मन्धरेपार्क सरसफाइ

आदर्श समाज सम्वाददाता
चैत्र २, २०७६
2018-08-04

लेखनाथ । पोखरा ३१, बेगनासतालस्थित मन्धरेपार्क सरसफाइ गरिएको छ ।बेगनासताल डुङ्गा व्यवसाय समितिको आयोजना र पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा पार्क सरसफाइ गरिएको हो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले बेगनासताल पर्यटकीय सम्भावना बोकेको स्थल भएको बताउँदै प्रचारमा सहयोग गर्ने बताए ।
उनले बेगनासताललाई व्यवस्थित बनाउन स्थानीय सामाजिक संघसंस्थाले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

बेगनासताल डुङ्गा व्यवसाय समिति निवर्तमान अध्यक्ष ढकनाथ कँडेलले धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको बेगनासताल क्षेत्र विकासमा निकै पछि परेको भन्दै चिन्ता व्यक्त गरे । कार्यक्रममा बेगनासताल डुङ्गा व्यवसाय समिति अध्यक्ष सोमराज कँडेलले समितिले तालको सौन्दर्य र संरक्षणका लागि विविध कार्यहरु गर्दै आएको बताए ।

बेगनासताल डुङ्गा व्यवसाय समितिमार्फत् अहिले काठको पटला, फाइबर पाइडल, ठूलो पाइडल, मोटर बोट, ठूलो डाँक गरी ५ प्रकारका गरी २ सय ५७ वटा डुङ्गा सञ्चालनमा रहेको कार्यक्रम संयोजक सूर्यबहादुर थापाले जानकारी दिए । कार्यक्रम बेगनासताल डुङ्गा व्यवसाय समिति अध्यक्ष सोमराज कँडेलको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग