दादुरा रुबेला रोगविरुद्ध खोप अभियान

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७६
rubala

साधन राम्जाली -म्याग्दी।म्याग्दीमा चैत १० देखि दादुरा– रुबेला रोगविरुद्धको खोप अभियान संचालन हुने भएको छ । जिल्लाको एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ वटै स्थानीय तहमा खोप अभियान संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

विगतमा दादुरा–रुबेल खोप लगाउन छुटेका तथा लगाएका समेत ९ महिनादेखि ५ वर्षसम्मका सबै बालबालिकालाई दादुरा रुबेला खोप लगाई सन् २०२३ सम्म दादुरा रुबेला रोग निवारणको उद्देश्य पूरा गर्न नेपाल सरकारले म्याग्दी सहित देशभर दादुरा रुबेला खोप अभियान संचालन गर्न लागेको स्वास्थ्य कार्यालय म्याग्दीका कार्यालय प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।

शनिबार बेनीमा पत्रकारसँग अन्तत्र्रिmयामा बोल्दै उनले सोको तयारी अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार ३ सय ६५ खोप केन्द्र रहेको म्याग्दीमा ७ सय ४० जना स्वयंसेवक र २ सय जना स्वास्थ्यकर्मीहरु परिचालित हुनेछन् । अभियान प्रभावकारी र सफल बनाउन जिल्लास्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी, स्वास्थ्यकर्मीलाई तालिम, सबै स्थानीय तहका वडाहरुमा अभिमुखीकरण र अभियानमा सहभागी स्वयंमसेवकलाई तालिम दिइएको उनले बताए ।

कार्यक्रम चैत १० देखि १८ सम्म धवलागिरि ,मालिका र मंगला गाउँपालिकामा तथा २१ देखि २९ सम्म बेनी नगरपालिका,रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा संचालन हुनेछ ।जिल्लाभर ९ हजार ३ सय ५० बढी बालबालिकालाई खोप लगाइने प्रमुख लम्सालले बताए । अभियान प्रभावकारी बनाउन सबैलाई सहयोगका लागि आग्रह गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width