रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले लेकसाइडका ४ वटा रेष्टुरेण्ट खुलाउने भएको छ । पर्यटकीय नगरी पोखरामा रहेका पर्यटकलाई खाना खुवाउन सुविधा होस् भनेर रेष्टुरेण्ट खुलाउने निर्णय गरेको हो ।
रेवान पोखराले बुधबार जारी गरेको विज्ञप्ती अनुसार पर्यटकलाई लक्षित खुल्ने रेष्टुरेण्टहरुमा लेकसाइडको अम्बोट स्थित माउण्ट कैलाश रिसोर्ट, बाराही चौक स्थित मुनडान्स रेष्टुरेण्ट, मुस्ताङ चोक स्थित ड्याडी किचन र गौरीघाट स्थित होटल ग्लासिएर रहेका छन् ।
यी रेष्टुरेण्टबाट सुपथ मुल्यमा पर्यटकले खाना लिएर जान पाउने रेवान पोखराका प्रथम उपाध्यक्ष लक्षमण बरालले बताए । विज्ञप्तीमा जिल्ला प्रशासनसँग अनुमति लिएर नै यी रेष्टुरेण्ट खुलाएको उल्लेख छ ।
‘लेकसाईडमा पर्यटकहरुलाई खानाको समस्या भएको भने सुने पछि हाम्रो ध्यानाकर्षरण भएको छ, विज्ञप्तीमा भनिएकौ छ, कुनै पनि पर्यटक आफ्नो देश जान नसकेर यहि बस्नु भएको र सामान्य खाना खान पनि समस्या भएको भए उहाँहरुलाई खाना खुवाउनु मानवताको आधारमा पनि हाम्रो धर्म हो ।’
यी रेष्टुरेण्ट खुलेपछि पोखरामा रहेका पर्यटकलाई खानाका लागि समस्या नहुने बरालले बताए । होटलमा बस्ने गरेका पर्यटकलाई कुनै समस्या नभए पनि होस्टेलमा बस्ने गरेका पर्यटकहरुलाई लकडाउन पछि खाना खान अप्ठेरो भएको थियो । होटल ग्लासिएरका सञ्चालक राजेन्द्र ढकालले आफ्नो रेष्टुरेण्टमा आउने पर्यटकलाई निःशुल्क खाना दिने व्यवस्था मिलाएको बताए । ‘पर्यटकले ३ मिटर परबाट अडर गर्ने छन्,’ ढकालले भने ‘१० देखी मिनेट २० मिनेट सम्ममा तयार भएपछि लिएर जानु पर्ने छ । बसेर खान पाइदैन ।,’
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को परीक्षा आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
hero news full width
मुख्य समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१