सङ्घसंस्थाले बाँड्ने राहत नलिन गाउँपालिकाको आग्रह

रासस
चैत्र २३, २०७६
how-i-learned-to-say-no-feature

हेटौँडा ।  मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले विभिन्न सङ्घसंस्थाले वितरण गर्ने राहतलाई अस्वीकार गर्न स्थानीयवासीलाई अनुरोध गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत अध्यक्ष मोक्तानले लकडाउनको अवधिमा खाना नपाई कोही मर्न नदिने सरकारले योजना बनाइसकेकाले ढुक्क हुन अपिल गर्नुभएको छ ।

“कसको घरमा चुलो बल्न बन्द हुनलाग्यो छातीमा हात राखेर नढाँटीकन स्थानीय सरकारलाई खबर दिई सहयोग गर्नुहोला हामी स्थानीय सरकारका प्रतिनिधि त्यहाँ पुग्छौ”, उहाँले भन्नुभएको छ । अध्यक्ष मोक्तानले गाउँघरमा थुप्रै रैथाने चिजबिजहरु खाएर समेत बाँच्न सकिने भन्दै पोका बाँडेर आफूलाई भगवान् बनाउन खोज्नेको राहत अस्वीकार गर्न अनुरोध गर्नुभएको छ ।

मोक्तानले “गाउँमा खोले, सिस्नु, गिठ्ठा, भ्याकुर, कर्कलो, निउरो, टाकीको साग, कोइरालाको पूmल, सिफ्लिगान, केराको बुङ्गो, वनतरुल, पिडालु, सिमलतरुल, पुतलीतरुल, चुइया र यस्तै अन्य नानाथरि प्रकृतिले उपलब्ध गराएको मौसमी चिजबिज खाएर बाँचिरहेका हामी नेपालीलाई वनमान्छे देख्ने र दयाको पात्र सम्झने आफूले आफूलाई भगवान् देखाउन सेतो चामलको बोरा बाँड्न आउनेहरुमाथि नै मनोदशारुपी कोभिड–१९ को भयानाक आक्रमण देखियो ।

मानवीयताको हिसाबले सहयोग गर्ने यतिखेर नै हो, हामी–हामीबीचमै सहयोग आदनप्रदान गर्न सकिन्छ, जे छ बाँडेर खाना सकिन्छ । यो सङ्कटको बेलामा वल्लोपल्लो घरबाट एैचोपैचो चलाउँ, जिउँदाको जन्ती मर्दाको मलामी तपाईं हामी नै हौँ ।”

Related News

सम्बन्धित समाचार

  • पंगेनीको प्रस्तुतिमा रमाए दर्शक

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । लोकप्रिय गायक बद्री पंगेनीको प्रस्तुतिमा पोखरेली दर्शक रमाएका छन् । प्रायः वियोगान्त गीत गाएर दर्शकलाई रुवाउने लोक तथा…
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शिक्षा र स्वास्थ्यमा ठूलो परिवर्तन भएको बताएका छन् । कुलपति हैशियतमा पोखरा स्वास्थ्य…
  • करार र काजले भरिएको पोखरा महानगर

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । तनहुँ घिरिङ गाउँपालिकामा कार्यरत् सातौं तहकी इन्जिनियर ज्योति थापा २०७७ फागुनमा पोखरा महानगर काजमा सरुवा भइन् । काज…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानको…

hero news full width