म्याग्दी । मध्यरातमा परेको असिना पानीले म्याग्दीको ग्रामिण भेगमा खाद्यवालीमा ठूलो क्षति पुर्याएको छ।
जिल्लाको रघुगंगा गाउँपालिका–२ भगवती, ३ वडा पिप्ले र ४ वडा दग्नाम तथा पश्चिम मालिका गाउँपालिका क्षेत्रमा ठूलो क्षति पुर्याएको हो । करिब १ फिट सम्म परेको असिनाले गौँ, जौँ, मकै, सिमी लगायतका खाद्यबालीसंगै तरकारी खेतीमा समेत ठूलो क्षति पुर्याएको छ । असिना पानीसंगै आएको बाढीको कारण केही घरहरुमा समेत क्षति पुर्याएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाको वडा नं २ का दोलेन्द्र रिजालको घरमा ठूलो क्षति पु¥याएको छ भने नरसिङबहादुर खत्री लगायत सोही वडा स्थित ठूलाथर दलित बस्तीका करिब ४० घरमा सामान्य क्षति पुर्याएको छ । यसैगरी असिना पानीसंगै आएको बाढीले बेनी–राखु– भगवती सडक अबरुद्ध भएको छ । ‘मध्यरातमा परेको असिना पानी र बाढीले खाद्यबाली र तरकारी लगायत केही घरहरुमा ठुुूलो क्षती पुर्याएको छ ,’ अध्यक्ष भण्डारीले भने ,‘प्रभावित वडामा क्षतिको विवरण संकलन गरी आजै बस्ने गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठकबाट उचित राहतको ब्यवस्था गर्नेछौं ।’
जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, गाउँपालिका अध्यक्ष भण्डारी, वडा अध्यक्ष रिम कटुवाल लगायतको टोलीले भगवती क्षेत्रमा भएको क्षतिको विवरण संकलनमा जुटेका छन् । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल नेतृत्वको टोली समेत प्रभावित क्षेत्रमा पुगेका छन् । त्यसैगरी जिल्लाको मालिका गाउँपालिकाको वडा नं ७ बिम, वडा नं ५ देविस्थानको रुन्मा लगायतका क्षेत्रमा समेत असिना पानीले गौँ, जौ र सुन्तला खेतीमा क्षति पुर्याएको वडा अध्यक्ष रेशम जुग्जालीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
‘सिमेन्टमा मूल्यवृद्धि फिर्ता गर’
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१