पोखरा ३२ मा डिसइनफेक्सन छर्न शुरु

कविराज खनाल
चैत्र २३, २०७६
IMG_20200405_083851

लेखनाथ २३, चैत । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरुस को भिड १९ को संक्रमित नेपालमा पनि देखिए पछि सरकारले गरेको लकडाउनको तेहौ दिन पोखरा महानगरपालिका वडा नंं ३२ का विभिन्न स्थानमा स्थानीय युवा क्लव र विभिन्न संस्थाले संक्रमण रोक्न डिसइनफेक्सन छर्न शुरु गरेका छन् ।

कोरोना भाइरस ( कोभिड –१९) को संक्रमण रोक्न शनिवार पोखरा ३२, राजाको चौतारामा रहेको चौतारी युवा क्लव, राजाको चौतारा वजार व्यवस्थापन समिति, मालमुल खानेपानी आयोजना, आदर्श आमा समुह, प्रहरी विट र वडा कार्यालयको सहयोगमा डिसइनफेक्सन छर्न सुरु गरिएको हो । वडा भित्रका सातमुहाने, झौरी चोक, मालमूल, खोलाको छेऊ, ढोडवेसी, देउराली फेदी र मालेपाटन क्षेत्र वरपर छरीएको क्लवका अध्यक्ष इन्द्रप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यसै गरी सोही वडामा आइतवार गगन कालिका वचत तथा ऋण सहकारी संस्थाको सहयोगमा तल्लो गगनगौडा क्षेत्र भित्रका विभिन्न स्थान तल्लोगगनगौडा वजार, भत्केको चौकी, स्कूल टोल, मजुवा, लामेआहाल, ठूलापाटन क्षेत्रमा संक्रमण रोक्न डिसइनफेक्सन छरिएको साथै संस्थामा आवद्ध सदस्यहरुलाई , माक्स र पन्जा पनि वितरण गरीएको र डिसइनफेक्सन छर्न अघि सर्वसाधारणलाई घर भित्र सुरक्षित वस्न अनुरोध गरीएको संस्थाका उपाध्यक्ष किसान परियारले जानकारी बताए ।

संस्थाका लेखा संयोजक मुकुन्द घिमिरेले भाइरसलाई मार्नका लागि पानीमा क्लोरिन मिसाएर डिसइन्फेक्सन तयार गरी सुरक्षित डिसइनफेक्सन छरिएको र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width