फल दिने रूखको जरा काट्नुहुँदैन

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७०

‘आफ्नो हातबाट जो चोट लाग्दछ त्यो चोट त्यति दुखदायी हुँदैन तर त्यही नै चोट अर्काको हातबाट लाग्यो भने अधिक दुःखदायी प्रतित हुन्छ।’ तसर्थ सकेसम्म अरुको भलो चिताउने काम गर्नुपर्दछ। त्यो गर्न सकिएन भने पनि बरु चुप लागि बस्न ठीक हुन्छ, बिगारिहाल्नुहुँदैन। आफ्नो मनमा जस्तो चिन्तन आउँछ, उस्तै नै जीवन बन्ने रहेछ जस्तो भमराले फूलहरूमा गएर फूल नबिगारिकन रस महमात्र लिन्छ, त्यस्तैगरी फाइदा पाइने हरेक कुराबाट फाइदा लिनु पनि पर्नेरहेछ, मूल बोट नास गर्नुहुँदैन बिगारिहाल्नुहुँदैन।यो मानवीय धर्म हो।उदाहरणका लागि एउटा विशाल वृक्षका अनेकौं हाँगाबिगा हुन्छन्। त्यसमा लाखौं पात पनि हुन्छन्। हजारौं फूलहरू पनि फुल्दछन्। हाँगाहरू र पातहरूको बेग्ला बेग्ग्लै आवश्यकताका सार्थकता समेत छ। किनकि फूल तथा फल यिनैद्वारा प्राप्त हुन्छन्। केवल रूखको ठूटाबाट फलफूल पाइँदैन। तर कुनै पनि बुद्धिमान मानिसले हाँगा तथा पातका लागि रूखको जरा नै काट्दैन। जरा नै काटिएपछि हाँगाहरू पात तथा फलफूल केको अधारले लाग्दछन्, केको आधारले रहन्छन् यो बुझ्न जरूरी छ। तर केवल जराको मात्र रक्षा गरेर र, पातहरू जरालाई काट्नु पनि हुँदैन। किनकि विभिन्नतामा नै फल्छन्। यसैमा सौन्दर्यता पनि छ। तर आजकल भने विचित्रको अवस्था देखिँदै छ। जसले भलो गर्दछ, जसले उपकार गर्दछ त्यसको हालत दिन प्रतिदिन बेहाल बनिरहेछ। जस्तो नदी सतत् रूपले बग्दछिन्। उनको जल अर्काकै निमित्त प्रयोग गरिएको हुन्छ उनी त्यसको सट्टामा कसैबाट केही चाहँदिनन्, कुनै प्रकारको फाइदा लिन पनि खोज्दिनन्। त्यसैगरि वृक्षमा फल लाग्दछ। त्यो पनि स्वादिष्ट, त्यो फल पनि अरुकै लागि प्रयोग हुन्छ। वृक्षले केही लिँदैन कसैबाट केही पाउने आशा पनि राख्दैन। पशु अर्कालाई दूध दिन्छ। स्वयं आफू खाँदैन, अरुसँग केही ल्याउ पनि भन्दैन। हेरांै नदी, वृक्ष र पशुले अर्काको निमित्त बाँच्ने कला सिकाएका छन्, ज्ञान दिन्छन्। परोपकार गर्नुपर्दछ भन्ने सिकाउँछन्। निस्वार्थ भावना लिएर बाँच भन्दछन्। सकेसम्म कसैको बिगार गर्न खोज्दैनन्। तर आफूलाई विचारवान बुद्धिमान, विवेकशील भन्ने मानिसले नै उनीहरूको अवस्था बेहाल बनाइसकेका छन्। उठीवास बनाइसकेका छन्। यसैमा उनीहरूमा आनन्द छाएको छ। सुख छाएको पनि छ। विचित्रको अवस्था देखिँदैछ आजभोली।

घरमा भएको पङ्खाले त्यतिबेला काम गर्न छोड्छ जतिबेला त्यसमा जोडिएको तार छुट्छ। बिजुली र हिटरको सम्बन्ध तारले मात्र गराउन सक्दछ। हिटर हाम्रो देह हो भने विश्वव्यापी चेतनालाई बिजुलीको दृष्टान्तबाट बुझनुपर्दछ। हामीमा चेतना हराएको छ, विवेक हराएको पनि छ। केवल आफ्नो स्वार्थपूर्तितर्फ मात्र मनमस्तिक दौडिरहेको पनि छ। यसबाट कसैको पनि कल्याण र भलाइ हुन सकिरहेको छैन। जसरी आगोमा घिउ राख्दा आगोको ज्वाला दन्किन्छ त्यसै प्रकारले धन र भोगको प्राप्तिले भोग र कामनाको क्षेत्र आफै विस्तार हुने रहेछ। जहाँ दुर्लभ, अपूर्णता र अभावको दलदलमा जीवनयापन गर्नुपर्दछ त्यहाँ कसरी आनन्द र तृप्ती मिल्न सक्छ। कदापी मिल्न सक्दैन। यहाँ सहरीकरणको प्रभावले उब्जाऊ हुने सारा जग्गा जमिन दिन प्रतिदिन सखाप बन्दैछ। पहाडमा कम उब्जाऊ हुने टारीहरू बाँझो पल्टेका छन् कुनै पनि काम योजनाबद्ध तरिकाले भएजस्तै देखिँदैन। भोलिका दिनहरूमा भोकमरी समस्या आउन नसक्ला भन्न सकिँदैन। जसरी फल दिने रूखको जरा काटीदिएपछि फल खान पाइँदैन। त्यस्तै अवस्था बन्दैछ किनकि उब्जाऊ हुने जग्गामा नै भवन बनिसकेपछि कहाँबाट अन्न उत्पादन हुने हो ठेगान छैन। यस्ता धेरै उदाहरण बन्दैछन्। आफ्नै घरमा जन्मिएको नोक्सान गर्ने मुसो पनि मारिन्छ। त्यसलाई घरमा पालि राख्न कोही खोज्दैन। किनकि त्यसबाट केही पाउन सकिँदैन। तर हित गर्ने बिरालोलाई अन्यत्रबाट खोजी खोजी ल्याएर दूध भात खुवाएर राख्ने गरिन्छ। किनकि नोक्सान गर्ने मुसोलाई त्यसले खाइदिन्छ। आफ्नो हित गर्नेको संरक्षण गर्न जान्नु पनि पदोर्रहेछ। चाणक्यले भन्दछन् -कुनै मन्त्र नभएको अक्षर छैन। औषधि नभएको वृक्ष पनि छैन। कुनै व्यक्ति पनि अयोग्य छैन तर मानिसको योग्यता, इच्छा, लगनशीलता हेरी प्रयोग गर्ने विज्ञ व्यक्ति पाउन कठिन छ। पूर्ण ज्ञान बुझन अज्ञानको स्वरूप बुझन आवश्यक पदोर्रहेछ। जुन वस्तुको जुन स्वरूप छ त्यसको त्यो स्वरूप ठीक-ठीक रूपमा चिन्नु नै ज्ञान हो। संसारको सृष्टिको आरम्भमा एकपटक देवता, दैत्य र मानव सबैका प्रतिनिधि ब्रम्हलोक गएछन्। तिनीहरूले लोकस्रष्ठा ब्रम्हाजीसँग प्रार्थना पनि गरेछन्। हामी सबैलाई आफ्नो कर्तव्यको उपदेश दिनुहोस् प्रभु भनी सबैले हात जोडेर विन्ती गरेछन्। ब्रम्हाजीले भन्नुभएछ केवल द-द-द। अनि त्यत्तिकैमा देवता, दैत्य र मानव सन्तुष्ट भएछन्। अनि पहिला ब्रम्हाजीले देवतालाई सोध्नु भएछ-‘तिमीहरूले मेरो कुरा बुझेऊ-’ देवताहरूले हात जोर्दै भनेछन् बुझयौं। अनि के बुझयौ – भनी ब्रम्हाले सोधेछन्। हामी देवताहरू ज्यादै नै भोग पारायाण छौं। केवल स्र्वर्गका सुखमा नै लागिरहेका छौं तपाइँले हामीलाई द…द.. द.. भन्नुभएको  अर्थ दमन गर, इन्द्रियहरूको दमन गर, दमन गर। ब्रम्हाजीले भन्नुभएछ। तिमीहरूले मेरो कुरा राम्रैसँग बुझेऊ। देवताहरू प्रसन्न भएर ब्रम्हाजीलाई प्रणाम गरी फर्किएछन्। त्यसपछि ब्रम्हाजीले दैत्यहरूलाई सोध्नुभएछ तिमीहरूले मेरो उपदेश बुझेऊ – दैत्यहरूले भनेछन् राम्ररी बुभ्यौं प्रभु। अनि ब्रम्हाजीले सोध्नुभएछ के बुझेउ त- दैत्यहरूले भनेछन् हामी दैत्यहरू स्वभावैले निष्ठूर छौं अरुलाई मार्ने सताउनेमा नै हामीलाई सुख आनन्द मिल्दछ तपाइँले हामीलाई द.. द.. द.. भन्नुभएको अर्थ दया गर दया गर भन्ने हो। त्यो कुरा राम्ररी बुझेका छौं। त्यसपछि ब्रम्हाजीले भन्नुभएछ तिमीहरूले पनि मेरो कुरा राम्रोसँग बुझिसकेका छौ भन्नुभएछ। अनि दैत्यहरू पनि पितामहलाई प्रणाम गरी फर्किएछन्।अनि ब्रम्हाजीले मानवहरूका प्रतिनिधिलाई सोध्नुभएछ, तिमीहरूले पनि मेरो कुरा बुझयौ कि भनी भन्नुभएछ। उनीहरूले भनेछन् हामीले ठीक ठीक किसिमले बुझयौं प्रभु। ब्रम्हाजीले के बुझयौ त – भनी सोध्नुभएछ। अनि मानव प्रतिनिधिहरूले भनेछन् : हामी मानवहरू असाध्यै लोभी हुन्छौं हामीलाई आफ्नो घर भर्ने मात्र धुन हुन्छ। केवल सोचाइ त्यतामात्र गएको हुन्छ। हामी सोच्दैनौं कि हाम्रो सङ्ग्रहहरूले कुनै उपभोग कष्ट भोग्नुपरेको छ। त्यसैले हजुरले आज्ञा गर्नुभयो द… द… द…. दान गर। दान गर, दान गर। त्यसपछि ब्रम्हाजीले भन्नुभएछ – तिमीहरूले पनि मेरो उपदेशको मर्म राम्ररी बुझेका रहेछौ। त्यसपछि मानवका प्रतिनिधि पनि पितामहलाई प्रणाम गरी घर फर्किएछन्। अर्थ पनि आफ्नोे अनुकुल लगाउने गर्दछन्। समाज पनि त्यस्तै छ। यो एउटा  कथा हो। यहाँ कसैलाई लान्छना लगाउन खोजिएको पनि होइन। यतिसम्म होकि हरेकका आŠना आŠना धारणा हुँदा रहेछन्। दमन, दया र दान, भन्ने कुरा सबै ठाउँमा ठीक- ठीक मात्रमा प्रयोग हुनुपर्ने रहेछ त्यो हुन सकेको छैन। हुन जरूरी छ।

जहाँ पानीको मुहान छ त्यहाँ नागको वास हुन्छ भन्ने विश्वास राखेर पूजा गर्ने चलन आज पनि कुने कुनै गाउँमा पाइन्छ। पानीको मुहानमा यदि कसैले दिसा पिसाब गरेमा नाग रिसाएर दिशा पिसा गर्ने अ·मा घाउ खटिरा निस्कन्छ र कुहिएर र्झदछन् भन्ने विश्वास पुरानो छ। जसले गर्दा पानीको मुहान वरिपरि कसैले दिसापिसाब गर्दैनन्। जसले गर्दा बाह्रैकाल पानी सफा भइरहन्छ। गाउँमा पानीबाट निस्कने रोग नियन्त्रण पनि भएको पाइन्छ। पानीको मुहान वरिपरिका रूखहरू नागको घर हुन् भन्ने विश्वास छ। यदि कसैले काटेमा काटेको हातमा घाउ घटिरा निस्किन्छ। हातै कुहेर जान्छ भन्ने विश्वासको धारणा जगाएकोले सितिमितिले रूख काट्ने आट कसैले पनि गर्न सक्दैनन्। जसको कारणले नियमित रूपमा पानी आइ रहन्छ। यो किसिमको सोचे हाम्रा अभिभावकको थियो। यस्तो सोच सबैमा भए सबैको कल्याण पनि हुनछ। आज के गर्दा भोलि त्यसको असर के पर्दछ भन्ने धारणा सबैमा हुनुपर्ने रहेछ। बिउ नै मासिएपछि विरुवा कसरी उम्रन सक्दछ। रूखको जरा नै काटिदिएपछि फल कहाँबाट खान पाइन्छ। देश विकाश गर्ने सोच नभए जगै नबसाले कसरी देश बन्न सक्दछ। तसर्थ जति राम्रा कुरा छन् जसबाट हित हुन्छ तिनको  संरक्षण गर्ने सोच बानी बसाल्ने परिपाटी बसाल्न सकेमात्र सबैको कल्याण हुने देखिन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width