बार्सिलोना, १७, चैत्र । बार्सिलोनाका पूर्व कोच अर्नेस्टो भाल्भर्डेको विकल्पका रुपमा गरेको प्रस्ताबलाई इन्कार गरेको दुई महिनापछि क्लबका लिजेण्ड खेलाडी जाभीले कोचिङ क्याम्पमा फर्कने इच्छा व्यक्त गरेका छन् ।
गोल डटकमका अनुसार ड्रेसिङ रुममा कुनै समस्या नभए उनी बार्सिलोनाको स्थायी प्रबन्धकको भूमिका लिन तयार भएका छन् । जभीले पूर्व सहकर्मी नेमार र इंल्याण्डका डर्टमण्ड विंगर जाडोन सान्चोलाई साइन गर्नुपर्ने प्रस्ताब शर्तका रुपमा अघि सारेका छन् ।
बार्सिलोनामा रहेर उनले विश्व उत्कृष्ट मिडफिल्डर रुपमा रहँदै आठ ला लिगा उपाधि र चार च्याम्पियन्स लिग जितेका थिए ।
तत्कालीन प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई क्याम्प नाउँमा प्रतिस्थापन गर्न पूर्व खेलाडी जाभीलाई प्रस्ताब गरिएको थियो । प्रशिक्षणमा अनुभव नभएका जाभीले प्रस्ताब अस्वीकार गरेपछि रियल बेटिसका क्विक सेटीनलाई अन्ततः ड्रेसिङ रुमको जिम्मा दिइएको थियो ।
स्पेनी समाचार पत्र ला वान्ग्वार्डियासँगको अन्तर्वार्ताको क्रममा आफ्नो पुरानो मैदानमा फर्कने सम्भावनाबारे निकै उत्साहित भएको बताएका छन् ।
‘म स्पष्ट छु कि म बार्सिलोना फर्कन चाहन्छु, म धेरै उत्साहित छु,’ झाभीले भने ।
क्लबले जारी सिजनको कोपा डेल रे को सेमी फाइनलमा एथ्लेटिको मड्रिडसँग पराजित भएपछि प्रशिक्षक भाल्भर्डेलाई बर्खास्त गरेको थियो । त्यसपछिका प्रशिक्षक क्वीके सेटिनले पनि दुई महिनाको अवधिमा क्याम्प नाउँमा प्रभाब जमाउन सकेका छैनन् ।
जारी सिजनमा बार्सिलोना घरेलु लिग ला लिगामा २७ खेल सकिदा रियल मड्रिडलाई दुई अंकले पछाडी पार्दै ५८ अंक सहित शीर्ष स्थानमा छ । उता कोरोनाको कारणले स्थगित भएको युरोपियन च्याम्पियन्स लिगमा इटालीयन क्लब नापोलीको घरेलु मैदानमा भएको पहिलो लेग अन्र्तगतको खेलमा १–१ गोलसहित अवे गोलका आधारमा अग्रस्थानमा छ ।
स्टाल खेलाडी लुइस सुआरेज र ओस्मान डेम्बेले चोटका कारण सिजनभर नै मैदान बाहिर रहँदा बार्सिलोनाले गोलको खडेरी टार्न सकेको छैन ।
क्लबले फ्रन्टलाइनमा आफ्ना पूर्व खोलाडी नेमार र अर्जेटाइन स्टार मार्टिनेजलाई भित्र्याउन कसरत गरेको समाचारहरु प्रकाशन भइरहेका छन् ।
यी दुई खोलाडीको उपस्थिति रहे जाभीलाई प्रशिक्षणमा सघाउ पुग्ने छ । बार्सिलोनाले जाभीकै कप्तानीमा २०१४/१५ सिजनको च्याम्पियन्स लिग जितेपछि यस टुर्नामेन्टको फाइनल खेलेको छैन । जेम्स वेस्टवुड/गोल डट कम
Related News
सम्बन्धित समाचार
पोखरा ७ स्तरीय वृहत दौड प्रतियोगिता
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
hero news full width
मुख्य समाचार
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१