पोखरा । लायन्स क्लब अफ पोखरा बिरौटा साझा चौतारीको आयोजनामा माइन्युट लेखन तथा उद्घोषण तालिम शुरु भएको छ ।तीन दिनसम्म चल्ने सो तालिमको लायन्स क्लब रिजन चेयरपर्सन दुर्गाकुमारी आचार्यले उद्घाटन गरिन् । क्लबका संस्थापक अध्यक्ष समेत रहेकी आचार्यले तालिममा सिकेका कुराले व्यक्तित्व तथा नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
जोन चेयरपर्सन सीता पहारीले क्लबले आयोजना गरेको कार्यक्रमले सहभागीको आत्मविश्वास वृद्धि गर्नेमा जोड दिइन् । यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरिन् ।
क्लब अध्यक्ष सावित्रा पौडेलको अध्यक्षता भएको कार्यक्रममा कमिटी को–चेयर पर्सन रजनी कोइराला, क्लबका प्रथम उपाध्यक्ष रेखादेवी पौडेल, द्वितीय उपाध्यक्ष गीता पराजुली, तृतीय उपाध्यक्ष कल्पना अर्याल लगायतले बोलेका थिए ।तालिममा क्लबमा आबद्ध ३० जनाको सहभागिता रहेको छ । सञ्चारकर्मी रेनु थापा र शशी पौडेलले तालिममा सहजीकरण गर्ने क्लब सचिव प्रतिमा शर्माले बताइन् ।
Related News
सम्बन्धित समाचार
किशोरीका लागि सीपमूलक शिक्षा
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल
छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
जनजागृति आमा समूहमा शान्ति
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१