प्रधानमन्त्री ठूलो दबाबमा

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७३

१. प्रधानमन्त्री केपी ओलीको काम गर्ने तौर, तरिका र शैलीप्रति बाहिर धेरैले टीका, टिप्पणी गर्दै आएको सर्वविदितै कुरा हो। सत्ता साझेदार माओवादी केन्द्रले पनि बारम्बार असन्तुष्टि प्रकट गर्ने गरेको कुरा कसैबाट छिपेको छैन। तर अहिले बाहिर मात्र होइन, उनकै पार्टी एमाले भित्रबाट पनि उनको विरोध हुन थालेको छ।

२. एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव नेपाल प्रधानमन्त्री ओलीको खुल्ला विरोधमा निस्केका छन। वरिष्ठ नेता नेपालले मदन भण्डारी अध्ययन केन्द्रको आडमा राजधानीमा बुधवार र बिहीबार कार्यकर्ता भेला गरी ओलीको कार्यशैली ठीक नभएको निष्कर्ष निकालेका छन्।

३. उनले यो सन्देश सात प्रदेशमा र त्यसपछि जिल्ला-जिल्लामा समेत प्रवाहित गर्ने निर्णय गरेका छन्। आफ्नै पार्टीका प्रधानमन्त्रीको विरोधमा यस्तो अभियान चाल्नुलाई साधारण मान्न सकिन्न। फेरि उनको यस अभियानमा नेपाल पक्षधर कार्यकर्ताहरू पनि उत्तिकै उत्साहका साथ लागेका छन्।

४. वरिष्ठ नेता नेपालले ओलीप्रति कडा टिप्पणी गरी कुनै बिरामीको रोग निको पार्न इलेक्टि्रकल सक दिनु पर्ने उदाहरण दिँदै प्रधानमन्त्री ओलीलार्ई पनि अहिले त्यस्तै सक दिनु पर्ने बताए। उनले पार्टीका कार्यकर्ता असन्तुष्ट भएको उल्लेख गर्दै त्यो असन्तुष्टिले विष्फोटक रुप लिन सक्ने चेतवनीसमेत दिए।

५.माधव नेपाल प्रधानमन्त्री हुँदा पनि उनको विरोधमा एमालेका नेताहरू यसैगरी लागेका थिए। त्यस बेला नेताहरूले पार्टी ो छवि ब्रि्रेकोलगायतका आरोप प्रधानमन्त्रीमाथि लगाएका थिए। उनीहरूले छिटो प्रधानमन्त्री नेपालले राजीनामा गर्नुपर्ने माग गर्दै कार्यकर्ता परिचालन गरेका थिए।

६.नेपालले प्रधानमन्त्री ओलीका विरुद्धमा चलाएको अभियानमा उनी र उनी पक्षधरमात्र होइन, पार्टीका अर्का नेता झलनाथ खनालको पनि समर्थन रहेको छ। नेपालले गरेको कार्यकर्ता भेलामा खनालका कार्यकर्ताको पनि उपस्थिथि रहेको सहभागीले बताउने गरेका छन्। त्यतिमात्र होइन, अर्का प्रभावशाली नेता वामदेव गौतमको झुकाव पनि यतैतिर हुन लागेको छ।

७. प्रधानमन्त्री जति एक्लिदै गएका छन्, उति उनको स्वर चर्कदै गएको छ। पार्टी भत्रको स्थिति यस्तो छ भने अकोर्तिर उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग गरेको नौ बुँदे सहमति के-कसरी कार्यान्वयन गर्ने त्यसको निर्णय गर्न सकेका छैनन्। प्रधानमन्त्री ओलीभित्र र बाहिर दुबैतिर ठूलो दवाबमा छन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै