पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता नेपाली खेलाडीलाई सरकारले घोषणा गरेको पुरस्कार रकम प्रदान गर्न शुरु गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयले मंगलबारदेखि खेलाडीको बैंक खातामा पुरस्कार रकम पठाउन थालेको हो । गत मंसिरको १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा साग खेलकुदको आयोजना गरिएको थियो ।
साग सकिएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीहरुलाई बालुवाटारमा बोलाएर पुरस्कार रकमको घोषणा गरेका थिए । पदक विजेता खेलाडीले ५ महिनापछि पुरस्कार पाउन थालेका हुन् ।
युवा तथा खेलकुद मन्त्रालयले पहिलो दिन १ सय ७९ जना खेलाडीको बैंक खातामा पैसा पठाएको छ । मन्त्रालयले सिस्टम ह्याक भएको कारण सबै खेलाडीको रकम पठाउन नसकिएको भन्दै बुधबार सबै खेलाडी र प्रशिक्षकको पुरस्कार रकम ब्यक्तिगत खातामा गइसक्ने पनि जनाएको छ । मन्त्रालयले खेलाडी र प्रशिक्षक गरी ६ सय २८ जनाको खाता पुरस्कार रकम पठाउनेछ ।
सरकारले १३ औं सागको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक विजेतालाई ९ लाख, रजत विजेतालाई ६ लाख र कांस्य विजेतालाई ३ लाख रुपैयाँ तथा एक भन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख रुपैयाँका दरले पुरस्कारको घोषणा गरेको थियो ।
यसैगरी, सरकारले टिम स्पर्धामा स्वर्ण पदक विजेतालाई ६ लाख, रजत विजेतालाई ४ लाख र कांस्य विजेतालाई २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।
सरकारले स्वर्ण जिताउने मुख्य प्रशिक्षकलाई जनही ५ लाख, रजतलाई ३ लाख र कांस्यलाई २ लाख, सहायक प्रशिक्षकलाई स्वर्णको ३, रजतको २ र कांस्यको १ लाख रुपैयाँ प्रदान गरेको छ । सरकारले टिम गेम र प्रशिक्षकलाई पछि कार्यविधि बनाएर पुरस्कार प्रदान गरेको हो ।
घरेलु भूमिमा तेस्रो पटक आयोजित सागमा नेपाल पदक तालिकाका भारतपछि दोस्रो भएको थियो । सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य गरी कूल २ सय ६ पदक जितेको थियो । गौरिका सिंहले पौडीमा सर्वाधिक ४ स्वर्ण, २ रजत र ३ कांस्य जित्दै इतिहास रचेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
जनप्रियको वार्षिकोत्सवमा सम्मान
खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१