बिहानको ८ बजिसक्यो, कति बेरसम्म सुतेकी, छिटो उठ छोरी, मान्छे भएर यस्तो अबेरसम्म सुत्नु राम्रो होइन। आमा कराउँदै ढोका ढकढक गर्नुहुन्छ। रातलाई छिचोलेर बिहान किन हुन्छ , आखा मिच्दै ढोका खोल्छु। आमाले थप्नुहुन्छ : यो केटीले के गरेर खालि, बिहे गर्ने उमेर भैसक्यो अझै ८ बजेसम्म सुत्छे। भोलिपर्सि सासूले झगल्टा रिङ्गाउदा चेत पाउँछे। अहिलेदेखि छिटो उठने बानी गरभन्दा कानमा तेल हारेर बस्छे। पढाइबाहेका अरु केही कामको ढंग छैन। भर्खर निन्द्रबाट बिउझिएकाले केही बोल्ने साहस नै थिएन। कहिलेकाँही दुर्इचार शब्दले गाली गर्नु बाबाआमाको अधिकार हो जस्तो लाग्यो। जन्माउनुभयो, हुर्काउनुभयो, आफूले खान मन लागेको गाँससमेत नखाइ मेरो पालनपोषण गर्नुभयो। आफ्ना सन्तानका आवश्यकतालाई साकार पार्न स्वदेशमा मात्र नभएर बिदेश जानै पर्ने अवस्थासमेत आयो।
आमाले बोल्न छाडनुभएन : छोरी मान्छे भएर बिहानै उठने, चोखोपानी राख्ने, पूजापाठ गर्ने काम पो गर्नुपर्छ। त्यसमै बाबाले साथ दिनुहन्छ। के काम गर्थी यसले, अस्तिको बिदामा गाउँ जाँदा गोबर फाल छोरी भनेको त हातमा प्लाष्टिक लगाएर फाल्न थालेकी थिइ। हाम्रो पालामा फाटेको चप्पल लगाएर विद्यालय जानु पर्दथ्यो। आजकलका केटाकेटी धेरै सुविधा पाएर बिग्रेका…।
के साँच्चै अहिलेको युवा पुस्ता धेरै सुविधा पाएर बिग्रेका हुन त ? आज घरदेखि टाढा छु, बिहान छिटो उठाउने पनि कोही छैन र १० बजेसम्म सुत्दासमेत किन यत्रो अबेरसम्म सुतेकी भन्ने पनि कोही छैन। विगतका गाली सुन्दा पनि रमाइलै लाग्छ र अझै पनि कोही आएर गाली गर्दियोस् जस्तो लाग्छ। नराम्रो काम गर्दा तिमीले गर्न लागेको काम गलत छ भने हुन्थ्यो जस्तो लाग्छ र राम्रो काम गर्दा ठीक छ अगाडि बढ भनेर हौसला प्रदान गरिदिए हुन्थ्यो जस्तो लाग्छ।
अहिलेको जमानामा धेरै युवा पुस्ताको हातहातमा मोबाइल फोन छ, इन्टरनेटको पहुँच छ। धेरै ज्ञानगुनका कुरा उनीहरू त्यहीबाट प्राप्त गर्न सक्छन्। आफ्नो छुट्टै दुनियाँ बसाउन मन लाग्छ। प्रायः होटलका कुनाकप्चामा बसेर चुरोटको धुवासँगै आफ्ना जीवनका रङ्ग उडाइरहेका हुन्छन्। अबेरसम्म सुत्दा गाली गर्ने मेरी आमालाई यसरी केटाकेटी मिलेर चुरोट तानेको देख्दा कस्तो लाग्दो हो – आफ्नो पालामा बिहे भएको दुर्इ महिनापछि मात्र बाबासँग बोलचाल भएको अवस्थामा अहिलेको युवा पुस्ता अङ्गालो हाल्दै हिड्दा कस्तो लाग्दा हो – सिनेमाको सिनजस्तो माइक्रो बसको अघिल्लो सिटमा बस्दासमेत चटक देखाउन नछोडने जोडी देख्दा, देखावटी माया कतिन्जेल टिक्छ जस्तो लाग्छ। दिवास्वपनमा रुमलिएर खाली ठाउँ र पार्कमा, मायाको विज्ञापन देखाउँदै हिड्ने युवा पुस्ताले भित्रयाएको विकृति देख्दा अचम्म लाग्छ। मायाको नाममा दिइने गुलाबको फूल पनि बनावटीजस्तै लाग्छ। आफ्नो संस्कारलाई बिर्सिएर पश्चिमी संस्कारमा रुमलिएर हिड्ने युवा पुस्ताको मायामा आत्मीयताभन्दा पनि धेरै आर्कषक हुने गर्छ। आज एउटासँग हिड्छन भने भोलि नै अर्कोको हात समातेर हिडेको देख्ने गरिन्छ।
अहिलेका युवा पुस्ताले गर्ने यो माया हो कि देखावटीपन – भ्यालेटाइन डेसँगै हप्ताभर मनाइने रोज डे, किस डे, हग डे, प्रमिस डे, प्रपोज डे, चकलेट डे, टेडी डेमा सामाजिक सञ्जालका भित्ता रङ्गिएका थिए। साथीले एकअर्कालाई जिस्काउँदै र विभिन्न सामग्री आदानप्रदान गर्दै यी दिन मनाए। धेरै पसलमा व्यापार पनि टन्नै बढयो र नेपालले भारतबाट ४० लाखको गुलाबसमेत आयात गर्यो। भोकमरीले देश रोएको समयमा सबै युवाले गुलाबको हाटबजारमा खर्च गर्ने पैसाले दिनदुःखीलाई सहयोग गर्दा कस्तो हुन्थ्यो होला – माया भन्ने चिज मनदेखि गर्ने हो, एकदिन मायाका नाममा प्रचार गरेर केही हुँदैन। साँचो मनले गर्ने मायामा देखावटीपन हुँदैन।
Related News
सम्बन्धित समाचार
कास्की कांग्रेसको शिखर पुरूषको अवसान
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१