एक सातासम्म खेलकुद बन्द

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७६
Rakhepa Meeting

पोखरा, ४ चैत । राष्ट्रिय खेलकुद परिषदले पनि विश्वभर महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको सन्त्रासलाई मध्येनजर गर्दै खेलकुदसँग सम्बन्धित कुनैपनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानवीय भेला हुने सम्पूर्ण गतिविधिहरु एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९’का कारण हजारौंले ज्यान गुमाइसकेका अवस्थामा विश्वका ठूला देशहरुले पनि विभिन्न सजगता अपनाइरहेको बताउँदै राष्ट्रिय खेलकुद परिषदले पनि एक साताका लागि आफ्नो संपूर्ण गतिविधिहरु बन्द गरेको जानकारी गराएको हो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले एक साताका लागि सम्पूर्ण खेल गतिविधिहरु बन्द गर्ने निर्णय गरेको जानकारी गराइएको छ । एक सातापछि परिस्थिति हेरेर निर्णय गरिने बताइएको छ । त्यस्तै, संपूर्ण खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारी र खेलसँग सम्बन्धित ब्यक्तिहरु र आम जनमानसलाई पनि सचेतना अपनाउन परिषदले आह्वान समेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै