्धिको खोजी गर्दै मितव्ययी शान्तिपूर्ण वातावरण र सभ्य समाजको परिकल्पनामा अगाडि बढ्नुपर्दछ। प्रहरीमा सभ्यता, शिष्ठता कायम गराउने कुरा आफ्नो ठाउँमा छँदैछ। तर मानवले मानवलाई गर्ने व्यवहार मानवमैत्री नै हुनुपर्नेमा यो या त्यो बहानामा माथिल्लोले तल्ला प्रहरीलाई अनावश्यक पीडा दण्ड दिने प्रवृत्तिको शैलीमा केही सुधार गरेर लैजानुपर्ने कुरा त्यतिकै आवश्यक छ।

अन्त्यमा प्रहरी सङ्गठन राष्ट्रको गहनाको रूपमा थप विकसित भइ अगाडि बढ्नुपर्दछ। अपराध आफैमा क्षम्य नहुने हुँदा यसप्रति प्रहरी सदैव चनाखो र सचेत हुनुपर्दछ। हो प्रहरीमा बचेखुचेको विकृतिलाई जरैदेखि उखेलेर फाल्दै नयाँ एवं समुन्नत समाजको निर्माण गर्ने दिशामा नेपाल प्रहरीको यात्रा अनन्त एवं अविरल रूपमा अगाडि बढ्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै