जिल्ला अधिवेशनको निष्कर्ष : काङ्ग्रेस बदलिन्छ

आदर्श समाज सम्वाददाता
फागुन २०, २०७२

nepali-congress-flagनेपाली काङ्ग्रेस यति बेला महाधिवेशनको पूर्व सन्ध्यामा छ। नेपाली राजनीतिमा निकै पुरानो इतिहास बोकेको पार्टीहो काङ्ग्रेस। राणा, पञ्चायत, राजतन्त्रलगायतका परम्परागत तानाशाह र आधुनिक कम्युनिष्ट विचारको ‘प्रमुख शत्रु बनेर देशलाई वर्तमानसम्म ल्याउन काङ्ग्रेसको भूमिका निकै महत्वपूर्ण छ। तानाशाहसँग जुध्दै उग्र वामपन्थी कदमको मुख्य तारो बनेर पनि शान्ति, स्थायित्व र लोकतन्त्र स्थापनार्थ काङ्ग्रेस अघि बढ्यो र सफल पनि भयो। उग्र नारा लगाएर सस्तो लोकप्रियता बटुल्दै असम्भव परिवर्तनका आश्वासन बाँड्ने उग्र वामपन्थीलाई आफ्नो अनुभवी लोकतान्त्रिक छविको छहारी दिलाएर शान्त बनाउँदै लोकतन्त्रमा विश्वस्त तुल्याउन काङ्ग्रेसले वहन गरेको जिम्मेवारी र निर्वाह गरेको भूमिकाको निरन्तर मूल्याङ्कन भइरहेछ। यसैको जगमा लोकतान्त्रिक संविधान जारी हुन सफल भयो। बिपी कोइरालाको समाजवादी विचारका अनुयायी काङ्ग्रेसजन आज पनि देशभर निरन्तर लोकतन्त्र रक्षार्थ क्रियाशील छन्।

महाधिवेशन र नेतृत्व

हरेक संगठनको महाधिवेशन सँगसँगै भावी नेतृत्वसमेत जोडिएर आउँछ। नेतृत्व परिवर्तन हुँदा कार्यशैली परिवर्तित हुने गर्दछ। नेतृत्व परिवर्तन-छनौट)का साथसाथमा महाधिवेशनले समयानुकूल हुने गरी सैद्धान्तिक पुनर्व्याख्या एवम् नीति तथा कार्यक्रम प्रस्तुत गरी अनुमोदन समेत गर्ने गर्दछ। यस प्रकारको गहन अभिभारा महाधिवेशनले वहन गर्नुपर्छ। महाधिवेशनको पूर्व सन्ध्यामा जिल्ला-जिल्लामा हुने अधिवेशनले महाधिवेशनमार्फत् पारित हुने नीति तथा कार्यक्रम एवम् चयन हुने व्यक्तिको पूर्वसङ्केत गर्छ। काङ्ग्रेस स्थापना कालदेखि आजसम्म पार्टीको नेतृत्वमा कोइराला परिवारको वर्चस्व रही नै रहेको छ। बिपी, गिरिजा, सुशील हुँदै १३ औँ महाधिवेशनसम्म आइपुग्दा अब कोइराला परिवारबाट अन्यत्र नेतृत्व हस्तान्तरित हुँदै छ। यसर्थ यो अधिवेशनको विशेष महत्व छ। एक त परम्परागत विरासतयुक्त नेतृत्व अन्यत्र हस्तान्तरित हुनु र अकोर्तर्फ पार्टीलाई समयानुकूल सैद्धान्तिकीकरणको अपेक्षा गरिनुले यस महाधिवेशनको महत्वमा थप बढोत्तरी भएको छ। पार्टीला निरन्तर नेतृत्व दिँदै र पार्टीजोगाउँदै आएको कोइराला परिवारबाट नेतृत्व अन्यत्र गएपछि त्यसका अवसर र चुनौती दुबै रहन्छन्।

यतिमात्र होइन आसन्न महाधिवेशनले काङ्ग्रेसलाई बूढाहरूको पार्टीको परम्परागत बिल्ला झिकेर युवामा नेतृत्व लैजानुपर्ने जिम्मेवारी पनि छ। पार्टीठूलो भएपछि नेतृत्वका आकाङ्क्षी पनि धेरै हुनु अस्वाभाविक होइन। प्रतिस्पर्धाबाट मात्रै सबल नेतृत्व चयन हुने कुरामा दुर्इमत रहँदैन। महाधिवेशन नै पार्टीको त्यो सवोर्च्च निकाय हो, जसले आगामी कार्यकालका लागि नेतृत्व चयन गरी स्पष्ट कार्यदिशा देखाएर छाड्छ। यही दौरानमा जिल्ला अधिवेशनमा देखिने परिवर्तनले जिल्ला नेतृत्वमा बदलाव ल्याइदिन्छ। जो आगामी महाधिवेशनका लागि निकै महत्वपूर्ण रहन्छ। अघिल्ला नेतृत्वको अपूर्णता पूरा गरी संगठन थप बलियो बनाउँदै लैजाने र पार्टीला नीति तथा कार्यक्रम जनस्तरसम्म पुर्‍याउने जिम्मेवारी जिल्ला नेतृत्वले प्राप्त गर्दछ। तसर्थ पार्टीलाई समयानुकूल परिवर्तन गरी कार्यकर्तालाई जिम्मेवार ढंगले प्रस्तुत गर्न महाधिवेशन फलदायी सावित हुनुपर्दछ। अन्यथा पार्टीबिस्तारै मृत्युवरण गर्न विवश हुन्छ। पार्टीको मूल भनेकै विचार हो। परिष्कृत विचारले नै विकासको अगुवाइ गर्दछ। जसलाई नेतृत्वले थप मजबुत बनाउँछ। तसर्थ नेतृत्वले महाधिवेशन सफल पारी पार्टीलाई स्पष्ट दिशा दिन्छ भने महाधिवेसनले पार्टीसबलीकरणका लागि सक्षम नेतृत्वको हातमा पार्टीर यसका गतिविधि जिम्म्ाा लगाउँछ। तसर्थ महाधिवेशनका लागि नेतृत्व र नेतृत्वका लागि महाधिवेशन परिपूरक हुन्।

जिल्ला अधिवेसनको सन्देश

देशभरका जिल्ला अधिवेशनले नै केन्द्रीय महाधिवेशनको आधार तयार गर्ने हो। काङ्ग्रेसको भर्खरै सम्पन्न जिल्ला अधिवेशनहरूले पार्टीभत्र नवीनता सञ्चार गरेको छ। नेतृत्वका निम्ति इमान्दारिता र कर्मशील स्वभाव चाहिन्छ भन्ने कुरा पुष्टि हुन पुगेको छ। साथै, उर्जाविहीन नेतृत्वको पक्षमा काङ्ग्रेसीजन अब छैनन् भन्ने पनि स्पष्ट भएको छ। त्यतिमात्र होइन, पार्टीला शक्तिको ध्वाँस देखाउँदै पर्दा पछाडि खेल खेल्ने खेलाडीहरू धेरैजसो जिल्लामा एकाएक पछारिन पुगेका छन्। नेतृत्व भनेको क्षमता हो। क्षमता सदावहार रूपमा उत्कर्षमा पुगिरहन सक्दैन। तर काङ्ग्रेसमा विगतमा सदा विरासतको राजनीति गरियो। पार्टीको आगामी नीति तथा कार्यक्रमका बारेमा कार्यकर्ता पङ्क्तिमाझ कहिल्यै छलफल गरिएन। परिवारवाद र इतिहासको कुनै कालखण्डमा गरेको योगदानको ब्याज खाने प्रवृत्तिको अन्त्यतर्फ पार्टीअघि बढेका दृष्टान्त प्रायः सबै जिल्लाबाट आएका छन्। यो काङ्ग्रेसजस्तो गर्विलो इतिहास बोकेको पार्टीला लागि पनि गर्वको कुरा हो।

एकाएक पार्टीला महाधिवेशन प्रतिनिधिमा करिब ४० प्रतिशत नवीन अनुहार आएको विभिन्न सर्वेक्षणले देखाएका छन्। यसले के कुराको पुष्टि गर्दछ भने काङ्ग्रेस आफैँ परिवर्तन हुँदै छ। नयाँ अनुहारमा  युवा देखिनुले पार्टीला जगाएको आशा र नवीन रक्तसञ्चार काङ्ग्रेसमा देखिएको ऐतिहासिक परिवर्तन हो।

जिल्ला अधिवेसनमा नेतृत्वको प्रतिस्पर्धामा प्यानल बनाएर चुनाव लडिरहँदा प्यानल नभइ व्यक्तिको क्षमतालाई महत्व दिएर नेतृत्व छनौट भएको देखिन्छ। अबका दिनमा काङ्ग्रेस बनेर राजनीति गरिरहँदा समाज र पार्टीला योगदान नगरी कुनै नेताको फेर समाएको र आशीर्वाद पाएका भरमा नेतृत्वमा आउनसक्ने सम्भावना क्षीण बनेर गएको छ। यति बेला काङ्ग्रेसका तमाम क्रियाशील सदस्य पार्टीसंगठन र देश/समाज विकासका बारेमा निकै सचेत भइसकेका छन्। अबको पर्दापछाडिको राजनीति होइन कि खुल्ला र पारदर्शी राजनीति गर्न सक्ने नेतृत्वका पक्षमा मात्र रहेको स्पष्ट पारेको छ। ढाँट, छल, र झुठको राजनीति काङ्ग्रेसमा कुनै शक्ति केन्द्रले समेत ढाकेर सबल बनाउन नसक्ने कुरा स्पष्ट भएको छ। अबको काङ्ग्रेसका लागि व्यक्तिगत क्षमता र कार्यप्रति लगनशीलता आदिका आधारमा परिष्कृत हुँदै हुर्केको नेतृत्वमात्र सर्वस्वीकार्य हुने पुष्टि पनि जिल्ला अधिवेशनले गरेको छ।

केन्द्रप्रति अपेक्षा र आगामी भूमिका

आजसम्म पार्टीला केन्द्र पनि दुर्इ पक्ष बनेर विभाजित रहृयो। ३६ र ७२ को सङ्र्घर्ष अहिले पनि ६०/४० को रटानमा अघि बढी नै रहेको छ। चरम गुटबन्दीले पार्टीविभाजन भएर पुनः एकीकरण भइसकेपछि पनि संस्थापन र अको पक्ष रहिरहनु र मानसिक रूपमा सिङ्गो काङ्ग्रेस बन्न नसक्नु समग्र कार्यकर्ता पङ्क्तिका लागि अत्यन्त दुःखको कुरा हो। हाल जिल्लामा भएका अधिवेशनले प्यानललाई धेरै महत्व नदिइ योग्यता र क्षमतालाई मुख्य आधार बनाएकाले केन्द्र पनि त्यसै अनुरूप नेतृत्व चयनमा लाग्नुपर्नेछ। यदि यसो हुन सक्यो भने कोइराला परिवारबाट अन्यत्र नेतृत्व जानासाथ ‘सामूहिक नेतृत्व’को अवधारणा स्थापित हुन सक्नेछ। जहाँ समूहको साझा र विश्लेषित विचारलाई एउटा व्यक्तिले नेतृत्व प्रदान गर्नेछ। निर्णय साझा र समावेशी हुँदै जानेछन्। पार्टीसाँच्चैको सबैको पार्टीबन्न सक्नेछ।

प्रजातान्त्रिक परिपाटीमा देखिने कुरा के हो भने त्यहाँ प्रतिस्पर्धा हुन्छ। आफ्ना फरक नीति र कार्यक्रम नेतृत्वले प्रस्तुत गर्ने गर्दछ। फरक-फरक गुट प्रतिस्पर्धामा जानु पनि आफैँमा लोकतान्त्रिक परिपाटी हो। हिजोका दिनमा पार्टीला आन्तरिक चुनावमा एउटा पक्षले जितेपछि त्यो पक्षलाई असफल पार्ने प्रयत्न हुँदै आए। आगामी महाधिवेशनले त्यो संस्कारलाई निरन्तरता दिनु हुँदैन। हार्ने पक्षले आउँदा महाधिवेशनका लागि नवीन कार्यक्रम पस्कने र त्यसलाई कार्यान्वयनमा लग्दै सिङ्गो पार्टीसुदृढीकरणमा केन्द्रित हुन जरुरी छ। यसरी स्वस्थ प्रतिस्पर्धामा आधारित बनाई पार्टीहाँक्ने हो भने एक कार्यकालमा रहेका अपूर्णता पूरा गर्ने गरी अको नेतृत्व तयार भइरहने सम्भावना सदा जीवित नै रहन्छ। त्यसले पार्टीलाई पूर्णतातर्फ केन्द्रित गराउँछ।

व्यक्ति केन्द्रित नभई उद्देश्य केन्द्रित राजनीतिको विजारोपण गर्नु यस महाधिवेशनको प्रमुख दायित्व हो। सधैँ गुट-उपगुट बनाई आम चुनावमा अको पक्षको नेता उठयो भने घात-प्रतिघात गरी चुनावमा हार व्यहोर्न बाध्य गराइ सिङ्गो पार्टीलाई असफल बनाउने कार्य हिजो भए र हुँदै आए। आफ्नै पार्टीको नेतालाई हराउनका लागि अको पार्टीको पक्षमा खुल्लमखुल्ला लाग्नेजस्तो निकै घृणित कार्य पनि विगतमा भए। अबका दिनमा पनि त्यसो भयो भने समग्र पार्टीविस्तारै आफ्नो विरासतबाट च्यूत हुन कत्ति बेर लाग्दैन।

तसर्थ यस महत्वपूर्ण समयमा सम्पूर्ण प्रतिनिधिले जिल्लाको नतिजाको सही मूल्याङ्कन गर्दै विवेकपूर्वक नेतृत्व चयन गर्न सक्नुपर्छ। जिल्ला अधिवेशनले कोरेको स्पष्ट खाकालाई महाधिवेशनले मूतरूप दिई काङ्ग्रेस फेरिँदै र परिष्कृत हुँदै गरेको सन्देश प्रदान गर्नुपर्दछ। तबमात्र आम कार्यकर्ता पङ्क्तिमा एक खालको रक्तसञ्चार हुन सम्भव छ, जसले काङ्ग्रेस इतिहासको मात्र होइन, भविष्यको समेत नक्सा कोर्न सक्ने पार्टीहो भन्ने कुरामा आम जनमानसमा विश्वास दिलाउनेछ। तसर्थ काङ्ग्रेसीजनले काङ्ग्रेस मात्र भएर यति बेला देशको बारेमा चिन्तन गर्दै ऐतिहासिक योगदान पस्कनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ। यस जिम्मेवारीलाई काङ्ग्रेसले महाधिवेशनको समयमा आफ्नो घरभित्र मिलाउन सक्यो भने भोलिका दिनमा अन्य पक्षलाई विश्वासमा लिन कुनै अप्ठेरो हुने छैन। यसका लागि महाधिवेसनकै दौरान प्रतिस्पर्धात्मक संस्कारको विकास गरी आर्थिक उन्नति केन्द्रित राजनीतिको थालनी गर्नु जरुरी छ। जसको सहायताले तमाम युवालाई स्वदेशी उत्पादनकेन्द्री बनाएर विदेशिने संस्कारबाट टाढा राख्न सकिन्छ। खासमा देशको उज्ज्वल भविष्य त्यसपछि मात्र छ। महाधिवेशनले यस गहन जिम्मेवारी निर्वाह गरी नयाँ संविधानको भावना र मर्म अनुरूप समाज र राष्ट्रलाई अघि बढाउन सक्षम नेतृत्व चयन गर्न सकोस्।

(लेखक नेपाली लेखक संघ, कास्कीका सचिव हुन्।)

Related News

सम्बन्धित समाचार

hero news full width