खुकुरी प्रहार गरेको आरोपमा दुई युवा पक्राउ

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७६

तनहुँ, ९ चैत । खुकुरी प्रहार गरेको आरोपमा शुक्ला गण्डकी नगरपालिकाका दुई युवालाई जिल्ला प्रहरी कार्यालय तनहुँ बेलचौताराले पक्राउ गरेको छ।पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका –४ निवासी रवि लामा र सोही नगरपालिका –१२ का भक्तबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले जानकारी दिए।

उनका अनुसार होलीको दिनमा शुक्लागण्डकी नगरपालिका अन्तरगतको दुलेगौंडाको युनिक चोकमा शुक्लागण्डकी–४ दुलेगौंडाका सुमित श्रेष्ठलाई धारिलो हतियार खुकुरी प्रहारगरी गम्भीर घाइते बनाएर उनीहरू फरार भएका थिए।घटनामा संलग्न ३ जना आरोपी लामा र गुरुङ जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा रहेका छन् भने अर्का आरोपी सुक्मित राना फरार रहेको तनहुँ प्रहरी प्रमुख सिलवालले बताए ।धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका श्रेष्ठको पोखरा स्थित फेवा सिटी अस्पतालमा उपचार भैरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width