काठमाडौं । कोरोना भाइरस व्यक्तिबाट व्यक्तिमा सर्ने गर्छ । कुनै संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यूँ गर्दा उनीहरूको शरीरबाट निस्कने कफ वा ओसिला छिटाहरूमा भाइरसहरू हुन्छन् । नजिकै रहेको स्वस्थ्य व्यक्तिले सास फेर्दा ती भाइरसयुक्त छिटाहरू शरीरभित्र जाने सम्भावना हुन्छ । भाइरस रहेको सतह वा बस्तु छोएको हातले मुख, नाक वा आँखा छोएमा पनि संक्रमण फैलिन्छ ।
कोरोना भाइरस दैनिक काम गरिने सतहहरू, ढोकाको ह्याण्डल जस्ता स्थानमा घण्टौँसम्म जीवित रहन्छन् । भाइरस कति समयसम्म जीवित रहन्छ भन्ने ती बस्तु वा सतहको माथिल्लो भाग कुन सामग्रीले बनेको छ भन्ने कुराले निर्धारण गर्छ ।
कोरोना भाइरस नयाँ भएकाले यसका बारेमा धेरै कुरा अनुसन्धान हुनै बाँकी छ । नोवेल कोरोना भाइरस दैनिक रुपमा छुने विभिन्न बस्तुमा कति समय जीवित रहन्छ भन्ने धेरैलाई जानकारी नहुन सक्छ ।
मेटल (धातु) –ढोकाको ह्याण्डल, गहना, चाँदीका भाँडामा भाइरसको आयु पाँच दिनसम्म रहन्छ ।
काठ –फर्निचर, सजावटका सामग्रीमा भाइरसको आयु चार दिनसम्म रहन्छ ।
प्लास्टिक – बसका सिट, एलिभेटरको बटन, प्लाष्टिक झोला, प्लास्टिक बोटलमा भाइरसको आयु दुईदेखि तीन दिनसम्म रहन्छ ।
स्टीनलेस स्टिल – रेफ्रिजिरेटर, भाँडा, किचन बेसिनमा भाइरसको आयुः दुईदेखि तीन दिनसम्म रहन्छ ।
कार्डबोर्ड – सिपिङ्ग बक्समा भाइरसको आयुः २४ घण्टासम्म रहन्छ ।
कप्पर (तामा)– तामाका भाँडा, पूजा सामान, पानी खाने जगमा भाइरसको आयुः चार घण्टासम्म रहन्छ ।
आल्मुनियम –आल्मुनियमका झ्याल ढोका, भाँडा, बोटलमा भाइरसको आयु दुईदेखि ८ घण्टासम्म रहन्छ ।
सिसा – गिलास, बोटल, कचौरा, मगमा भाइरसको आयुः पाँच दिनसम्म रहन्छ ।
सेरामिक (माटोका सामग्री) – प्लेट, मग, कचौरा, गमलामा भाइरसको आयु पाँच दिन रहन्छ ।
कागज – कागजमा कोरोना भाइरसका केही प्रजाति केही मिनेट मात्रै जीवित रहन्छन् भने केही भने पाँच दिनसम्म जीवित रहन्छन् ।
खाना –कोरोना भाइरस अहिलेसम्म खानामा पाइएको छैन । तर कुनै पनि फलफूल खानु पूर्व वा तरकारी पकाउनु पूर्व राम्रोसँग पखाल्नु उपयुक्त हुन्छ ।
पानी – कोरोना भाइरस पिउने पानीमा पाइँदैन ।
Related News
सम्बन्धित समाचार
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
hero news full width
मुख्य समाचार
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१