ला ग्राण्डी कलेजको सचेतना कार्यक्रम

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७६
la grande

पोखरा । पोखराको सिमलचौरस्थित ला ग्रान्डी इन्टरनेशनल कलेजले कोरोना भाइरस (कोभिड–१९) को महामारी र यसको रोकथामबारे पोखराका विभिन्न स्थानहरुमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

‘समुदायका लागि ला ग्रान्डी’ अभियानअन्तर्गत कलेजको विद्यार्थी क्लब आइडीयाज फर ला ग्राण्डी तथा बीपीएच विभागको संयोजकत्वमा सो सचेतना कार्यक्रम गरेको बीपीएच संकायका कार्यक्रम संयोजक केशवराज अधिकारीले जानकारी दिए ।कलेजको प्राङ्गणबाट शुरु गरी पोखराका अन्य प्रमुख स्थानहरु बिरौटा, सृजनाचोक, पृथ्विचोक, बागलुङ्ग बसपार्क, मालेपाटन, हरिचोक र हेमजामा विद्यार्थीको सहभागितामा सचेतना ब्यानर टाँस गर्नुका साथै पर्चा वितरण गरिएको थियो ।

विद्यार्थी क्लबका सभापति प्रवीना ठकुरी, उपसभापति जीवन भण्डारी एवं अन्य विद्यार्थीको उल्लेख्य उपस्थितमा सो कार्यक्रम भएको भएको कार्र्यक्रम संयोजक सागरजङ्ग कुँवरले जनाए ।कलेजले विभिन्न समयमा विद्यार्थीको सहभागितामा नियमित पठनपाठन अलावा सामाजिक अभियानमा समेत सहभागिता जनाउँदै आएको कलेजका प्रिन्सिपल इञ्जिनियर किरण केसीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width