रामदेव गुरुको सानिध्यतामा योग

आदर्श समाज सम्वाददाता
भाद्र ९, २०७०

२०६४ सालबाट पोखरामा पूर्वअध्यक्ष शिव मल्लको अध्यक्षतामा पंतजलि योग प्रशिक्षण सुरु भएको हो। जसबाट धेरै पोखरेली दाजुभाइ, दिदीबहिनी योगको प्रशिक्षणमा भाग लिई यसबाट लाभान्वित भएका छन्। हाल पोखरामा कास्की पतंजलि योग समितिका अध्यक्ष दीपक सिग्देलको अध्यक्षतामा विभिन्न टोल गाउँ र सहर हुँदै यसले वृहत् रूप लिइसकेको छ। कास्की पतंजलि योग समितिका संस्थापक माहामन्त्री तर हालको अञ्चल प्रभारी राजु सुवेदी भन्नुहुन्छ-‘योग नै आत्मा मन, वचन, कर्मलाई शुद्ध बनाउने सफलमार्ग हो। योगबिनाको जीवन भोग र विलासी भई रोगको अखडा बन्नेछ।’

परापूर्वकालदेखि हाम्रा ऋषिमुनि, तपश्वी, साधु, सन्त गुरुहरूले अपनाउनुभएको यो विधि जीवन जिउने वास्तविक कला हो। हरेक मानवजीवनको अपरिहार्यता योग जसले मानिसमा नकारात्मक सोच हटाएर सकरात्मक सोच विकास गर्दछ। मन, मष्तिष्क, शरीर र आत्माको पवित्रतालाई बचाइराख्छ। योग जोड्नु हो। आजको यो भाग दौड जिन्दगीमा सबैसँग सुमधुर सम्बन्ध कायम गराउने एउटा अति उत्तम उपाय नै योग हो। मानिसको कठोर सङ्र्घष्ामय जीवनलाई सहज र रचनात्मक बनाउन योगको शरण नै सर्वश्रेष्ठ बाटो हो। मानिसलाई लाग्ने अधिकांश रोग योगकै माध्यमबाट निर्मूल हुन सक्ने विषयप्रति ध्यान आकषिर्त गराउँदै संसारका हरेक मानवहरूमा योगको शिक्षा प्रदान गर्नुभएको योग गुरु स्वामी रामदेवजीको अष्टाङ्ग प्रणायमबाट आज हजारौ मानिस रोगमुक्त भइरहेको देखिन्छ। हुन त नेपालमा पनि योगको प्रशिक्षण डा. विकाशानन्दज्यू लगायत धेरै गुरुहरूबाट प्रशिक्षण भइरहेको छ।   तथापि पतंजलि योगप्रतिको आकर्षण नेपालमा ज्यादै देखिनुको पछाडि कारण के हो भन्नेबारे राधाकृष्ण योग केन्द्रका प्रमुख प्रशिक्षक लक्ष्मण गुरुले योग नेपालमा विभिन्न तरहले सञ्चालित भएका छन् भन्नुहुन्छ। उहाँले कतै रेकीको नामबाट त कतै अन्य नामबाट तर मात्र पतंजलि योग यस्तो योग छ जसले निःशुल्क सिक र सिकाउ भनेको हुनाले यसप्रति सबैको आकर्षण भएको हुन सक्छ। स्वामीज्यूबाट प्रतिपादित अष्टाङ्ग प्राणायामले प्रत्यक्ष र तत्काल फाइदा भइरहेको छ।

अल्छी नगरी यसको नियम पालना गरे शारीरिक र मानसिकरूपमा मानिस स्वस्थ भई लामो आयु बाँच्न सक्छ। स्वामी रामदेवज्यूको वाणीबाट सबैले सुनिरहेका छन्, यो शरीरको निःशुल्क औषधि पनि हो। करिब सात वर्षयताबाट पोखरामा हरेक घरघरमा टिभिमा आस्था च्यानलबाट स्वामी रामदेवज्यूको अनुशरण गरी निरोगी भएका अनगिन्ती मानिस आज रामदेवजीको परमभक्त भएका छन्। महिलाहरू जसलाई घरको कामले फुर्सद हुँदैन भनिरहेको अवस्थामा पनि के घर के योग केन्द्र अनगिन्ती महिलाहरू योग गर्न थालेका छन्। योगमा महिलाको सहभागिता र महत्त्वलाई बुझेर महिला पंतजलि योग समिति पनि गठन भएको छ। महिला किन यसरी योग गर्न इन्छुक भएका होलान् भन्ने जिज्ञासाको जवाफमा योग प्रशिक्षक शान्ति राजभण्डारी भन्नुहुन्छ-‘महिलाहरू पुरुषको तुलनामा बढी आध्यात्मिक हुन रुचाउँछन् र योगले आत्माको बोध गराउँछ वा आत्मसात पनि गराउँछ। मनलाई एकाग्र गराउने उर्जा प्रदान गर्ने योग नै भएको हुँदा र अहिले महिलाहरू  आफ्नो स्वास्थ्यको बारेमा सचेत भएको कारणले पनि योगप्रति समर्पित भएका हुन्।’ पंतजलि योग समिति कास्कीका अध्यक्ष दीपक सिग्देल र महिला योग समितिका अध्यक्ष विन्द्रा गुरुङको नेतृत्वमा पोखरा र वरपरका धेरै जिल्लामा योग प्रशिक्षण तथा शिविर पनि सम्पन्न भइसकेको छ। सञ्चारकर्मी रवीन गुरुङको नेतृत्वमा पोखरा नै तताउने गरी परम आदरणीय गुरु स्वामी रामदेवज्यूको स्वागत भव्यरूपमा भएको घटना स्मरणीय छ। स्वामीलाई आप\mनै थलोमा ल्याएर योगसम्बन्धी शिक्षा लिन चाहे तापनि त्यो इच्छा त्यति सहज हुन नसक्ने आयोजकको भनाइ छ। यद्यपि के बालक, युवा, वृद्धवृद्धाको चाहना योगको साधना भएको हुँदा यसलाई अझ देशव्यापी बनाउनुपर्छ भन्ने मान्यताका साथ देशका सजगसचेत विज्ञ, विद्वान व्यक्तिहरू पनि यसमा सक्रिय भएको पाइन्छ।

निःशुल्क गराइने योग प्रशिक्षणलाई अझ प्रभावकारी र नियम-पालनाका साथ लागू गर्न-गराउन गुरुकुल पद्धतिअनुसार समय-समयमा स्वामीज्यूकै समसाथमा योग गर्न लालयित साधकहरू समय-समयमा हरिद्वार पंतजलि योगपिठमा हरेक वर्ष पुगेर उहाँको निर्देशन पालना गर्न रुचाउँछन्।

यसैक्रममा गत साउन १४ गते कास्कीबाट एक सय २५ जना साधक हरिद्वार पंतजलितर्फ बसको लामो यात्रा तय गरी स्वामीको दर्शन र अमृतवाणी सुन्न बाटो लागेका थिए। दुर्इदिन दुर्इ रातको पट्यारलाग्दो यात्रा पनि बसभित्रका साधकको सहयोगी वातावरणले थाहै नपाई सम्पन्न भएको थियो। कही कतै हृदयमा लुकेका अज्ञानताहरू झल्किन्छ कि भन्ने पनि त्यहाँ डर देखिन्थ्यो। सबै मानव हितकारी पे्ररित साथीहरूको रमाइलो गीत, भजन र नृत्यले बसको यात्रा अति स्मरणीय बन्न पुग्यो। हरिद्वारको चको घाममा गुरुसँगको मिलन र आचार्य श्री बालकृष्णज्यूको जन्मोत्सव र जडीबुटी दिवसलाई भव्यताका साथ मनाउन पुगेका नेपालभरिकै करिब छ हजार नेपालीको घुइँचोले हरिद्वारमा बोलबमको घुइँचो अझ बढाएको देखिन्थ्यो। जताततै गेरुवस्त्र धारण गरेका बोलबम भक्तजनसँग निकै बाटो काट्दा कठिनता सामना गर्नु परे तापनि हरेक बिहान गुरुको सानिध्यमा रहेर योग साधनाबाट मन हरपल रमाइरहन्थ्यो। त्यहीक्रममा देशको सिमानामा पुग्दाको अवस्था भने पीडादायी नै रहयो। हाम्रो  भौगोलिक सिमाना शारदा व्यारेजको स्थिति देख्दा नेपाली मन एकपटक नदुखेको भने होइन।

योग शिक्षकहरूको प्रशिक्षण हेतु आयोजित यस शिविरमा विभिन्न जिल्ला र ठाउँका साथीहरूसँगै योग गर्ने अवसर सकारात्मक रह्यो। यद्यपि त्यही प्रशिक्षण नेपालमा गर्न पाए कस्तो हुन्थ्यो भन्ने जिज्ञासामा आचार्य बालकृणज्यूले अब नेपालमा पनि प्रत्येक वर्ष स्वामी रामदेवबाटै योग प्रशिक्षण गराउने घोषणा गर्नुभएको छ। साउन २० गते हरिद्वार पंतजलिमा आचार्य बालकृष्णज्यूको जन्म दिवस र जडीबुटी दिवसको उपलक्ष्यमा आमा बाबाविहीन बालबालिका र साधुसन्तलाई भोजनको व्यवस्था पनि भएको थियो भने योग कक्षमा नै साधकको माझमा होम लगाइएको थियो। सो पूजामा हाम्रै नेपालकी छोरी चलचित्रकी नायिका मनिषा कोइरालाको विचार सुन्न नपाए पनि उनको स्वस्थताको समाचार सँगै उपस्थिति रहँदा सहभागी नेपालीहरू उत्साहित थिए।

‘अन्न भगवान हो यसको दुरूपयोग नगरौ’ भन्ने कडा निर्देशनबाट  पतंजलिमा खाना खानेहरूको भने निकै सर्तर्कता देखिन्थ्यो। मानसिक र शारीरिकरूपमा स्वस्थ समाजको आवश्यकतालाई विश्वभरिकै मानव हितकारीसिद्ध बनाउन अभियान गरिरहेका स्वामी रामदेवजीको सरल मिजास र हसिलो व्यवहार हरेक साधकका लागि अति प्रिय बनेको छ। कसैको वर्णजात र देशको  कारणले नभै मानिसको विचार र व्यवहारको कारणले आफ्नो लाग्दो रहेछ। आफ्नो त्यो हुन्छ, जसले अरुको भावनाको सम्मान गर्छ।

विभिन्न रमाइलो साङ्गीतिक कार्यक्रमबाट मनोरञ्जन गरी साधकहरूलाई माया बाँडिरहेका स्वामीज्यू हरेक बिहान ५ बजे योग प्रशिक्षण हलमा आएर मानवाद समाजवाद र स्वास्थ्य जस्ता सवालमा उद्घोष र योग प्रशिक्षण गराउनु हुँदा सबै घरपरिवारका व्यवधान भुलिन्थ्यो। कार्यक्रमको समापनको दिन सबै साधकको इच्छा बुझेर मञ्चबाट साधक भएकै स्थानमा आइ आफ्नो दर्शन दिनुभएका स्वामी रामदेवको चरण स्र्पर्शका लागि सबै लाम लागेर यथास्थानमा अनुशासित भइ बसेको देख्दा साँच्चै गुरु पद्दति ज्यादै प्रभावकारी भएको बुझिन्छ।

सबैको चित बुझाएर मन राखेर हास्ने र हँसाउने स्वामी रामदेवजीको योगक्रन्तिले सारा विश्वका मानव जातिमा भाइचाराको भाव फैलिनु पर्छ। तर हरेक उद्देश्यको पछाडि कर्ता कस्ता छन् भन्ने विषय गहन रहन्छ। आफ्नो पुरानो संस्कार हटाउन असमर्थ व्यक्तिहरूबाट एउटा साँचो विश्व कल्याणकारी भावना साकार हुन सक्ने छैन।

स्वाभिमान र अभिमानलाई छुट्याउन नसक्ने प्रशिक्षकलाई छिटोभन्दा छिटो गुरुबाट विशेष प्रशिक्षण हुनुपर्ने कुरामा सहभागीको चासो बढेको देखिन्छ।

यो वर्षको हरिद्वार पतंजलि पीठको नेपालीहरूको भेलामा शम्भुप्रसाद दाहालको अध्यक्षतामा नौ जनाको केन्द्रीय कारिकारिणी समिति गठन भएको छ। साथै  नवनिर्वाचित अध्यक्ष दाहालबाट पतजंलि योग केन्द्र हरिद्वारलाई सहयोगस्वरूप एक करोड नगद र एउटा गाडी सहयोग गर्ने घोषणा भएको थियो। स·ठन चुस्त दुरुस्त बनाउन नयाँ संरचना गरिएको सहभागीको भनाइ पनि रहेको छ।

योगबाट म स्वास्थ्य भएँ। मेरो घुँडा दुख्ने रोग च्वाट्ट निको भयो। यस्तो लाभकारी अभ्यासलाई हरेक मानव समुदायमा नियमित प्रयोग गरिनुपर्छ तर यस्तो महत्त्वपूर्ण विषयमा नेतृत्व गर्नेहरूसक्षम हुन जरूरी छ। यसको साथै मेहनती योग प्रशिक्षकहरूको सम्मान पनि हुन जरूरी छ तब मात्र संस्था सुव्यवस्थित हुनेछ।

सां’च्चै नै व्यवस्थापनमा धेरै कठिनाइहरू देखिन्छ तर गुरु पद्धतीबाट सञ्चालित पतंजलि योग समितिहरूमा अब अझ के कस्ता प्रगति हुन सक्छ, सबैको ध्यान केन्द्रित रहेका छन्। कति दानी र परोपकारी छन्, हाम्रा नेपालीहरू त्यसमा महिला अझै पहिला नै देखिन्छ। गुरुको आज्ञालाई शिरोपर गर्दै सहभागीले नगद दान गर्न पनि पछि हटेनन्। त्यसमा महिला पतजंलि योग समिति कास्कीबाट रु. २३ हजार, आजीवन सदस्य रघुपति लम्सालबाट एक लाख साठी हजार पाँच सय ५५, गण्डकी अन्चल महिला प्रभारी मैयादेवी लम्सालबाट रु. दुर्इ लाख, कास्की योग पंतजलि समितिबाट ४३ हजार तीन सय ३३ भारु दानस्वरूप प्रदान गरेका थिए। दानवीरको त्यहाँ पनि कमी देखिएन।

आध्यात्मिक भावबाट ओतप्रोत योगले व्यक्तिमा दया, करुणा र सहयोगका भावहरू जन्मिएको स्पष्ट देखिन्छ। रोग व्याधीले ग्रस्त व्यक्तिमात्र नभइ निरोगी व्यक्ति पनि योग गर्दा सकारात्मक सोचको प्रादूभाव भइ अरुका लागि उदाहरणीय कार्य गर्न उत्साहित रहने छन्। हाल पोखरामा योग केन्द्र धेरै स्थापित भइरहेको छ।

कास्कीका अध्यक्ष दीपक सिग्देलले आजसम्म पोखरामा मात्र करिब ३७ सय जना साधकले योग प्रशिक्षण लिइसकेको जनाउनुहुन्छ। त्यसमा पनि धेरै क्यान्सर ब्लडप्रेसर, सुगर, दम बाथजस्ता रोगीले स्वास्थय लाभ गरिसकेका छन्। योग नै हरेक रोगीका लागि पहिलो उपचार विधि हो। त्यसमा यदि आवश्यक परे आयुवेदिक औषधि पनि सेवन गरि अशक्त रोगलाई निर्मूल गर्न सकिन्छ। वास्तवमा कुनै रोगबाट ग्रस्त व्यक्तिहरूले लाभपश्चात मात्र योगलाई विश्वास गरिएको पनि पाइएको छ। तर रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हो। त्यस अर्थमा पनि योग प्रणायामलाई सबै घरघरमा जन-जनमा सन्देश पुर्‍याउन हरेक बिहान आस्था च्यानल हेर्ने बानी बसालौं। अध्यक्ष सिग्देलबाट पोखराको गोर्खाली रेडियोमा सञ्चालित बिहानी कार्यक्रम सुन्न नभुलांै। किनकि स्वास्थ्य छ नै धनको अर्थ छ।

स्वस्थबिनाको जीवन निर्रर्थक छ। हाम्रो थोरै प्रयासले स्वामी रामदेवजीको मानव कल्याणकारी अभियान स्वस्थ संसारको कल्पना साकार हुनेछ। अझ देशका राजनीतिकर्मीले योग गरी स्वस्थ मनोभावनाको साथ सबल समृद्ध नयाँ नेपाल बनाउन अघि बढौं। किनकि योगबाट नै त्यागको भावना जागृत हुन सक्छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै