सांसद गुरुङले दिइन् निःशुल्क मास्क

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७६
mask

पोखरा । गण्डकी प्रदेश सांसद एवं हङकङ व्यूटि इन्स्टिच्यूट प्रालि संचालक मीना गुरुङले मास्क वितरण गरेकी छन् ।बजारमा मास्क अभाव र कालाबजारी भएको अवस्थामा सांसद गुरुङले आफ्नो सामाजिक उत्तरदाहित्वबोध गर्दै सर्वसाधारणलाई आइतबार मास्क वितरण गरेकी हुन्।

कपडाबाट बनेको मास्क पोखराको महेन्द्रपुल क्षेत्रमा रहेका सर्वसाधारणलाई वितरण गर्दै कोरोना भाइरसबाट बच्न र बचाउन सेनिटाइजर र साबुनपानीले हात धुन समेत सुझाइन् ।
सांसद गुरुङले भनिन्, ‘अहिले विश्वमा परेको यो विषम परिस्थितिको घडीमा सकेसम्म आफ्नो क्षेत्रबाट कोरोना भाइरसविरुद्ध सचेत, सजग र पूर्व सतर्कता अपनाउनु पर्छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width