सिद्ध पब्लिक कलेजमा विद्यार्थीका लागि शेयर बजार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७६

पोखरा, फागुन २७, नयाँ गाउँमा रहेको सिद्ध पब्लिक कलेजले विद्यार्थीका लागि शेयर बजार सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । स्नातक तहमा अध्यनरत व्यवस्थापन संकायका विद्यार्थीहरूका लागि अभिमुखिकरण कार्यक्रम गरिएको कलेजका उपप्राध्यापक दिनेश आचार्यले बताए । कार्यक्रममा नेपाल स्टक हाउस ब्रोकर नम्बर १४ शाखाका प्रमुख गोकुल रिमालले प्रशिक्षकका रूपमा सहभागी विद्यार्थीहरूलाई शेयर बजार सम्बन्धि जानकारी गराएका थिए । कार्यक्रममा शेयर बजारका विभिन्न सुचकहरूका बारेमा जानकारी गराउनुका साथै यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा हुने प्रभावसँगै कुनैपनि देशको विकास, त्यहाँका जनताको क्रयशक्ति तथा लगानीको क्षेत्रमा यसले पार्ने प्रभावका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा सहभागी सिद्ध पब्लिक कलेज व्यवस्थापन संकाय अन्तरगतको चौंथो बर्षमा अध्ययनरत विद्यार्थी एलिसा विकले यस्ता किसिमको अभिमुखिकरण कार्यक्रमले कक्षाकोठामा पढ्दै आएको शेयर बजारमा बारेमा व्यवहारिक रूपमै कसरी कारोबार हुनेरहेछ र वास्तविक शेयरका बारेमा आफुलाई लागेका विज्ञासाहरू मेटाउन पाएकोमा आफू लगायत सहभागी साथीहरू कलेजले आयोजना गरेको यस्तो प्रकारको कार्यक्रमले अत्यन्तै खुसी लागेको बताइन् । उक्त कार्यक्रममा सहजकर्ता रूपमा आफ्नो निर्वाह गरेका कलेजका अर्का उपप्राध्यापक पवित्रमणी भण्डारीको विशेष पहल तथा पोखरा स्टक हाउसको विशेष सहयोगमा कार्यक्रमको आयोजना भएको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक तथा प्रशिक्षक लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद दिंदै क्याम्पस प्रमुख पुनले सिद्ध पब्लिक कलेजले विद्यार्थीहरूलाई किताबी ज्ञान मात्रै भन्दापनि व्यवहारिक  हिसाबले दक्ष बनाउनका लागि यस्ता किसिमका कार्यक्रमहरू आयोजना गर्दै आइरहेको  बताए  । क्याम्पस प्रमुख पुनले विगतमा जस्तै आउँदा दिनहरूमा पनि विद्यार्थीहरूका लागि शेयर बजार, भाषा शिक्षा, ट्राफिक सचेतना, लागू औषध  दुव्र्यसन सम्बन्धि सचेतना लगायत सीप विकासका अन्य कार्यक्रममा समेत कलेजले विद्यार्थीहरूलाई सहभागी गराउँदै लैजाने बताए ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width

trending post

ट्रेन्डिङ्ग