पोखरा, ९ चैत । पोखरा महानगरपालिकाले आइतबार एक सूचना प्रकाशित गरी कोरोना भाइरसको संक्रमणबाट जोगिन अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु आगामी चैत २१ गतेसम्म उपलब्ध नहुने जानकारी गराएको छ ।
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइसरको संक्रमणबाट जोगिन नेपाल सरकारले सर्तकता अपनाउन भनिसकेकोले पोखरा महानगरपालिकामा आइतबार भएको प्रमुख स्तरीय निर्णयबाट चैत २१ गते सम्म अत्यावस्यक सेवा सरसफाइ, दमकल र स्वास्थ्य सेवा बाहेकका अन्य सेवा उपलब्ध नहुने महानगरका सूचना अधिकारी भरतराज पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।
सूचनामा कोरोना भइरसको संक्रमणबाट जोगिन कुनैपनि अफवाहकोपछि नलागि आवश्यक सचेतना अपनाउन, अनावश्यक रुपमा भिडभाडमा नजान, संयमित रहन, संभावित जोखिमहरुलाई आधार बनाएर खाद्यन्न, ग्यास, तेल तथा अन्य पेट्रोलियम पदार्थको कृत्रिम अभाव नगर्न नगराउनु हुन सबैमा महानगरले अनुरोध समेत गरेको छ । कोरोना संक्रमणको रोकथामको अभियानमा सहयोग गर्न पोखरा महानगरपालिकाले नगरवासीसँग अनुरोध समेत गरेको छ ।
अत्यावश्यक बाहेका अन्य सेवा बन्द भएपनि महानगरपालिका कार्यालय र वडा कार्यालय तथा महानगर अन्तर्गतका कार्यायलमा कार्यरत कर्मचारीहरु नियमित रुपमा कार्यालयमा उपस्थित हुनपर्ने सूचनामा उल्लेख गरिएको छ ।
Related News
सम्बन्धित समाचार
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
hero news full width
मुख्य समाचार
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१