विश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनको बेला पोखरामा मोटरसाईकल चलाउनेको चावी ट्राफिक प्रहरीले खोेसेको छ । ब्यापार ब्यवसाय र सार्वजनिक तथा निजी सवारी साधन सहित सबैजसो क्षेत्र ठप्प रहेको घोषणा गरेपनि अटेर गरी सडकमा निकालिएका मोटरसाईकल र स्कुटरको चावी प्रहरीले खोसेको हो ।
दिनभरीमा ४ सय भन्दा बढी मोटरसाईकलको चावी खोसिएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख इन्स्पेक्टर सन्तोष रोकाले जानकारी दिए । ‘सरकारले सडकमा नझर्नु भनेको छ । एउटा मुठो साग लिएर आउँछन्, अनि अत्यावश्यक चिज हो भनेर उम्किन खोज्छन्,’ उनले भने, ‘जाँड खाएर डुलिरहेका पनि भेटियो ।’
बुधबारदेखि अझै कडाई गर्ने उनले बताए । ‘सुरुमा चावी मात्रै खोसेर मोटरसाईकल डोहोर्याउदै लैजान भन्यौं । अहिले चावी र कागजपत्र पनि खोसेका छौं,’ उनी भन्छन्, ‘भोलिदेखि अरु कानुनी कारबाही पर्ने गर्नुपर्ने देखियो । यसलाई अझै कडा गर्दैछौं ।’
सर्वसाधारणमा अझै सावधानीका लागि कुनै तयारी नहरेको र आफ्नै स्वास्थ्यप्रति गम्भीर नभएको रोकाको गुनासो छ ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१