कोरोना सन्त्रासले हाटबजार बन्द

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७६
maxresdefault

नवलपरासी । सम्भावित कोरोना भइरस संक्रमण हुन सक्ने भन्दै पश्चिम नवलपरासीको सुनवल वर्दघाट क्षेत्रमा स्थानीय सरकारले हाटबजार बन्द गरिदिएको छ ।

सुनवल नगरपालिकाले सुनवल क्षेत्रमा लाग्ने साप्ताहिक हाटबजार बन्द गर्न आग्रह गरेपछि अहिले सुनवल र वर्दघाट नगरपालिका क्षेत्रका हाटबजार बन्द गरिएको आइतवारे मंगलवारे हाटबजार ब्यवस्थापन समिति सुनवलका अध्यक्ष कृष्णप्रसाद देवकोटाले बताए ।

सुनवल र बर्दघाट नगरपालिकाका स्थानीय सरकारले स्वास्थ्य सुरक्षाका लागि अर्को सूचना जारी नहुँदासम्म विभिन्न स्थानमा लाग्ने सम्पूर्ण हाटबजारहरु बन्द गर्न आग्रह गरेपछि सुनवल र बर्दघाट नगरपालिकाका सबै हाटबजार बन्द गरिएको सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताए ।हाटबजार बन्द हुँदा मुख्य रुपमा तरकारीजन्य बजारको मूल्य स्थायी पसलमा वृद्धि भइ सेवाग्राही मारमा परेका छन् ।

सुनवल र बर्दघाट क्षेत्रका सबै बारका हाटबजार बन्द गरिएको भएपनि यी नगरपालिकाका छिमेकी नगरपालिका रामग्राम, खैरहनी लगायतका क्षेत्रमा भने खुलै छन् ।कोरोनाबाट सजग रहन पश्चिम नवलपरासी जिल्लाका सबै स्थानीय तहहरुले छुट्टाछुट्टै सूचना निकालेर साप्ताहिक रुपमा लाग्दै आएका हाटबजार बन्द गर्न निर्देशन दिएका छन् । जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तह छन् ।

सबै स्थानीय तहपिच्छे हरेक दिन हाटबजार लाग्दै आएको छ । एक स्थानीय तहमा फरक–फरक बार पारेर ३ देखि ११ ठाउँसम्म हाटबजार लाग्दै आएको छ ।स्थानीय तहले निकालेका सूचनामा स–साना पारिवारिक जमघटबाहेक कुनै पनि जात्रा, मेला, महोत्सव, भेला, सभा, सम्मेलन र मानिसको भीड हुने कार्यक्रम नगर्न भनिएको छ । यसैबीच, जिल्ला प्रशासन कार्यालयले पनि सूचना निकालेर सभा, सम्मेलन, गोष्ठीजस्ता कार्यक्रम नगर्न सर्वसाधारणलाई सूचित गरेको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरेर नाकामा निगरानी बढाउनसमेत निर्देशन गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width