मादी गाउँपालिकामा आइतबारदेखि राहत वितरण

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७६
IMG_0809

कास्कीको मादी गाउँपालिकाले आइतबारदेखि विपन्न र कठिन अवस्थामा रहेका नागरिकहरुलाई खाद्यान्न राहत उपलब्ध गराउने भएको छ । शनिबार बसेको विपद् ब्यवस्थापन समितिको बैठकले आइतबार देखि वडा वडामा पुगेर दैनिक गुजारा चलाउन सकस परेका र असंगठित क्षेत्रमा काम गर्ने श्रमिक तथा असहायहरुलाई खाद्य सामग्री वितरण गर्ने निर्णय गरेको हो ।

गाउँपालिकामा निर्माणाधीन सुपर मादी हाईड्रो पावर लिमिटेडका अध्यक्ष पुष्पज्योती ढुंगानाले रु. १२ लाख ७३ हजार बराबरको खाद्य सामग्री सहयोग गरेका छन् । सोही खाद्यान्न पहिलो चरणमा नागरिकलाई वितरण गरिने र राहतका प्यकेजहरु थप गर्दै जाने गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम) ले जानकारी दिनुभयो ।

यसबाहेक गण्डकी प्रदेश सरकारले पनि लकडाउनको कारणले दैनिक गुजारा चलाउन नसकेका व्यक्तिलाई लकडाउनको अवधिभर जीवनयापनको लागि राहत उपलब्ध गराउन रु. ५ लाख रुपैयाँ गाउँपालिकालाई उपलब्ध गराउने भएको छ ।

मादी गाउँपालिकाले राहत वितरण गर्नकै लागि प्रकोप ब्यवस्थापन कोष स्थापना गरेको छ । सहयोग गर्न चाहनेले माछापुच्छ्रे बैंकको खाता नं. ८३०१५२४५१४७२९०६४  मा नगद जम्मा गर्न सकिने गुरुङले बताउनु भयो । उहाँले सक्दो सहयोग गर्न पनि अपिल गर्नुभएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width