हेमजा, २८ चैत। पोखरा–२५, हेमजामा शुक्रवारदेखि राहत वितरण सुरु गरिएको छ।कोरोना भाइसरका कारण सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी बनाउँदा दैनिक जीविको पार्जनमा समस्या आएका परिवारलाई लक्षित गरी महानगरको सहयोगमा वडाले राहात बाढ्न सुरु गरेको हो।
जसअन्र्तगत याम्दी, मसिनावगर, क्रान्तिटोल, नमूना टोल, क्याम्प लगायतका क्षेत्रमा राहत वितरण भइसकेको छ ।त्यस्तै टोलटोलमै पुगि आइतवारसम्ममा राहत वितरण गरिसक्ने योजना आफुहरुको रहेको वडाध्यक्ष शोभाकर तिम्सिनाले बताए।वितरण अन्र्तगत ४ जनाबढीको परिवारलाई २५ केजी चामल, २ केजी दाल, १ केजी केराऊ, १ लिटर तेल तथा १ केजी नुन दिइएको छ भने ४ जनासम्मको परिवारलाई नुन १ केजी नै तथा अन्य बस्तुहरु आधा परिणाममा (साढे १२ केजी चामल, १ केजी दाल, आधा केजी केराऊ, आधा लिटर तेल) उपलब्ध गराइएको छ ।
उक्त कार्यमा जनप्रतिनिधि, प्रहरी, स्थानीय आमा समूह, युवा क्लव तथा विभिन्न संघसंस्थाका प्रतिनिधि खटिइएका छन् । कुल ३३ टोलमा विभाजन गरिएको हेमजामा ७ सय ६५ घरपरिवार विपन्न तथा दैनिक ज्यालादारी मजदुर लगायत जोखिममा परेको पहिचान गरिएको छ।वडाले भाइसरको संक्रमण यता विदेशबाट आएका कुल १८ जनाको पहिचान गरी उनीहरुलाई होम क्वारेन्टाइनमा राखेको छ। त्यस्तै वडा छिर्ने नाकालाई मध्यनजर गरी नागरिक स्तरमा विशेष जिम्मेवारी प्रदानगरी लकडाउनलाई कडाई गरिएको छ।
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१