एनआरएनए कोरियाले पठाउने स्वास्थ्य समाग्री चीनमा नै थन्कियाे

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७६
12

एनआरएनए कोरियाले कोरोना भाइरस परीक्षण गर्ने चार हजार किटसहित अन्य स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । एक हप्ताअघि नै नेपाल पुगिसक्नुपर्ने उक्त किट विमान उडान प्रभावित हुँदा पठाउन समस्या भएको हो ।

यससँगै उक्त किट नेपाल कहिले पुग्छ भन्ने अन्योल अझै कायमै छ । एनआरएनए कोरियाले आज जानकारीपत्र जारी गर्दै नेपाल पठाउने भनिएको उक्त चार हजार किट २४ घण्टाभित्र नै सुरक्षितरूपमा भण्डारण गरिनुपर्ने अनिवार्य बाध्यता र विमान उडान तालिकाको अनिश्चितताका कारण खरिद गरिएको किट नेपाल पठाउन नसकिएको हुँदा सुरक्षितरूपमा उत्पादक कम्पनीमा नै भण्डारण गरिएको र कोरियन एअरको सउल–काठमाडौँ चार्टर्ड उडान तालिकाको निश्चिततासँगै यथाशक्य छिटो नेपाल सरकारसमक्ष हस्तान्तरण गरिने जनाएको छ ।

जानकारी पत्रअनुसार उक्त चार हजार किटबाहेक अन्य स्वास्थ्य सामग्री दुई हजार पिपीइ सेट, १० हजार एन–९५ मास्क, २० हजार सर्जिकल मास्क, दुई हजार नेपाल पुग्ने ग्लास, दुई हजार प्रोटेक्टिङ भाइजर, १० हजार ग्लोब्स र ५०० थर्मोमिटरचाहिँ आजै चीनको ग्वान्जाउस्थित नेपाली महावाणिज्य दूतावासलाई जिम्मा लगाउने भएको छ ।

उक्त स्वास्थ्य सामग्री नेपाल एअरलाइन्सको विमान आगामी चार्टर्ड गरेका बखत नेपाल पुर्याइने छ । कोरिया सरकारले कोरियाबाट निर्यात गर्न बन्द गरेपछि उक्त स्वास्थ्य सामग्री चीनमै खरिद गरिएको हो । दुई हजार किट नेपाल पठाउने उद्देश्यका साथ एनआरएनए कोरियाले केही दिनअघि यहाँका नेपालीबाट प्रतिव्यक्ति एक किट सहयोगअभियान अन्तर्गत दुई दिनमै रु एक करोड ४० लाख बढी आर्थिक सहयोग गरेका थिए ।

(जीवन खत्री, काेरिया)

Related News

सम्बन्धित समाचार

  • सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । गण्डकीका सांसद जित शेरचन बजेट निर्माणमा फिक्सिङ भएका योजनाहरु अलपत्र परेको बताउँछन् । सरकारले बजेट बनाउँदा सांसदलाई थामथुम…
  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

    रासस माघ ११, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’…
  • राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव…
  • जनप्रियको वार्षिकोत्सवमा सम्मान

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । जनप्रिय माध्यमिक विद्यालय पोखरा–८, सिमलचौरको ५६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह बिहीबार सम्पन्न भयो । कार्यक्रम…
  • खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा, १० माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा एम बि आस्था निर्वाचित भएका…

hero news full width