हिम्कु पहिरोमा बेपत्ता सरोजको शव भेटियो

आदर्श समाज सम्वाददाता
फागुन १७, २०७६
uttarakhand-kZpE–621×414@LiveMint

पोखरा । अन्नपूर्ण आधार शिविर नजिक हिम्कु भन्ने ठाउँमा हिउँपहिरो खस्दा बेपत्ता ७ जनामध्ये १ जनाको शव भेटिएको छ । चिनियाँ टोली लिएर गएका ट्रेकिङ गाइड सरोज परियारको शव डेढ महिनापछि भेटिएको हो । अन्य ६ जना अझै बेपत्ता छन् । सरोजका दाजु र आफन्तले उद्धार सामग्र्रीसहित निरन्तर खोजी गरिरहेका थिए ।

टान र अन्य उद्धार टोलीले धेरै पटकसम्म प्रयास गरे पनि हिउँ पर्न नरोकिएकाले त्यसै फर्किएको थियो । सरोजका दाजु सन्दीप र अन्य आफन्तले खोजी गर्नेक्रममा हिउँभित्रबाट शव निकालेका हुन् । शव अहिले पनि घटनास्थलमै रहेको टान पोखरा अध्यक्ष हरि भुजेलले बताए । यसबारे प्रहरीलाई जानकारी गराइएको र मुचुल्कापछि शव पोखरा ल्याइने जनाइएको छ । हिउँ पर्न छोडेका कारण हिउँ खनेर फालिएको हो ।हिउँपहिरोमा अझै ६ जना बेपत्ता छन् । चार कोरियन र थप २ नेपाली बेपत्ता छन् । घटना गत माघ ३ मा भएको हो । बेपत्ता हुनेमा कोरियन नागरिक ५७ वर्षीय ली मीन सु, ५३ वर्षीया किम सुक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन छन् भने मीनबहादुर लामा र टिरिङ भोटे नेपाली हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width