पोखरा, २८ चैत । पोखरा महानगरपालिकाले स्थापना गरेको विपद राहत कोषमा एन प्याब्सन कास्कीले २ लाख १ हजार सहयोग प्रदान गरेको छ । एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, प्रथम उपाध्यक्ष केशवशरण पौडेल, सचिव मनकाजी गुरुङ, कोषाध्यक्ष रत्ना गुरुङले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई चेक हस्तान्तरण गरे ।
त्यस्तै कारिता नेपाल पोखरा शाखाले २ लाख ६७ हजार मुल्य बराबरको खाद्यान्न सामाग्री प्रदान गरेको छ । शाखाका पोखरा प्रमुख शोभा पौडेलले महानगर प्रमुख जिसीलाई हस्तान्तरण गरिन् भने पञ्चरत्न आयल स्टोर्सका सञ्चालक नवराज पौडेल र शोभा पौडेलले ५० हजार १ रुपैयाँ राहत कोषलाई प्रदान गरेका छन् । पौडेलद्धयले महानगरमै पुगेर प्रमुख जिसीलाई चेक हस्तान्तरण गरेका थिए ।
यसैगरी माछापुच्छ«े बैंक गण्डकी प्रदेश कार्यालयले १ लाख ७ हजार बराबरको राहत सामाग्री सहयोग गरेको छ । बैंकले पोखरा महानगरपालिकाभित्र रहेका अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर लगायत जोखिममा परेका व्यक्तिलाई राहत राहत सामाग्री उपलब्ध गराएको हो । माछापुच्छे« बैंक गण्डकी प्रदेश प्रमुख भुवनसिंह खत्रीले पोखरा महानगरका प्रमुख मानबहादुर जिसीलाई सामाग्री हस्तान्तरण गरे । यस्तै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि नेपालले फेलोसीप कार्यक्रमबाट बचत भएको ६० हजार रुपैयाँ महानगरले स्थापना गरेको राहत कोषमा सहयोग गरेको छ ।
फेलोसीप कार्यक्रमका संयोजक लायन किशोर बराल र डिष्ट्रिक्ट चिफ पि.आर.ओ ला.रामचन्द्र पोखरेलले संयूक्त रुपमा पोखरा महानगर प्रमुख जिसीलाई चेक हस्तान्तरण गरे ।्महानगर प्रमुख जिसीले कोरोना संक्रमणको संकटमा आफनो सामाजिक उत्तरदायित्व बहन गरी सहयोग गर्ने सवैको प्रशंसा गरे । जिसीले संकटको बेलामा गरेको सहयोग सह्रानीय भएको बताउँदै आ–आफ्नै ढंगले राहत वितरण गर्दा जोखिम बढ्ने हुँदा महानगरपालिले व्यवस्थित तरिकाले एकद्वार प्रणाली मार्फत राहत वितरण गरिरहेको बताए । महानगरले २ करोड, महानगरका कर्मचारीहरुबाट ४८ लाख ५० हजार जम्मा गरी राहत कोष स्थापना गरेको थियो भने उक्त कोषमा प्रदेश सरकारले १ करोड दिएको छ ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१