प्रभावकारी र दिगो शिक्षण सिकाइको कडी

आदर्श समाज सम्वाददाता
माघ ३, २०७०

आधुनिक परिवेशमा ज्ञानआर्जन गर्ने माध्यम धेरै छन्। त्यति हुँदाहुँदै पनि शिक्षक नै त्यो एक कडी हो जसको उपस्थितिबिना सिकाइको वातावरण तयार हँदैन। सिकाइलाई प्रभावकारी र दिगो बनाउने कुरा शिक्षक र विद्यार्थीबीचको सम्बन्धको दूरीले निर्धारण गर्दछ। उत्तर आधुनिक शिक्षामनोविद्हरू शिक्षक र विद्यार्थीबीचको सम्बन्ध सुमधुर र मजबुत भयो भने मात्रै शिक्षण सिकाइ प्रभावकारी र दिगो हुन्छ भनी विश्वास गर्दछन्। विगत केही दशक यता शिक्षक विद्यार्थी बीचको न्यानो सम्बन्धको बारेमा विभिन्न अध्ययनहरू भएका छन्। विद्यार्थीको विद्यालयसँगको सम्बन्ध, सामाजिक उत्तरदायित्वको भावनाको विकास, उनीहरूका व्यवहार जन्य समस्याहरूको मात्रामा कमी, पर्ढाई प्रतिको लगाव तथा सिकाइ उपलब्धिमा उल्लेख्य सुधार ल्याउनमा यो सम्बन्ध सहयोगी भएको प्रमाणित भइसकेको छ। एक थरी शिक्षाविद्हरू ‘शिक्षक र विद्यार्थी बीच जति नजिकको सम्बन्ध रहन्छ सिकाइको प्रभावकारिता पनि बढी हुन्छ।’ भन्ने कुरामा विश्वास गर्छन्। विद्यार्थी र शिक्षक बीचको भावनात्मक सम्बन्धको असरको बारेमा विशेष गरी दुर्इ वटा सैद्धान्तिक दृष्टिकोणहरू अगाडि आएका छन्ः ूभहतभलमभम बततबअhmभलत उभचकउभअतष्खभक बलम कयअष्ब-mियतष्खबतष्यलब उिभचकउभअतष्खभकू।

पहिलो सैद्धान्तिक आधारलाई मान्ने विद्वानहरू बालबालिकाको उनीहरूको बाबुआमासँगको सम्बन्धलाई नै आधारभूत सम्बन्ध विकासको जडको रूपमा मान्छन्। एउटा बालकको सम्बन्ध उसको बाबुआमासँग सुमधुर रहृयो भने उसमा सामाजिक सुरक्षाको भावना उजागर हुन्छ र उसको आत्मबल पनि बढेर जान्छ जसको परिणामस्वरूप उसको शारीरिक तथा मानसिक विकास सहजरूपमा हुँदै जान्छ। यसको ठीक विपरीत बालकको बाबुआमासँगको सम्बन्ध राम्रो भएन भने उसमा आत्मबलको अभाव हुन गई उसको शारीरिक तथा मानसिक विकासमा प्रत्यक्ष असर पर्न जान्छ।

यसको प्रत्यक्ष उदारणहरू हामीले हाम्रा विद्यालयका कक्षा कोठाहरूमा प्रशस्तै पाउन सक्छौं। साधारण तेज दिमाग भएका बालबालिका शारीरिक रूपले पनि स्वस्थ्य हुन्छन्। उनीहरूको घरायसी वातावरण पनि उत्कृष्ट हुन्छ। यस्ता बालबालिकामा आत्मबल अधिक हुन्छ। उसले समाजमा आफूलाई सुरक्षित महसुस गर्दछ। यदि शारीरिक अवस्था कमजोर हुँदाहुँदै पनि बच्चाको मानसिक अवस्था अतितेज छ भने उसलाई तुरुन्तै पोषिलो खानपिनको जरुरत हुन्छ। होइन भने कुनै पनि बेला दुर्घटना हुन सक्छ। त्यसको विपरीत अभिभावकबाट थर्काउने, अनावश्यक मानसिक तथा शारीरिक सजाय दिने घरका बालबालिका र बाबुआमा वा दुर्इमध्ये एक गुमाएका बालबालिकामा आत्मबलको कमी हुन्छ। यसैगरी अभिभावक आफै बच्चाको अगाडि झैंझगडा गर्ने, समाजले बर्जित गरेको व्यवहार गर्ने वा समाजमा नपच्ने व्यवहार गर्ने साथै परिवार एकअर्काको सम्मान नगर्ने जस्ता घरपरिवारबाट आएका बालबालिका शारीरिक तथा मानसिक समस्या झेलिरहेका हुन्छन्।

यसको ठीक असर विद्यालयमा पनि पर्दछ। विद्यार्थीले शिक्षकबाट अपेक्षित व्यवहार पाएका छन् वा छैनन् त्यसको पत्यक्ष वा परोक्ष असर उनीहरूको विद्यालयप्रतिको लगाव र शैक्षिक उपलब्धिमा पर्न जान्छ। एक शिक्षकले आफ्नो विद्यार्थीसँग सुमधुर सम्बन्ध कायम गर्न सक्यो भने विद्यार्थीले विद्यालयको वातावरणमा सुरक्षित र सहज महसुस गर्दछन्। जसको कारण स्वरूप उसको पढाइ प्रतिको लगाव र शैक्षिक उपलब्धिमा पनि वृद्धि भएर जान्छ।

हुन त, सरकारले तालिम प्राप्त व्यक्तिलाई मात्रै शिक्षक बनाउने भन्ने उद्देश्यले शिक्षण अनुमति पत्र लागु गेरेको दशक नै भइसक्यो तर हाम्रा उच्च शिक्षा कार्यान्वयनमा रहेको कमीकमजोरीका कारणले गर्दा एक शिक्षकले आफ्ना विद्यार्थीका अपेक्षित व्यवहार कस्ता हुन्छन् भन्ने हेक्का नै नभएको पाइन्छ। कुनै पनि व्यक्तिभित्र स्वाभिमान हुन्छ। यदि कसैले त्यो स्वाभिमानलाई आँच पुर्‍यायो भने त्यो व्यक्ति नराम्रोसँग उद्वेलित हुन्छ। कसैले त्यसलाई पोख्न सक्छ भने कोही त्यसलाई कुण्ठाको रूपमा आफैभित्र पालेर राख्छ। त्यसैले सर्वप्रथमतः शिक्षकले विद्यार्थीको स्वाभिमानलाई आँच आउने खालको व्यवहार प्रदर्शन गर्नुहुँदैन। त्यति मात्रै होइन दिगो र प्रभावकारी सिकाइको लागि विद्यार्थीले विद्यालय र कक्षा कोठाको वातावरणमा आफूलाई सुरक्षित महसुस गर्नुपर्छ। आजकल शिक्षक र विद्यार्थीको सम्बन्ध औपचारिक मात्रै भएर गएको छ। शिक्षकहरूले आफ्नो पेशालाई जागिरको रूपमा लिइदिनाले विद्यार्थीले शिक्षकलाई गुरु नभई मास्टर मात्रको दृष्टिकोणले हेर्ने र शिक्षक प्रति आदरभाव नराख्ने पाइन्छ। शिक्षण पेशा पक्कै जागिर होइन यो त एउटा जुनुन हो, आत्मसन्तुष्टि हो। त्यसैले शिक्षक विद्यार्थीको सम्बन्धको परिभाषा अति नै गहन छ। शिक्षक र विद्यार्थी स्रोत-स्रोता, पिता-पुत्र मात्रै नभई एकअर्काको सुखदुःखको साथी पनि हो। एउटा आदर्श शिक्षकले आफ्नो विद्यार्थीलाई जति बुझेको हुन्छ त्यति उसलाई जन्म दिने बाबुआमाले पनि बुझेको हुँदैन अर्थात बुझेको हुनुहुँदैन। त्यसले विद्यार्थीहरूमा भावनात्मक सुरक्षाको वातावरण तयार पार्छ र भावनात्मक सुरक्षा कुनै पनि बालकको लागि अनिवार्य पूर्व शर्त हो जसको आधारमा ऊ सुरक्षित महसुस गरी वातावरणमा समायोजित हुन पाउन सकोस्। विस्तृत सुमधुर सम्बन्धको दृष्टिकोणमा एक संवेदनशील शिक्षकले विद्यार्थीलाई विद्यालयको वातावरण र शिक्षण सिकाइमा समाहित हुन सक्ने सुरक्षित आधार तयार पार्न सक्नुपर्छ। जसको कारणले गर्दा सिकाइ प्रभावकारी र दिगो हुन्छ।

यसैगरी केही विद्वानहरू सिकाइको प्रभावकारिता र दिगो पनको पछाडि सामाजिक उत्प्रेरणाको प्रभाव हुन्छ भनी विश्वास गर्छन्। यसलाई आत्म निर्णयको सिद्धान्त पनि भनिन्छ। यस धारण अनुसार प्रभावकारी र दिगो सिकाइको लागि विशेषगरी विद्यार्थीका तीनवटा आधारभूत मनोवैज्ञानिक आवश्यकताले भूमिका खेलेको हुन्छ। ती हुन् : पहिलो सम्बन्ध स्थापना, दोस्रो सामर्थ्यता र तेस्रो स्वायत्तता। शिक्षकले विद्यार्थीका यी आधारभूत आवश्यकताको परिपूर्र्तिको लागि विभिन्न प्रकारले सहयोग गर्न सक्दछ। जस्तैः विद्यार्थीलाई विशेष हेरचाह गर्ने र उनीहरूको इच्छा आकाँक्षामा चासो राख्ने र उनीहरूको भविष्यमा सहयोगी हुने भए ती इच्छा आकाँक्षा प्राप्त गर्न सहयोग गर्ने।

मानिस जन्मदा खाली दिमाग लिएर जन्मेको हुन्छ भन्ने वकवासमा यी विद्वानहरू विश्वास गर्दैनन्। मानिसमा सूचना सड्ढलन गर्ने शक्ति हुन्छ शिक्षाले त्यसलाई व्यवस्थित गर्ने मात्रै हो। सामाजिक उत्प्रेरणाको माध्यमले त्यसलाई व्यवस्थित गर्न सकिन्छ। मानिसलाई उसको सामाजिक आवश्यकता र समाजमा उसको भूमिकाको कारणले गर्दा सदैव प्रगतिको तीव्र चाहनाले सताइरहेको हुन्छ। प्रत्येक व्यक्तिले आफूलाई समाजमा जसरी भए पनि स्थापित गर्न चाहन्छ। हरेक व्यक्ति आफै भित्र पनि यो लर्डाई लडिरहेको हुन्छ। घर परिवारमा, छरछिमेकमा, साथीभाइको जमातमा, कक्षा कोठामा, कार्यस्थलमा अर्थात हरेक ठाउँमा उसले आफ्नो भिन्ने उपस्थिति जनाउन चाहन्छ। शिक्षाले उसको यो चाहनालाई व्यवस्थित गर्न सकेन भने उसमा खलनायक पात्रको जन्म हुन्छ र ऊ समाजमा खलनायक ९ख्ष्ििबष्ल ऋजबचबअतभच० वा व्रि्रोही भएर पनि स्थापित हुन सक्छ। त्यसैले एक असल सहयोगी शिक्षकले विद्यार्थीको स्वतन्त्र निर्णय गर्ने र छनोट गर्न सक्ने क्षमतालाई समाजको आवश्यकता अनुसार सही दिशानिर्देश गर्ने कार्यमा सहयोग गर्दछ।

स्किनर र बेलमण्ट जस्ता मनोविद्हरूका अनुसार विद्यार्थीका आधारभूत आवश्यकताको परिपूर्र्ति भएमा उनीहरूको शैक्षिक लगायत हरेक सकारात्मक क्रियाकलाप सक्रिय भएर जान्छन् जसले गर्दा शिक्षण सिकाइ प्रभावकारी र दिगो हुन्छ। फ्रेडि्रक्सका अनुसार मानिसको व्यवहारिक, सम्वेदनात्मक तथा संज्ञात्मक पक्षको विकासमा उसको व्यक्तिगत सहभागितामा निर्भर गर्दछ। उसको व्यक्तिगत सहभागितालाई प्रोत्साहित गर्ने वातावरण तयार पार्न सक्नु नै एक असल र सफल शिक्षकको द्योतक हो।

यसरी शिक्षकको असल र मायालु व्यवहारले शिक्षण सिकाइमा ठूलो महत्त्व राख्दछ। शिक्षक मात्रै एक यस्तो कडी हो जसले सिकाइलाई सम्भव बनाउँछ। विशेष गरी तल्लो कक्षाका विद्यार्थीमा यो सम्बन्ध अझ मजबुत हुन्छ। उनीहरू शिक्षकलाई आफ्नो अन्तिम आदर्श तथा ज्ञानको स्रोत ठान्दछन्। त्यसैले यो उमेरमा उनीहरूले शिक्षक प्रति विकास गर्ने अवधारण वा शिक्षकको चित्रले नै भविष्यको शिक्षण सिकाइलाई प्रभाव पार्दछ।

हामी हाम्रा कक्षाकोठालाई पूर्ण आदर्शवान् बनाउन नसके पनि विद्यार्थीसँगको सम्बन्ध सौहाद्र बनाउन प्रयत्नरत रहौं। कम्तीमा विद्यार्थीले कक्षाकोठाको वातावरण सुरक्षित र आफूलाई घुलमिल हुन सक्ने तथा आफूमा निहित ज्ञानको विकास हुन सक्ने बनोस्। अनि मात्र शिक्षण सिकाइ दिगो र प्रभावकारी हुन्छ नत्र भने यो एउटा प्रभाविहीन नाटकको मञ्चन बाहेक केही हुने छैन।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग