प्रदेश प्रमुखद्वारा शुभकामना

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७६
Amik-Sherchan

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ वर्ष २०७७ सालको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली एवं गण्डकी प्रदेशबासी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिकाे शुभकामना व्यक्त गर्नुभएकाे छ।

वक्तव्यमा उहाँले कोरोना भाइरसको संक्रमणबाट बच्न सम्पूर्णलाई घरमै बसेर लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्नुभएकाे छ। साथै कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर खटिइरहनुभएका स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीहरूलाई धन्यवाद ज्ञापन गर्दै उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटिन अपिल गर्नुभएकाे छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै