राजेशचन्द्र राजभण्डारी, बागलुङ, चैत १३ । लक डाउनकाे कारणले पसल बन्द भए पछि आम उपभोक्ताले दैनिक उपभाेग्य बस्तु किन्न नपाएको गुनासो आएपछि बागलुङ उद्योग बाणिज्य संघ र प्रहरी प्रशासनकाे सक्रियतामा काेराेना भाइरसकाे जाेखीम बाट बचेर सामान खरिदबिक्री गर्ने ब्यबस्थापन गरेको छ ।
बिश्वब्यापी रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ काे संक्रमित नेपालमा देखापरे पछि सरकारले देश लक डाउन गरेपछि दैनिक रूपमा चाहिने चामल दाल तरकारी नुन तेल दूध लगायतका अति आबश्यक पर्ने बस्तु खरिदबिक्री गर्ने ब्यबस्थापन गरेको बागलुङ उद्योग बाणिज्य संघले जनाएको छ ।
देश पुरै लक डाउनमा गएको बेला आम उपभोक्ता लाई बिहान बेलुकी खानकाे लागि चाहिने खाध्य सामग्री अहिले काेराेनाकाे संक्रमणकाे बेला सुरक्षित रूपमा खरिदबिक्री गर्ने नयाँ प्रवन्ध मिलाएको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी बताए ।
बागलुङ बजारको प्रमुख चाेक चाेकमा रहेका पसल अगाडि घेराबन्दी गरेर त्यहीँ घेरामा उभिएर सामान खरिदबिक्री गर्न अनुरोध गरेको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज भट्टले बताए ।
काेराेनाकाे डर त्रासको कारणले बागलुङ बजारका सबै पसलहरू बन्द भए पछि प्रहरी प्रशासनले जनताको सुविधाको लागि पसल ब्यबस्थित रूपमा खाेल्ने ब्यबस्था मिलाएको छ । काेराेनाकाे डर त्रासको कारणले यतिबेला सदरमुकाममा गाउँ गाउँ बाट तरकारी फलफूल दूध घ्यू लगायतका दैनिक उपभाेग्य बस्तु बिक्रीवितरण गर्न कृषकले ढुवानी नगरेपछि बजारमा तरकारी महंगो हुन पुगेको छ ।
सदरमुकाम सटर भाडामा लिएर व्यापार गर्ने ब्यबसायीहरू समेत घर घरमा फर्किए पछि दैनिक खाध्यान्न लगायतका बस्तु अभाव हुने देखिन्छ ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
hero news full width
मुख्य समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१