काठमाडौं, २३ चैत । चीनले अमेरिकाको सबैभन्दा बढी कोराना प्रभावित राज्य न्युयोर्कका लागि १ हजार थान भेन्टिलेटर उपलब्ध गराएको छ। न्युयोर्क राज्यका गभर्नर एन्ड्रिउ कुमोले भेन्टिलेटर उपलब्ध गराएको भन्दै चीनप्रति आभार व्यक्त गरेका छन् ।
चीनबाट पठाइएका भेन्टिलेटर शनिबार पुगिसक्ने बताए पनि अहिलेसम्म प्राप्त भइनसकेको न्युयोर्क राज्यले जनाएको छ । कोरोनाको संक्रमणदर उच्च भएपछि न्युयोर्कमा भेन्टिलेटरको अभाव छ । यही अभावबीच चीनले भेन्टिलेटर उपलब्ध गराएपछि न्युयोर्क राज्यलाई राहत मिलेको छ ।अमेरिकी केन्द्र सरकारबाट समेत थप एक सय ४० भेन्टिलेटर उपलब्ध हुने गभर्नर कुमोले बताएका छन् । तिक्ततापूर्ण सम्बन्ध रहेका मुलुकबाट अमेरिकालाई प्राप्त भएको यो दोस्रो सहयोग हो । यसअघि सहयोग सामग्री बोकेको रसियन सेनाको एएन–१२४ नामक विशाल विमान न्युयोर्क विमानस्थलमा ओर्लिएको थियो । जसमा भेन्टिलेटर, मास्कलगायतका स्वास्थ्य सामग्री थिए ।
कोरोना भाइरससम्बन्धी आफ्नो दैनिक ब्रिफिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क सिटीका लागि आवश्यक सबै स्रोत र साधन उपलब्ध गराइने बताएका थिए । जोन हप्किन्स विश्वविद्यालयका अनुसार, न्युयोर्क सिटीमा संक्रमण दर पनि ह्वात्तै बढेको छ । पछिल्लो तथ्यांक अनुसार, यो राज्यका मात्रै एक लाख १३ हजार मानिस कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका छन् ।
यो संख्या झण्डै इटालीभर फेला परेको कोरोना संक्रमितको संख्याभन्दा मात्रै ११ हजार छ सय ३२ ले कम हो । न्युयोर्क स्टेटका गभर्नर एन्ड्रिउ कुमोले ४ र १४ दिनमा संक्रमण थप बढ्ने बताएका छन् । कोरोनाको इपिसेन्टर बनेको अमेरिकाका तीन लाख मानिसमा कोरोनाको संक्रमण भेटिएको छ भने झण्डै आठ हजार मानिसको ज्यान गएको छ । न्युयोर्कमा एकैदिन छ सय ३० जनाको ज्यान गएको छ ।
Related News
सम्बन्धित समाचार
सहमतिबाटै सरकारः प्रचण्ड
बुधबारदेखि टिकट काउण्टर बन्द
लेउवा संघ गण्डकीकै उत्कृष्ट
प्राविधिक शिक्षामा जोड दिन आवश्यकः प्रदेश प्रमुख शेरचन
तनहुँ समाज र मातृभूमि सहकारीको शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७आहा ! फुटबलमा दर्शक
चैत्र ३०, २०७७कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७