Worldlink ads

स्वीकृत र समन्वय बिना राहत नबाड्न महानगरको अनुरोध

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७६
pokhara_office_photo

पोखरा, २४ चैत । पोखरा महानगरपालिकाले विभिन्न संघ संस्था तथा व्यक्तिलाई आफूखुसी राहत वितरण नगर्न अनुरोध गरेको छ । कोरोना भाइरसको महामारीको यो क्षणमा स्थानीय तहको स्वीकृत र समन्वय बिना राहत सहयोग संकलन भइरहेको जनगुनासो आएकोले त्यसप्रति पोखरा महानगरपालिकाको ध्यानकर्षण भएको जनाएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी विषम पस्थितिमा राहत वितरणलाई व्यवस्थित र एकद्वार प्रणली मार्फत गर्न केन्द्र, प्रदेश र स्थानीय तहले निर्णय गरेकाले यसलाई अक्षरस पालना गर्न सबैलाई अनुरोध गरिएको छ । ‘पोखरा महानगरपालिकाले एकद्धार प्रणालीबाट व्यवस्थित रुपमा राहत वितरणको व्यवस्था मिलाएकाले सहयोग गर्न इच्छुक महानुभावलाई महानगरको विपद् व्यवस्थापन कोष, राष्ट्रिय वाणिज्य बैकको खाता नं. ३०२०३०५०४९४०६ मा सहयोग रकम जम्मा गरिदिनु हुन अपील गर्दछु । विज्ञप्तिमा भनिएको छ ।

‘कोरोना भाइरसको महामारीको क्षणमा सबै तह र तप्काका नागरिकहरुमा आफ्नो जीवन रक्षाको सवाल सबै भन्दा प्राथमिकतामा छ रहेको उल्लेख गर्दै विज्ञप्तिमा यस क्षणमा राज्य तहको उपस्थिति र आफ्नो नागरिकप्रतिको दायित्व निर्वाह गर्ने महत्वपूर्ण जिम्मेवारी हाम्रो हो, भन्नेमा महानगरपालिकाको नेतृत्व सजग उल्लेख गरिएको छ । ‘महामारीमा संक्रमण फैलिन नदिन राज्यको अनुरोधलाई स्वीकार गरी आफ्नो दैनिकी सञ्चालन गर्ने नागरिकहरुलाई धन्यवाद दिन चाहन्छु ।’ जिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विश्व महामारीको रुपमा आएको कोभिड–१९ बाट पोखरा महानगरपालिका भित्र बसोबास गर्ने विपन्न नागरिकहरुलाई पर्न जाने दैनिकीको असुविधाप्रति पोखरा महानगरपालिका सम्वेदनशील रहेको व्यहोरा सम्पूर्णमा अनुरोध विज्ञप्ति मार्फत गरिएको छ ।

पोखरा महानगरपालिकाले अति विपन्न, दैनिक ज्यालादारी, मजदुहरुको चुल्हो निभ्न नदिन वडा कार्यालयहरु मार्फत् राहत वितरण व्यवस्था मिलाएको भन्दै विज्ञप्तिमा राहत वितरणसँगसँगै कोरोना संक्रमण फैलिन सक्ने भएकोले यसतर्फ सजग र सतर्क रही व्यवस्थित रुपमा वितरणको व्यवस्था मिलाउन सबै वडा कार्यालयहरुलाई अनुरोध विज्ञप्तिमा अनुरोध गरिएको छ । ‘राहत पाउने लाभग्राहीलाई पनि संयमित र अनुशासित रुपमा भौतिक दूरी कायम गरी राहत लिनहुुन अपील गर्दछु । ’ महानगर प्रमुख जिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Related News

सम्बन्धित समाचार

    • ६ सयमै पोखरा घुम्न पाइने

      Suraj Hazare Dahal भाद्र ३१, २०७८
      पोखरा । छोटो अवधिमै पोखरा घुम्न चाहनेलाई कम शुल्कमै बस सेवा सञ्चालन हुँदैछ । कोरोना संक्रमण घटेसँगै पर्यटकीय नगरी पोखरा…
    • बगैंचा टोल विकासमा मीना

      आदर्श समाज संवाददाता भाद्र ३०, २०७८
      पोखरा । बगैंचा टोल विकास संस्था पोखरा ६, बैदामको अध्यक्षमा पुन मीना ढकाल चयन भएकी छन् । संस्थाको बुधबार सम्पन्न…
    • भवानी आमा समूहमा समीक्षा

      आदर्श समाज संवाददाता भाद्र ३०, २०७८
      पोखरा । पोखरा ८ कुँवरटोलस्थित भवानी आमा समूहको दशौं साधारणसभा तथा छैटौं अधिवेशन बुधबार भएको छ । पोखरा ८ का…
    • कास्कीमा निषेधाज्ञा हट्यो, रात्रिकालीन व्यवसाय र पठनपाठन खुल्यो

      आदर्श समाज सम्वाददाता भाद्र ३०, २०७८
      पोखरा, ३० भदौ । कास्कीमा साढे ४ महिनादेखिको निषेधाज्ञा असोज १ देखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले…
    • मृत्यु जितेकी मनमाया

      सुनील सापकोटा भाद्र ३०, २०७८
      पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट बिरामी डिस्चार्ज तयारी भइरहेको थियो । डिस्चार्ज गर्दा अस्पतालका प्रमुखहरुको उपस्थिति आवश्यक हुँदैन, न त…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads