वास्थला गनगने पधेँराखोला खानेपानीमा बराल

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७६
khanipani arwa

पोखरा ।वास्थला गनगने पधेँराखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, पोखरा–१३, आर्वाको १४औं साधारणसभा तथा पाँचौं अधिवेशनले नरबहादुर बरालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

नौ सदस्यीय समिति उपाध्यक्षमा घनश्याम बराल, सचिव सावित्री सिग्देल र कोषाध्यक्ष मधुमाया बराल छन् । सदस्य कुलप्रसाद बराल, बद्रीप्रसाद देवकोटा, रुद्रनाथ बराल, गोविन्दप्रसाद बराल र सकुन्तला परियार चयन भए ।प्रमुख अतिथि प्रदेश सांसद मनबहादुर गुरुङले साधारणसभा उद्घाटन गर्दै प्रदेश सरकारले पहिलो प्राथमिकता नै शुद्ध खानेपानी घरघरमा पुर्याउने लक्ष्य राखेको बताए । उनले प्रदेशभरि ‘एक घर, एक धारा’ अवधारणा अगाडि बढाउँदै सोही अनुरूप काम गरिरहेको जानकारी समेत दिए ।

मोहरपानी आदर्श टोल विकास संस्था, आर्वा अध्यक्ष पत्रकार श्रीराम सिग्देलले अझै खानेपानीको समस्या विकराल रूपमा रहेको गुनासो गर्दै प्रत्येक नेपालीले शुद्ध खानेपानी पिउनबाट वञ्चित हुन नहुनेमा जोड दिए ।
साधारणसभामा वास्थला भेंडीखर्क अमलाचौर खानेपानी उपभोक्ता समिति अध्यक्ष वसन्त शर्मा अधिकारी, अमरज्योति आधारभूत विद्यालय प्रअ बिमलबहादुर बराल, राष्ट्रिय परोपकार महासंघ पोखरा–१३ अध्यक्ष शिवप्रसाद बराल, सल्लाहकार विष्णुप्रसाद बराल, समिति पूर्व सचिव भोजराज बराल, लक्ष्मीनारायण टोल विकास समिति अध्यक्ष कुलप्रसाद बराल, उपभोक्ता बुद्धिप्रसाद बराल, लक्ष्मीदेवी बराल, सु. सुकबहादुर सुनार लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा संस्था अध्यक्ष नरबहादुर बरालले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष मधुमाया बरालको कोषाध्यक्ष प्रतिवेदन पारित भएको थियो ।समिति अध्यक्ष नरबहादुर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य बद्रीप्रसाद देवकोटा र सञ्चालन सचिव सावित्री सिग्देलले गरेकी थिइन् ।सो खानेपानी आयोजनाअन्तर्गत आर्वाका झण्डै २ सय घरपरिवार स्वच्छ खानेपानीबाट लाभान्वित छन् । यस्तै, प्रत्येक घरमा खानेपानी मिटर जडान गरी पानी वितरण गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post