‘अवसरवादभित्र रुमलिएको नेपाली राजनीति’ हेर्दा

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७२

पेशाले अधिवक्ता स्याङ्जाका दुर्गानारायण ढकालको हालसालै प्रकाशित पुस्तकको नाम हो ‘अवसरवादभित्र रुमलिएको नेपाली राजनीति।’ ‘अवसरवाद’ भन्नाले कुनै पनि आस्था, विचार र सैद्धान्तिक दृष्टिकोणबाट विचलन भई आफ्नो स्वार्थ सिद्धिका निम्ति अंगालिएको मार्ग र व्यवहार बुझिन्छ। मूलभूत दृष्टिकोणबाट विचलित भई अवसरवादबाट प्राप्त हुने उपलब्धिलाई सामूहिक स्वार्थ र हितमा प्रयोग गरिन्छ भने राजनीतिक अर्थमा अवसरवादलाई सकारात्मक रुपले पनि हेर्ने गरिन्छ। राष्ट्रिय राजनीतिमा र वैदेशिकसम्बन्धमा पनि अवसरवादले भूमिका खेलेको हुन्छ। जस्तो कि संसदीय चुनाव भर्खरै सम्पन्न भएको अवस्थामा नवनिर्वाचित सांसदहरू स्वयम् नै छलफल र अन्तरक्रिया गर्न नपाउँदै वैदेशिक कुटनीतिज्ञले सन्धि-सम्झौताका प्रावधानअगाडि सार्दछन्। यस्तो अवसरमा विचार पुर्‍याउनसक्ने सबल पक्षलाई सकारात्मक असर र विचार पुर्‍याउन नसक्ने दुर्वल पक्षलाई नकारात्मक असर पर्न सक्दछ। जे होस्, राजनीतिमा अवसरवाद एक किसिमको विकृति नै हो। जुनसुकै दलका नेता/कार्यकर्ताले दलको दस्तावेजमा स्पष्ट लेखिएको सिद्धान्त र लक्ष्यविपरीत काम गरी अतिरिक्त फाइदा लिन सक्छन्। उनीहरूमध्ये जो-कोहीले पनि अवसर मिलेका बेला निजी फाइदा लिइहाल्नुपर्छ भन्ने नियत राखी व्यवहार गर्न सक्छन्, र यसरी उनीहरूले अवसरवादी चरित्र प्रदर्शन गर्दछन्। यस्ता व्यवहार र चरित्र प्रदर्शन गर्नेहरूमध्ये राजनीतिक दलका नेता र कार्यकर्ताहरू गुट र उपगुटमा विभाजित भएर वा एक्लाएक्लै पनि समाज र राष्ट्रलाई आघात पार्ने गरी राजस्वकै रकम दुरूपयोग गरी भ्रष्टाचारमै पनि मुछिन सक्छन्।

२००७ सालदेखि हालसम्मको नेपाली राजनीतिलाई ७२ पृष्ठको पुस्तिकामा प्रस्तुत गर्ने लेखक ढकालले पुस्तकमा  सामान्य पाठकले सरस रूपमा बुझन सक्ने भाषाको प्रयोग गरेका छन्। पुस्तकमा १५ अध्याय छन्, प्रत्येक अध्यायलाई संक्षेपमा प्रस्तुत गरिएको छ। नेपालमा पार्टीस्थापना हुँदा सबै पार्टीबा उद्देश्य र परिकल्पना उपयुक्त देखिन्छन्। निरङ्कुश शासनबाट मुक्ति दिलाउने, सामन्ती प्रथा हटाउने, राजनीतिक चेतना जगाउने, आर्थिक-सामाजिक परिवर्तन ल्याउने आदि मूलभूत उद्देश्यका साथ राजनीतिक पार्टीरू गठन भएका हुन्। २००७ सालवरपर बीपी कोइरालाको नेपाली काङ्ग्रेस र पुष्पलाल श्रेष्ठको नेपाल कम्युनिस्ट पार्टीबाई मुख्य राजनीतिक पार्टीबा रूपमा लिइन्छ। सुरुमा बीपी कोइराला भारतीय कम्युनिस्ट पार्टीबाट प्रभावित रहे पनि उनले नेपाली काङ्ग्रेसको निर्माण गरे। २००४ सालमा नेपाली काङ्ग्रेसको जन्म भयो। त्यस्तै, पुष्पलाल श्रेष्ठ काङ्ग्रेस निकट रहँदा-रहँदै पनि उनले २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीनिर्माण गरे। २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा दुवै पार्टीको यथेष्ट योगदान छ। अवसरवादमा रुमलिँदै जाँदा दुवै पार्टीफुटेका पनि छन् र बीच-बीचमा जुटेका पनि छन्। यी दुबै पार्टीको इतिहास केलाउँदै जानु र अवसरवादी तत्व कसरी, कुन-कुन अवस्थामा प्रवेश गर्दै आएको छ भन्ने कुरा देखाउनका निम्ति बृहत परिश्रमको खाँचो पर्दछ। तथापि यो सानो पुस्तकमा ढकालले मुख्य बुँदाका रूपमा अवसरवादको प्रवेश कसरी हुँदै आयो भन्नेबारेमा प्रस्ट पार्ने कोशिस गरेका छन्।

पहिलो अध्यायमा ‘नेपाली काङ्ग्रेस र अवसरवाद’ को चर्चा छ। काङ्ग्रेस सबैभन्दा लामो संर्घष्ाको इतिहास भएको पार्टीहो। यसको मूलभूत सैद्धान्तिक आधार नै प्रजातन्त्र र समाजवाद हो। यर्सथ, प्रजातान्त्रिक समाजवादका प्रणेता बीपी कोइराला नै हुन्। २०४६ सालपछिको काङ्ग्रेसका सम्बन्धमा ढकाल लेख्छन्-‘बीपीले भन्दै आएको समाजवादी अर्थनीतिको सट्टा निजीकरण, उदारीकणको अभियान सुरु भयो।’ सरकारी संस्थानहरू देशका साझा सम्पत्ति थिए। निजीकरणका माध्यमबाट ती पुँजीपतिका सम्पत्ति हुन गए। यसैका आधारमा अन्य अवसरवादी तत्व नेपाली काङ्ग्रेसमा प्रवेश गरेको तथ्यलाई छोटकरीमा ढकालले उल्लेख गरेका छन्।

दोस्रो अध्यायदेखि सातौं अध्यायसम्म कम्युनिस्ट पार्टीरूको फुट र जुटको विवरण प्रस्तुत गरेका छन्। वि.सं. २००७ सालदेखि २०२८ सालसम्म नेकपाको अध्यक्ष वा महासचिवका रुपमा जुनसुकै नेता रहे पनि स्पष्टतः पार्टीविभाजन भएको देखिँदैन। कोही सिद्धान्तनिष्ठ र कोही दरबारपरस्त हुँदै गएका कम्युनिस्ट नेताहरूको छुट्टाछुट्टै विवरण पुस्तकमा छ। टुटफुट भएका र नयाँ अस्तित्वमा आएका ६२ कम्युनिस्ट पार्टीको जन्म भएको उनले उल्लेख गरेका छन्। अवसरवादका कारण नै मूल पार्टीलाइनबाट ती नेताहरू छुट्टँिदै गएको देखाएका छन्।

नेपालको कम्युनिस्ट आन्दोलनमा नेकपा -माले)को धार सशक्त धारमा लिइन्छ। ६/७ कम्युनिस्ट संगठनका तत्कालीन धारलाई संगठित गरी वि.सं. २०३५ सालमा नेकपा माले -मार्क्सवादी लेनिनवादी) गठन भएको हो। २०३६ पछि विभिन्न समूहमा छरिएका क्रान्तिकारी कम्युनिस्टहरूको ध्रुवीकरण सुरु भयो। नेकपा मालेको अगुवाइमा २०४६ सालमा वाम मोर्चा निर्माण भयो। २०४७ साल पुस २२ मा तत्कालीन नेकपा माले र नेकपा मार्क्सवादीबीच एकता भई नेकपा एमाले बनेको हो।

२०४७ सालपछिको आम चुनावमा एमालेले संसदमा दोस्रो स्थान प्राप्त गर्‍यो। एकीकृत भएपछिको यति ठूलो सशक्त पार्टीमाले र एमालेका रूपमा दुर्इ धारमा छुट्टएि, दुर्इ पार्टीहुन गए। यसरी फुटिसकेका पार्टीरू पुनः एकीकृत भई एमालेमा नै समाहित भए। ‘माले र एमाले किन फुटे र किन जुटे’ भन्ने सवालमा पनि ढकालले अवसरवादी तत्वहरूको खोजी गरेका छन् र तिनको विश्लेषण पनि गरेका छन्। अवसर र स्वार्थमा गाँसिएका नेता-कार्यकर्ता फुट्ने/जुट्ने गरेका हुँदा तल्लो तहका कार्यकर्ताले जनयुद्धलाई समर्थन गर्न थालेका हुन् भन्ने ढकालले निचोड निकालेका छन्।

पुष्पलाल श्रेष्ठले नेतृत्व गर्दै आएको नेकपाको अको धारको नाम ‘चौथो महाधिवेशन’ को धारको पनि नेपाली कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण स्थान छ। यसै धारले नेपालमा जनयुद्धको पृष्ठभूमि तयार पारेको छ। यो धार पनि विभाजित थियोः नेकपा मशाल, नेकपा मसाल, नेकपा चौम आदिमा। यी सबै एकता केन्द्रमा स्थापित हुँदै नेकपा माओवादी बन्न पुगेको हो। २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा भयो। निजीकरण र उदारीकरण सिद्धान्तप्रति आकषिर्त हुँदै गएका कम्युनिस्टहरूलाई ढकालले अवसरवादी कम्युनिस्टका रूपमा प्रस्तुत गरेका छन्। बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको रहस्यमय मृत्यु भएकाले नेतृत्व कमजोर भएको र जनयुद्धले तीव्रता पाएको यथार्थ पनि पुस्तकमा झल्काइएको छ।

सशस्त्र जनयुद्धले राजनीतिक-सामाजिक उथलपुथल ल्याइदियो। युद्धमा धेरै जनधनको नोक्सान भइरहेको थियो। यस्तैमा वि.सं. २०५८ साल जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश भयो। यसपछि पनि देशमा शान्तिका निम्ति राजनीतिक पहल हुनु जरुरी थियो। राजा ज्ञानेन्द्रले सत्ता सञ्चालनको बागडोर पूरै आफ्नो हातमा लिएपछि संसदवादी दलहरूबीचको एकता अपरिहार्य हुन गएको थियो। यससम्बन्धमा ढकालले शान्तिका निम्ति गरिएको पहल, व्रि्रोही शक्ति माओवादीले वार्ताका निमित राखेका एजेन्डा, संसदमा भाग लिएका सात दल र माओवादीबीचको समझदारीपत्र आदि उल्लेख गरेका छन्। निरङ्कुश राजतन्त्रको मातहतमा शेरबहादुर देउवाको नेतृत्वको सरकारमा प्रतिगमन आंशिक सच्चिएको भन्दै एमाले नेतृत्व पनि सहभागी भएको हुँदा ढकालले यसलाई अवसरवादको उदाहरणका रुपमा प्रस्तुत गरेका छन्।

नवौं अध्यायमा ढकालले ‘विस्तृत शान्ति सम्झौता’बारे उल्लेख गरेका छन्। जनयुद्धरत देश शान्ति र सम्झौतामा आउनु महत्वपूर्ण पक्ष हो। राजनीतिक दलहरू एकतामा आउनु र एकमत हुनु पनि सकारात्मक पक्ष हो। परन्तु यस खालको सम्झौता देशभित्र रहेर गर्नुपथ्यो वा देशबाहिर, यसको मूल्याङ्कनको सर्न्दर्भलाई भने उनले कोटयाएका छैनन्।

१० औँ अध्यायमा उनले ‘नेपालका कम्युनिस्ट आन्दोलनका विकृतिहरू’लाई कमै शब्दमा भए पनि उजागार गरेका छन्। अवसरवादमा फसेका नेता, कार्यकर्ताका जरा खोतल्ने प्रयास गरेका छन्। ११ औँ अध्यायमा ‘प्रजातान्त्रिक जनवादी आन्दोलनभित्रका अवसरवाद’लाई व्याख्यात्मक रूपमै प्रस्ट पारेका छन्। प्रजातान्त्रिक समाजवाद र बहुदलीय जनवादका पक्षधरहरूले नेपालका सार्वजनिक वा सरकारी संस्थानहरूलाई निजीकरणको नीति लिएर पुँजीपतिको पोल्टामा पारेको यथार्थलाई ढकालले स्पष्ट पारेका छन्। गोल्डक्वेस्ट र युनिटी लाइफ जस्ता खेलहरूमा कार्यकर्ता लागेका र सर्वसाधारणलाई आर्थिक मारमा पारिएको स्थितिलाई पनि उनले अवसरवादकै खेल ठानेका छन्। बाह्रौं अध्यायमा यिनले ‘एक्काइसौं शताब्दीको जनवाद’ शीर्षकमा देशको राजनीति जब अवसरवादमा परिणत हुँदै जान्छ, यसले भविष्यमा अरू सङ्र्घष्ा र युद्धहरू निम्त्याउँदै जानेछ भन्ने चेतावनी दिएका छन्। उनले लेखेका छन्-‘सुवाचन्द्र बोस, मदन भण्डारी र वीरेन्द्रको वंशनाश तथा दक्षिण एसियामा हत्या, हिंसाको राजनीति मौलाएझैं राजनीतिक दुर्घटना भई नेपालमा पुनः गृहयुद्ध हुने खतरा अझै पनि बाँकी छ।’

समाजवादी भावनाबाट विद्यार्थीकालदेखि नै अभ्रि्रेरित भएर हुनसक्छ, ढकालले पुस्तकमा ‘समाजवादी आदर्श’ शीर्षक लेख समावेश गरेका छन्। यो लेख राम्रो छ, लेखक आशावादी देखिन्छन्। मार्क्सवादको आधारभूत सिद्धान्त कुनै न कुनै रूपमा विश्वभर लागू भइरहेको छ भन्ने जनाएका छन्। ‘राजनीति सर्वेसर्वा हो’ हो भन्ने लेखमा राजनीतिलाई उच्च स्थानमा उनले राखेका छन्। अवसरवादमा निहित राजनीतिले पीडा थोपर्छ भने समाजवाद-उन्मुख राजनीति सर्वतोमुखी विकास र जन-भलाइतर्फ केन्द्रित हुन्छ भन्ने निष्कर्षमा लेखको अन्त्य भएको छ। ‘हाम्रो यथार्थ र मार्क्सवाद’ पुस्तकको अन्तिम लेख हो। नेपाली समाज बह जाति र बहु संस्कार भएको विचित्रको छ। यस्तो समाजको पछ्यौटेपनलाई हटाएर विज्ञानसम्मत सभ्य समाज बनाउन मार्क्सवादले भरपूर सहयोग पुर्‍याउनसक्छ भन्ने कुरामा पनि लेखक आशावादी देखिन्छन्।

लेखन क्रममा लेखकले होस पुर्‍याउनुपर्ने केही कुरा बाँकी पनि छन्। साल र मिति उल्लेख गर्नुपर्ने केही ठाउँमा विक्रम संवत र इस्वी संवत के हो स्पष्ट जनाउनुपर्छ।

हरसम्भव आफ्ना कुरा सरल वाक्य र सरल भाषामा व्यक्त गर्नुपर्छ। भाषिक पक्षमा ध्यान पुगेन भने पाठकलाई दाँतमा ढुङ्गा लागेजस्तो हुन्छ। खाना खाँदाको अनुभव र लेख पढ्दाको अनुभव उस्तै-उस्तै हो। यस्ता स-साना कुरालाई पनि ध्यानमा राख्दै यस पुस्तकले अझै विषयवस्तु थपेर, परिमार्जन गरी पुनः प्रकाशित भएमा आम पाठक अझ धेरै लाभान्वित हुनेछन्।

Related News

सम्बन्धित समाचार

hero news full width