गीत-सङ्गीतको अन्तरसम्बन्ध

नेपाली सङ्गीत आज बाहिरी सभ्यताका सङ्गीतहरूबाट नराम्ररी आव|mान्त भएको छ। अब त यस्तो अवस्था सिर्जना भइसक्यो कि नेपाली सङ्गीतको अर्थ अङ्ग्रेजी भाषामा बुझाउनु परोस्।

आदर्श समाज सम्वाददाता
असार ७, २०७३

कवितामूलक प्रस्तुतिभित्रको एक उपविधा गीत हो र यो एउटा सामूहिक प्रस्तुति पनि हो। गीति विधाले गीतकार, सङ्गीतकार र गायकको सामूहिक संलग्नताबाट मात्र उचाइ प्राप्त गर्न सक्दछ। साहित्यका अन्य विधाको तुलनामा बढी महत्त्व पाएको गीत आज विश्व रङ्गमञ्चमा सबैभन्दा बढी झ्याङ्गिदै, फैल्दै र सर्वग्राहृय बन्दै गएको हुनाले यो अत्यन्तै लोकप्रिय विधाका रूपमा देखिएको छ। प्राचीन समयमा गाउनकै लागि रचिने कविता विधाको एउटा महत्तवपूर्ण भेद गीत विकासको प्रारम्भिक अवस्थामा मौखिक परम्पराबाट विकसित भएर एकातिर यसले आफ्नो अस्तित्वलाई कायम गरिरहेको छ भने कतिपय साहित्यिक विधाको जगको काम गर्नुका साथै यिनीहरूलाई जोगाइ दिन पनि गीतले महत्त्वपूर्ण भूमिका वहन गरेको पाइन्छ।

संस्कृत भाषाको तत्सम शब्द ‘गीत’को अर्थ गाइने वा गाइएको रचना भन्ने हुन्छ। यसले लयात्मक रूपमा कुनै कुरा अरुसमक्ष प्रस्तुत गर्दछ। नेपालीमा प्रचलित गीत शब्द अङ्ग्रेजीको लिरिक शब्दको रूपान्तर ठहरिन्छ। लिरिक शब्द ग्रीसेली भाषाको लुरिकोसबाट बनेको हो र यो शब्दले ‘लायर’ नामक वाद्ययन्त्रसँग गाइने पद्य रचनालाई बुझाउँछ। तसर्थ लिरिक शब्दको प्रयोग सङ्गीतबद्ध गीतका लागि गरिन्छ। सङ्गीत भरेर गाइएको गीतका लागि प्रयोग गरिने शब्दको पर्यायवाचीका रूपमा सङ् पनि व्यवहार गरिन्छ। नेपालीमा ‘सङ’ का लागि ‘गायन गीत’ प्रयोग गर्न सकिन्छ तर गीतले गायनको अर्थसमेत ग्रहण गरेकाले अङ्ग्रेजी लिरिक वा सङ शब्दका लागि नेपालीको गीत शब्द नै पर्याप्त हुन्छ। सङ्गीतको प्रयोग गरिए पनि नगरिए पनि गाउनका लागि तयार पारिएका गेय रचना नै गीत हुन्।

संस्कृत मन्दिरमा गीतको प्रारम्भ इ.पू. ३००० तिर रचिएको ऋगवेदमा प्रयुक्त स्तुतिपरक एवम् प्रार्थनापरक मन्त्रहरूबाट भएको मानिन्छ। प्राचीन ऋषि मुनिहरू पूजा, उपसना, अनुष्ठान आदिका समयमा मन्त्रहरू वा ऋचाहरू स्वरको आरोह र अवरोह मिलाएर वाचन गर्दथे। यिनै मन्त्र वा ऋचाहरू नै गीतका स्रोत बन्न पुगे। गेयात्मक तत्व विद्यमान भएका ऋचाहरू सामवेदसम्म आइपुगे पछि गीतको निकै विकास भएको मानिन्छ। गीतको भण्डार मानिएको सामवेदका ऋचा वा मन्त्रोच्चारणबाट गायन र नृत्यको आरम्भ भएको हो। सामवेदका ऋचाहरू गाउनकै लागि तयार पारिएका मानिन्छन्। यसमा सुन्दर गीतहरूलाई लिपिबद्ध गर्ने कार्य भएको छ। पछि गएर विभिन्न उपवेदहरू पनि जन्मे। तिनै मध्यको एउटा गार्न्धर्ववेद हो। गार्न्धर्ववेदमा सङ्गीतलाई स्थान दिइयो। त्यसैले सम्पूर्ण सङ्गीतको पहिलो स्रोत नै गार्न्धर्ववेद मानिन्छ। यसरी गीतको थालनी ऋगवेदबाट भएको पाइन्छ भने सङ्गीत वा वाद्यवादन -बाजाहरू) को थालनी गार्न्धर्ववेदबाट भएको पाइन्छ। सङ्गीतको विकास भएछि यसमा नृत्य पनि समावेश गर्न थालियो। यसको महत्त्व र रोचकता बढ्दै गयो। सङ्गीतका नयाँ-नयाँ लक्षण निर्धारण गरिए र विभिन्न किसिमका रागरागिनी उत्पन्न गर्ने काम भयो। वैदिक कालबाटै प्रारम्भ भएको गति सङ्गीतले लौकिक संस्कृतको समयमा निकै फस्टाउने मौका पाउँछ। बाल्मीकि रामायणमा लवकुशद्वारा गाइएका गेय पद्यांशहरू हुन चाहे, विकासशील महाकाव्य महाभारतमा अर्जुनलाई गीत, सङ्गीत र नृत्य जान्नु पर्ने प्रसङ्ग होउन्, यी सबै सर्न्दर्भबाट लौकिक संस्कृतमा गीत सङ्गीतले महत्त्व पाएको कुरा प्रष्ट हुन्छ।

संस्कृत भाषामा लगभग एघारौं बाह्रौ शताब्दीपछि गीत सङ्गीतका विषयमा विस्तृत अध्ययन गर्ने कार्य भएको पाइन्छ। श्री नि : शड्ढशा·देवले सङ्गीतरत्नाकरं ग्रन्थमा पद्यशैलीका माध्यमबाट गीत र सङ्गीतको महत्त्व र स्वरूपमाथि विस्तृत चर्चा गरेका छन्। यिनले यस ग्रन्थको पाँच सय ११ पृष्ठमा गीतको लक्षणको चर्चा गर्दै -‘सुस्वरं सरसं चैव सरागम् मधुराक्षरम् सालङ्कारं प्रमाणञ्च षड्विधम् गीतलक्षणम्’ अर्थात् सुन्दर स्वर, सरसभाव, रागयुक्त, मीठा अक्षरहरू भएको अलङ्कृत र प्रामाणिक विषय जस्ता तत्वहरूको मिश्रण भएको अभिव्यक्ति गीत हुन्छ भनेका छन्। यसैगरी सङ्गीतका प्रकाण्ड विद्वान् जयदेवले गीतगोविन्दम् कृति लेखेर शब्दसङ्गीतको माधुयद्वारा गेय कृतिको नमुना नै प्रस्तुत गरेका छन्।

यसैगरी, पश्चिममा पनि लगभग इ.पू. २६०० तिरबाट गीत लेख्ने र गाउने चलनअगाडि बढेको देखिन्छ। कसैको शोकमा चिहानमा लेखिएका शोकगीत ९’गलभचब कियलन० राजाको प्रशंसा गरेर लेखिएका सम्बोधन गीत सब भगवानको प्रार्थना गरेर लेखिएका भक्तिगीत ९जymल० सबपरिचमेली गीतका प्राचीनतम् नमुना मानिन्छन्। पूर्वमा प्रचलित ऋचहरू श्रुति परम्परामा चलेका थिए भने यस किसिमका इजिप्सियन गीतहरू चाहि त्यस बेलाका चिहाने ढु·ामा कुदिएका थिए। इ.पू. १५०० तिर इजिप्टमा नै प्रेमगीत तथा विदाइका भाव भएका गीतहरू रचना गरिएर र तिनलाई सङ्गीत भरेर विभिन्न स्वर लहरीमा गाउन थालियो। इजिप्टकै गीतका प्रभावमा ह्रि्रु सहित्यमा गतिहरू रचना गर्ने र गाउने परम्पराले निकै महत्त्व पाएको देखिन्छ। धार्मिक वसरमा गाउन तथा नृत्य गर्नका लागि रचना गरिएका र गाइएका गीतकै पृष्ठभूमिबाट होमरका ओडिसी र इलियड जस्ता विकासशील महाकाव्यहरू लेखिएको मानिन्छ। इ.पू. छैटौ/सातौं शताब्दीतिर ग्रीसमा धार्मिक समारोहका लागि गीत सिर्जना गरी सङ्गीतबद्ध रूपमा गाएर मनोरञ्जना प्रदान गर्ने परम्पराले गीत सङ्गीतको सम्बन्धलाई बलियो बनाएको पाइन्छ।

यीमाथि उल्लेख गरिएका सर्न्दर्भले गीतको ऐतिहासिक पृष्ठभूमिमा नै सङ्गीतको जन्म भएको कुरा बुझ्न सकिन्छ तथापि सङ्गीत गीतका लागि सबैभन्दा महत्त्वपूर्ण र अनिवार्य तत्व हो। गीत- सङ्गीतको सम्बन्ध नङ् र मासुको सम्बन्धजत्तिकै नजिकको हुन्छ। गीत विनाको सङ्गीत र सङ्गीत विनाको गीतको महत्त्व आर्थिदैँन अर्थात् सङ्गीतको अभावमा गीतको कल्पना गर्न सकिँदैन। सङ्गीतशास्त्रमा “गीतं बाद्यं तथा नृत्यम् त्रयो सङ्गीतमुच्यते” भनी नाच गान र बजान तीन थरी कलाको समष्टि योगलाई सङ्गीतको संज्ञा दिइएको छ। गीत, बाजा र नाच तिनै सङ्गीतशास्त्रका स्वतन्त्र शाखा हुन् तथापि यिनीहरू एक आपसमा नजिकको सम्बन्धमा बाधिएका छन्। “सम्यक प्रकारेण यद् गीयते तत् सङ्गीतम्” अर्थात् स्वर, ताल शुद्ध शब्दोच्चारण हावभाव मुद्रा आदि अङ्गका साथ जो गाइन्छ, त्यस शब्दको नाम सङ्गीत हो र सङ्गीतमा गायन नै प्रधान हुन्छ।

प्राचीन समयदेखि अहिलेसम्म पनि पूर्व र पश्चिम दुवै क्षेत्रमा सङ्गीतको महत्त्व उत्तिकै रहिआएको छ। तालको सिर्जना गर्ने ध्वनिको कलात्मक विन्यास सङ्गीत हुनाले यसको निर्माणका लागि ध्वनि नभइ हुँदैन। यो ध्वनि भाषिक र अभाषिक गरी दुर्इ किसिमको हुन्छ। गीतचाहिँ भाषिक ध्वनिपट्ट िपर्छ भने वाद्ययन्त्रको धूनचाहिँ अभाषिक ध्वनितिर पर्छ। यही ध्वनिहरूको सङ्गठित तरङबाट उत्पन्न हुने सङ्गीत सामान्यतः आन्तरिक सङ्गीत र बाहृय सङ्गीत गरी दुर्इ किसिमबाट निर्मित हुन्छ। गीतमा प्रयोग हुने ध्वनि तरङहरूको आपसी मेलद्वारा उत्पन्न हुने लय र आनन्द दायक शाब्दिक अभिव्यक्ति आन्तरिक सङ्गीत हो। यसलाई शब्द, सङ्गीत पनि भनिन्छ। वाद्ययन्त्रको प्रयोगबाट उत्पन्न वा अभिव्यक्ति हुने सङ्गीत बाह्य सङ्गीत हो। गीतको आन्तरिक सङ्गीतलाई उद्दीप्त बनाउने काम वाद्य सङ्गीतले गर्दछ। वाद्य सङ्गीतलाई धुन पनि भनिन्छ। वाद्य सङ्गीतमा सुर वा तालको आरोह-अवरोहबाट उत्पन्न हुने लयले श्रुति मधुरता दिने र रोमाञ्च उत्पन्न गर्ने काम गर्दछ। तसर्थ वाद्य सङ्गीतले गीतमा अभिव्यक्ति अर्थ वा भावगत परिवेश तयार पार्न सहयोगीको भूमिका खेल्छ।

गीतसँग वाद्य सङ्गीतको गहिरो सम्बन्ध भएकै कारण वाद्य सङ्गीतलाई नै अहिलेको अर्थमा सङ्गीत भनिन्छ र सङ्गीत सर्जकलाई सङ्गीतकार भनिन्छ। सङ्गीत आफैंमा सम्पूर्ण कला हो। यो ध्वनि तरङ्गहरूको आपसी मेलद्वारा उत्पन्न हुने लय र आनन्ददायक स्वरको संयुक्त अभियक्ति पनि हो। सङ्गीत केवल आवाज (ध्वनि) को कला हो। यही बाहृय सङ्गीत प्राप्त गरेपछि गीतलाई स्वर सङ्गीतले आकर्षक र श्रुतिरम्य तुल्याउँछ। त्यसैले गीत र सङ्गीत एक अर्काका पूरक हुन्। गीत सङ्गीत खोज्दछ, सङ्गीत स्वर खोज्दछ, राम्रो गीत र राम्रो स्वरमा सङ्गीत बग्छ। राग, लय र अन्तरा, ध्वनि व्यवस्थापन र सुरताल आदि साङ्गीतिक तत्व मिलाएर सङ्गीतकारले वाद्य सङ्गीत वा तला त्यसमा भर्छ। अतः सङ्गीतकार र गायकले पनि गीतमा भावनुकूलको चमत्कार दिएका हुन्छन्। अनिमात्र गीत जीवन्त बन्छ। तसर्थ सङ्गीतको अभावमा गीतले पूर्णता पाउन सक्दैन। गीतको सबैभन्दा ठूलो चिनारी नै सा·ीतिक हुनु हो। सङ्गीत र स्वरलाई प्राचीन कालदेखि नै संयुक्त रूपमा लिइएको पाइन्छ। सङ्गीतले शब्दको सामान्य अर्थलाई पनि उच्च र प्रभावकारी बनाइदिन्छ। गीतमा सामान्यतः शब्द सङ्गीत, मौखिक सङ्गीत र वाद्य सङ्गीत गरी तीन प्रकारको सङ्गीतको स्िथति रहन्छ, प्राचीन कालमा पनि गीतमा मौखिक सङ्गीत तथा वाद्यसङ्गीतको अनिवार्यता माझिन्थो भने आज पनि गीतलाई खुलाउनका लागि यिनीहरूको आवश्यकता पर्दछ।

मैले यो लेखमा सङ्गीतशास्त्रका केही सैद्धान्तिक कुरामात्र उठाउने प्रयास गरेको हुँ किनभने विश्व मानचित्रमा सानो देखिने नेपाल अनेक विविधतापूर्ण सांस्कृतिक र साङ्गीतिक देश ठहरिएको छ। विश्व सङ्गीतमा नेपालले पनि आफ्नो परिचय दिन थालेको छ। नेपालको मौलिक सङ्गीत र संस्कृतिको संरक्षण र सर्म्बर्द्धन हुन सकेमा मात्र हाम्रो जातीय पहिचान बाँच्न सक्छ। विश्व सङ्गीतमा लोकसङ्गीतको आफ्नो विशिष्ट स्थान रहेकाले परम्परागत रूपमा नेपाली लोकगीतभित्र गुञ्जने लोकसङ्गीतले नेपाली सङ्गीतको विकासमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा निरन्तर योगदान पुर्‍याइरहेको कुरा बिर्सनु हुँदैन। नेपाली सङ्गीत जगतमा लोकसङ्गीत, शास्त्रीय सङ्गीत र आधुनिक सङ्गीत गरी सङ्गीतका तिन वटा विधाले महत्त्व पाइरहेको देखिन्छ। सन् १९७६ जुन २१ तारिखमा फ्रान्सबाट सुरु भएको विश्व सङ्गीत दिवस मनाउने परम्पराले विश्वमा चार दशकभित्र सङ्गीतमा के-कस्ता उपलब्धि प्राप्त गर्‍यो – यो एउटा पक्ष हो भने वि.सं. २०५५ सालबाट फ्रेन्च कल्चर सेन्टरको सहयोगमा नेपाली सांस्कृतिक संस्थानले काठमाडैंबाट सुरु भएको विश्व सङ्गीत दिवस मनाउने परम्परा विस्तार भएर पोखरासम्म आइपुग्दा यसले के-कस्तो उपलब्धि हासिल गयो भनेर खोज्नु अर्काे पक्ष हो।

२०६० सालमा तीर्थ श्रेष्ठको अगुवाइमा पोखरेली युवा सांस्कृतिक परिवारको आयेजनामा मनाइएको विश्व सङ्गीत दिवसले निरन्तर पाइरहेको छ भने यसले प्राप्त गरेका उपलब्धिहरूलाई बचाइराख्नु अको चुनौती पनि छ।

नेपाली सङ्गीत आज बाहिरी सभ्यताका सङ्गीतहरूबाट नराम्ररी आव|mान्त भएको छ। अब त यस्तो अवस्था सिर्जना भइसक्यो कि नेपाली सङ्गीतको अर्थ अङ्ग्रेजी भाषामा बुझाउनु परोस्। नयाँ पुस्ता नेपाली सङ्गीतभन्दा विदेशी सङ्गीत ज्यादा बुझ्न थालेका छन्। उनीहरू विदेशी सङ्गीतकै धुन र तालमा रमाउँछन्। यही अवस्था रहने हो भने हामीले मनाइ रहेको विश्व सङ्गीत दिवस नेपाली सङ्गीतलाई बचाउन होइन, परम्परालाई धान्नमात्र मनाए जस्तो हुनेछ। यसका लागि नेपाली सङ्गीतकार र कलाकारहरूले बेलैमा सोच्नुपर्ने भइसकेको छ। यस सर्न्दर्भमा म रामशरण दर्नाललाई स्मरण गर्न चाहन्छु। उनले भनेका छन्-‘नेपाली सङ्गीतको साच्ची नै विकास र उत्थान गर्ने हो भने आजको अन्तराष्ट्रिय सर्न्दर्भमा देशमा एउटा सशक्त राष्ट्रिय वाद्यवादन र अन्तर्राष्ट्रिय स्तरमा वाद्यवादन राष्ट्रिय स्तरमा स्थापित हुन अत्यावश्यकमात्र होइन अनिवार्य नै छ। यसो भएमा नेपाली सङ्गीतका हरेक विधा र क्षेत्र पूर्णतातिर अग्रसर हुनेछन्। नेपाली सङ्गीतात्माको परिचय विश्वले पाउनेछ। नेपाली सङ्गीतले पनि विश्व सङ्गीतको परिचय पाउनेछ।

Related News

सम्बन्धित समाचार

hero news full width