जसरी एडम स्िमथलाई अर्थशास्त्रका पिता मानिन्छ त्यसै गरी बौद्ध धर्मका पिता गौतम बुद्धलाई मानिन्छ। बुद्ध धर्मका प्रवर्तक या जननी गौतम बुद्धको जन्म इ.पू. ५६३ मा नेपालको लुम्बिनी अञ्चलको कपिलवस्तुमा भएको हो। यसको हजारौं प्रमाण हामी नेपालीसँग हुँदाहुँदै पनि कतिपय भारतीयहरू बुद्धको जन्मको विषयमा झुटो प्रचार गर्दै हिँड्ने गर्दछन्। कतिपय रङ्गे हात गलत प्रचार गरेको फेला पारे पनि त्यसको प्रतिरोध गर्न भने हामी नेपाली सड्ढोच मान्छौं। यो स्वभाव आम नेपालीको जन्मसिद्ध स्वभाव हो। यसको अर्थ कसैसँग मनमुटाव नगर्ने असल छिमेकीको कर्तव्य निभाउनु रहेको छ तर भारतीयहरू सोझत्वको फाइदा उठाएर सोझा सीधा नपालीको मानमर्दन गर्न खोज्छन्। यसलाई भारतीयहरूको लिंडे ढिपी वा बल मिच्याइँको संज्ञा दिन सकिन्छ।
गौतम बुद्धका पिता शुद्धोधन कपिलवस्तुका राजा थिए। उनकी आमाको नाम कोलिय अर्थात् राजकुमारी मायादेवी पनि भनिन्छ। बौद्ध धर्मग्रन्थ सूत्त निपातमा यसको उल्लेख गरिएको छ।
किम्बदन्ती के पनि छ भने सिर्द्धार्थ गौतम बुद्धकी आमा माहामाया कोलिय राज्यको देवदह माइत जाँदै गर्दा नेपालको लुम्बिनीस्थित एक आपको बगैँचामा गौतम बुद्धको जन्म भएको हो। जन्मिएको सात दिनपछि आमाको निधन भएपश्चात् सौतेनी आमा माहाप्रजापति गौतमीद्वारा बुद्धको पालन पोषण भएको मानिन्छ। इ.पू. २५० मा यहाँ स्थित अशोकद्वारा राखिएको अभिलेखमा ‘बुझेधे जाके शाक्य मुनिनी’ अर्थात् शाक्यमुनि बुद्ध यहाँ पैदा भएका थिए भन्ने उल्लेख छ। उक्त अभिलेख भएको ठाउँलाई ‘रुक्मिनदेवी’ नै अपभ्रंश भएर हाल बोलीचालीको भाषामा ‘रूपन्देही’ भएको मानिन्छ।
नेपालको भूभागमा वा नेपाली इतिहासमा मात्र होइन विश्वमै गौतम बुद्धको स्थान र मर्यादा साह्रै (ज्यादै) आदरका साथ लिने गरिन्छ। आगामी २०७० वैशाख २५ गते विश्वभर बुद्ध जयन्ती खूब धुमधामका साथ मनाइँदै छ। नेपालमा जन्मिएका बुद्धको जन्मस्थल लुम्बिनीबाट अखण्ड शान्तिदीप कोरियाको राजधानी सियोल लैजाने र त्यहाँको गुम्बामा राखिने चर्चा छ। बुद्ध जयन्ती मनाउन विश्वका धेरै देशबाट सियोलमा भव्य रूपमा महोत्सव मनाउने तयारी भइराखेको समाचार छापामा आइसकेको छ। हजारौंको सङ्ख्यामा बौद्ध धर्मावलम्बी त्यहाँ सहभागी हुनेछन्। त्यस अवसरमा बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने तथ्य बोध गराउन झाँकीको रूपमा नेपालबाट लगेको अखण्ड शान्तिदीप प्रस्तुत हुनेछ। जुन मुख्य आकर्षक ठहरिने अनुमान सबैले गरेका छन्। जसलाई नेपाल सरकारले आफ्नो तर्फबाट सहयोग र साथ दिनेछ भन्ने आम नेपाली तथा बौद्ध धर्मावलम्बीहरूको अपेक्षा रहेको छ।
कोरिया स्थित नेपाली राजदूतावास अनि त्यहाँका बौद्ध धर्मावलम्बीसम्बन्धी संस्था ‘दु साङ्सा बीच गत २०६९ पुस २२ गते शान्तिदीप कोरिया लैजाने सम्बन्धमा नेपाल र कोरिया दुवै देशबीच सहमति पत्रमा हस्ताक्षर भइसकेको छ। महोत्सव अवधिभर प्रदर्शनमा राखिएको उक्त अखण्ड दीपलाई सियोलको पहाडको सिरानमा रहेको दु साङ्साको भव्य गुम्बामा सदाको लागि राखिने व्यवस्था मिलाएको खबरले बौद्ध धर्मावलम्बी र हामी नेपाल र नेपालीहरूको लागि सुखद पक्ष मान्न सकिन्छ। कोरिया स्थित राजदूत र दु साङसा गुम्बाका प्रतिनिधि टोली झोली लिएर अखण्ड शान्तिदीप लिन केही दिनभित्रै नेपाल आउने खबरले बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने तथ्यबोध विश्व जनमानसलाई गराउँदै केही मात्रामा भए पनि भारतीय भ्रम मेटाउने कुरामा आशावादी हुन सकिन्छ। जुन तमाम बौद्ध धर्मावलम्बी, नेपाल र नेपालीहरूको लागि उत्साहबर्द्धक र अत्यन्त खुसीको कुरा हुनेछ।
चिनका कन्फुसियर्स इ.पू. ५५१-४७९, प्लेटो, जराथ्रुस्र्ट इ.पू. ६६०-५८३, लाउन्स, अरिस्टोटल, जस्ता वरिष्ठ मानवहरूबुद्धकै युगमा जन्मिएका थिए। हामी हिन्दू धर्मावलम्बीले कर्मकाण्ड गर्दा ‘कलियुगे बौद्धावतारे’ भनेर सड्ढल्प पढ्ने गरिन्छ। बौद्धका युगमा धेरै महामानवको जन्म भए तापनि गौतम बुद्धको जस्तो सबैलाई साथ लिएर अघि बढ्ने प्रेरणादायी राजनीतिक दर्शन भने अरूमा भएन। फलतः बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै हामी नेपाली गच्छे अनुसारको सुखीले फुलेको आ-आफ्नो नाक मुसारिरहेका छौं तर बुद्धप्रति विश्वव्यापी रूपमा नेपालीले जसरी कलम चलाउनुपर्ने हो त्यो देख्दा यो मनमा विरक्त विरक्त विरक्त लागेर आउँछ। मनको न्यास्रो मेटाउन र बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने प्रमाण प्रस्तुत लेखले पुष्टि गर्न सक्छ र ?
Related News
सम्बन्धित समाचार
कास्की कांग्रेसको शिखर पुरूषको अवसान
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१